Saturday, December 13, 2025
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

दूधमति नदीको संरक्षणका लागि आइवारदेखि सीमांकन

पर्यटकीय, आर्थिक र कृषि विकासमा ठूलो टेवा पुग्ने : मन्त्री यादव


दूधमति नदीको संरक्षणका लागि आइवारदेखि सीमांकन

जनकपुरधाम, पुस ९ गते । धनुषा र महोत्तरी क्षेत्रमा पर्ने ऐतिहासिक तथा धार्मिक महत्व बोकेको दूधमति नदीको संरक्षण, जिर्णोद्धार र सौन्दर्यकरणका लागि आगामी आइतवारदेखि सीमांकनको काम शुरु हुने गरिने छ ।

मधेश प्रदेश सरकारको गौरवको आयोजनाका रुपमा रहेको दूधमति संरक्षण तथा सौन्दर्यकरण कार्यक्रम अन्तर्गत दुधमति नदी संरक्षण उच्चस्तरीय उपसमितिको मंगलवार बसेको बैठकबाट नदी क्षेत्रको जग्गा छुटाउन सीमांकन गर्ने निर्णय गरिएको हो ।

उपसमितिका अध्यक्ष उर्जा, सिचाई तथा खानेपानी मन्त्री शेषनारायण यादवको अध्यक्षतामा बसेको उपसमितिको बैठकबाट दूधमति नदीको बहाव क्षेत्र संरक्षणका लागि स्थलगत सीमांकनका लागि नापजाँच गर्नेसहितका अन्य ६ बुँदे निर्णय गरिएको छ ।

कूल ४६ किलोमीटरको दूरीमा रहेका सो नदीको अधिकांश क्षेत्र अतिक्रमणको चपेटामा परेको छ भने धनुषामा पर्ने भागको ६/७ किलोमीटर जति क्षेत्र माटो बालुवाले पुरिएर खेत नै बनिसकेको छ । यो नापजाँचले नदी पर्ने क्षेत्र संरक्षित हुनुका साथै उत्खन्न गर्न सहज हुने उद्देश्यले नाक्सांकन तथा रेखांकनको गर्ने निर्णय गरिएको उपसमितिका अध्यक्ष मन्त्री यादवले बताएका छन् ।

मंसिर १४ गतेदेखि शूरु हुने नक्सांकन अर्थात नदी क्षेत्र नापजाँचको कामको अवधि ३ महिना दिइएको छ । दूधमति नदीको उद्गम स्थल क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ अरजनवादेखि महोत्तरीको मझौरा विसनपुर सीमावर्ती क्षेत्रसम्म गरिनेछ ।

दूधमति नदीको संरक्षण र सौन्दर्यकरण प्रदेश सरकारको गौरवको आयोजना रहेकाले आयोजना सम्पन्नपछि सो क्षेत्रमा पर्यटकीय र आर्थिक विकास सँगै कृषि क्षेत्रमा समेत सिचाईका लागि ठूलो मद्दत पुग्ने मन्त्री यादवले भने ।
सौन्दर्यकरण अन्तर्गत पर्यटकीय विकासका लागि उद्गमस्थलमा कामधेनु सहित माता दूधमतिको मन्दिर र पार्क निर्माण, नदीको डिलमा वृक्षारोपण, नदीको दुवैपट्टि सडक निर्माण, ठाउँ ठाउँमा पार्क निर्माण लगायतका कार्य गरिने मन्त्री यादवले जानकारी दिएका छन् ।

यी बाहेक उर्जा, सिचाई तथा खानेपानी मन्त्रालयद्वारा विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) तयार पारिने, बजेटको व्यवस्थापन सम्बन्धित मन्त्रालयले गर्ने, डिपीआरपछि टेण्डर प्रक्रिया अघि बढाइने, चालू आर्थिक वर्षमा छुटयाइएको रकमबाट तत्काल कार्य अघि बढाइने र प्रचार प्रसार समिति गठन गर्ने सहितका निर्णय समेत गरिएको छ ।

सो बैठकमा उपसमितिका पदाधिकरी, धनुषा र महोत्तरी जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, नापी तथा मालपोत कार्यालयका प्रतिनिधिसहित सरोकारवाला निकायका प्रतिनिधि, प्रहरी प्रशासन समेतको उपस्थिति रहेको थियो ।

माता सीतालाई दूध खुवाउन कामधेनु गाई धरतीमा आएको र तिनले आफ्नो स्तनबाट दूधको धारा बहाएपछि यो नदी बनेको धार्मिक मान्यता रहेको छ । दूधमती नदीको पानी केही वर्ष अगाडी सम्म दूधजस्तै बग्ने गथ्र्यो । तर नदीमै नाला र फोहोर मैला हरु फालिएपछि यो नदी संरक्षणको पर्खाईमा रहेको थियो । दूधमती नदी मिथिलाञ्चलकै सबैभन्दा पुरानो नदीहरु मध्ये एक हो । यो नदीलाई हिन्दूधर्मावलम्बीहरुले पवित्र मान्दै स्नान गर्ने, देवकार्य, पितृकार्य गर्ने महत्वपूर्णस्थलका रूपमा प्रयोग गर्दै आएका छन् ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

मिथिला डिपार्टमेन्टको चौथो शाखा कदम चाेकमा
Blast News

मिथिला डिपार्टमेन्टको चौथो शाखा कदम चाेकमा

२०८१ पुष ९, मंगलवार २०:०६
प्रविधि मार्फत हुने लैंगिक हिंसा मधेशमा बढी
Blast News

प्रविधि मार्फत हुने लैंगिक हिंसा मधेशमा बढी

२०८१ पुष ९, मंगलवार २०:०६
२० कराेडबढी खर्चे पनि बनेनन् कमला पुल, अब नयां टेण्डर
Blast News

२० कराेडबढी खर्चे पनि बनेनन् कमला पुल, अब नयां टेण्डर

२०८१ पुष ९, मंगलवार २०:०६
गाेदावरी हस्पिटलद्वारा रक्तदान कार्यक्रम
Blast News

गाेदावरी हस्पिटलद्वