Thursday, August 13, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मेयरकाे संलगतामा जनकपुरधाममा करोडौको भ्रष्टाचार


मेयरकाे संलगतामा जनकपुरधाममा करोडौको भ्रष्टाचार

जनकपुरधाम, पुस २० गते । मधेश प्रदेशका राजधानी रहेको जनकपुरधाम उपमहानगरपालिकामा करोडौंको भ्रष्टाचार भएको देखिएको छ । नगरप्रमुख मनोज कुमार साहलगायतकाहरुले करोडौंको अनियमितता गरेको महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको अन्तिम लेखापरीक्षणमा देखाएको छ ।

उपमहानगरपालिकाले जेसिबी, दमकल, ट्र्याक्टर, ट्रिपर, एम्बुलेन्स सहित उक्त यन्त्र उपकरण संचालनका लागि यसवर्ष इन्धनमा १ करोड ९ लाख ७१ हजार ६६० र मर्मतमा ५३ लाख १ हजार ५६८ रुपैयाँ खर्च गरेको छ ।

तर उक्त यन्त्र उपकरण संचालन बापतको आय लेखापरीक्षणको क्रममा पेश भएको छैन । यस सम्बन्धमा पालिकाले उल्लेखित उपकरणहरु भाडामा दिने नगरेको पालिकाको काममा नै प्रयोग गर्ने गरेको जनाएको छ ।

उपकरण पालिका आफैले तथा भाडामा संचालन सम्बन्धी कुनै कार्यविधी तयार गरेको छैन भने पालिकाले आफ्नो कार्यमा जेसिबी, ट्र्याक्टर र ट्रिपर प्रयोग गर्ने गरेको उल्लेख गरेकोमा उक्त उपकरणहरु प्रयोग गरी सम्पन्न गरेको कार्यको प्राविधिक पुष्ट्याई सहितको कार्यको परिमाण खुल्ने अभिलेख राखेको छैन जसबाट उपकरणहरुको संचालन खर्चको सम्बन्धमा विश्लेषण गर्न नसकिएको महालेखाले जनाएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाले यसवर्ष कार्यालय प्रयोजनको लागि सवारी साधन भाडामा लिई ७ लाख ८३ हजार ७६६ रुपैयाँ पानामै खर्च लेखेको छ । उपर्युक्त व्यवस्था अनुरुप भाडाको लागत अनुमान तयारी गरी प्रतिस्पर्धात्मक तरिकाले खरिद नगरी व्यक्ति तथा संस्थासँग सोझै सम्झौता गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

मर्मत खर्च लेखेका सामानहरुमा डेक्सटप, कम्प्युटर, ल्यापटप, प्रिन्टर, चार्जर, माउसका साथै मेशीनरी औजार र सवारी साधनहरु रहेका छन् । कार्यालयले सवारी साधन तथा औजार सामाग्री मर्मतको स्थायी अभिलेख र लगसिट तयार नगरेको एवंम् व्यक्तिको नाममा समेत मर्मत तथा सम्भार बापत लाखौ रुपैया भुक्तानी दिएको हुँदा मर्मत खर्च यथार्थ हो भन्नेमा विश्वत हुन नसकिएको प्रतिवेदनमा भनिएको छ ।

कार्यालय प्रमुखको स्वीकृतिको भरमा उपमहानगरपालिकाले मर्मत खर्चको खर्च ९१ लाख ४३ हजार ४४३ रुपैयाँ झ्वाम पारेको छ । नियम ८५ अनुसार एक आर्थिक वर्षमा एकै फर्म वा व्यवसायी वा संस्थाबाट ५ लाख भन्दा बढीको सामान सोझै खरिद गर्न नहुने व्यवस्था छ ।

तर यस उपमहानगरपालिकाले यसबर्ष पत्रपत्रिका छपाइ तथा सूचना प्रकाशनमा सोझै खरिद मार्फत २७ लाख ८६ हजार ३२६ रुपैयाँ खर्च गरेको छ । पालिकाले भुक्तानी दिएका अधिकांश पत्रपत्रिकाले सूचना प्रकाशनको स्पेशिफिकेशन नखुलाई एकमुष्ट बील जारी गरी भुक्तानी लिएको उल्लेख छ ।

उपमहानगरपालिका प्रमुख तथा उपप्रमुखले स्वकीय सचिव तथा कानुनी सल्लाहकार नियुक्त गरि १४ लाख ५ हजार ७५८ रुपैयाँ पारिश्रमिक भुक्तानी दिएकोले असूल उपर गर्नुपर्ने महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

जनकपुरधाम उपमहानगरपालिकाले विविध खर्च शिर्षकबाट अतिथी सत्कारको लागि प्रयुष जेनरल अर्डर सप्लायर्ससँग बजारमा एक÷डेढ सय रुपैयामा पाउने केसरिया रँगको गम्छा ३५९ रुपैयाँका दरले २ हजार ५०० थान खरिद गरी ८ लाख ९८ हजार ३५० रुपैयाँ भुक्तानी गरेको छ ।

स्रेस्ता परीक्षणको क्रममाः जिन्सी निरिक्षण गर्दा उक्त सामान भण्डारमा नरहेको साथै त्यसको वितरणको भरपाई समेत नभएकोले गम्छा खरिद भएकोमा आश्वस्त हुन नसकेको प्रतिवेदनमा उल्लेख छ ।

प्रमुख तथा उपप्रमुखले इन्धन वापत मात्रै वार्षिक ९ लाख ६१ हजार ५९८ रुपैयाँ खर्च गरेको छ । प्रमुख र उपप्रमुखले इन्धन बापत पाउने सुविधा भन्दा बढी हुने गरी खर्च लेखेकोले उक्त रकम असूल उपर गर्नुपर्ने प्रतिवेदनमा भनिएको छ । उपमहानगरपालिकाले इन्धन खर्च सरसफाइ तथा कार्यालय प्रयोजनका लागि १ करोड ५८ लाख ५७ हजार ७५३ रुपैयाँ खर्च गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिकाले यसवर्ष विभिन्न व्यक्ति तथा संघसंस्थाहरुलाई तोक आदेशका आधारमा पनि २६ लाख ८८ हजार ९८८ रुपैयाँको इन्धन वितरण गरेको छ । कार्यालय बाहेक बाहिरका व्यक्तिलाई उपलब्ध गराएको १३ हजार ५०६ लिटर डिजल र २ हजार १४ लिटर पेट्रोल प्रयोगको आधार र प्रमाण पेश गर्न निर्देशन समेत महालेखाले दिइएको छ ।

उपमहानगरपालिकाले नगर प्रमुखको सचिवालय सहित स्वागत सत्कारसहित विभिन्न पर्व त्योहारको नाममा १ करोड ४७ लाख ३ हजार ४२१ रुपैयाँ खर्च गरेको छ । ती खर्चको कुनै औचित्य नरहेको भनी महालेखाले त्यस्ता खर्च नियन्त्रण गर्ने निर्देशन दिएको छ ।

लेखापरीक्षणमा उपमहानपालिकाको २५ करोड ६९ लाख १० हजार बेरुजू देखिएको छ । सो सम्बन्धमा ७ लाख १२ हजारको प्रतिक्रिया प्राप्त भएकोमा सो उपर कारबाही भई बाँकी बेरुजु असुल गर्नुपर्ने ४ करोड ६० लाख २८ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने ५ करोड ७५ लाख २५ हजार, नियमित गर्नुपर्ने १३ करोड ८५ लाख ६५ हजार र पेश्की बाँकी १ करोड ३१ लाख ४४ हजार समेत २५ करोड ६१ लाख ९८ हजार रहेको उल्लेख छ ।

जनकपुरधाम उपमहानगरपालिकाको गत वर्षसम्म ७१ करोड ४६ लाख ३५ हजार बेरुजू बाँकी रहेकोमा हालसम्मको अद्यावधिक बेरुजू ९७ करोड ८ लाख ३३ हजार पुगेको छ । उपमहानगरले कर्मचारी कल्याण कोषबाट ८ जना कर्मचारीहरुलाई अवकाश भए वापत ३ करोड ८० लाख ९२ हजार ७९७ रुपैयाँ भुक्तानी गरेको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

२०८१ पुष २२, सोमबार १७:२४
प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण
Blast News

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

२०८१ पुष २२, सोमबार १७:२४
पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह
Blast News

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

२०८१ पुष २२, सोमबार १७:२४
चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन
Blast News

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

२०८१ पुष २२, सोमबार १७:२४
रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति
Blast News

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

२०८१ पुष २२, सोमबार १७:२४
ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना
Blast News

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

२०८१ पुष २२, सोमबार १७:२४

ताजा खबर

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव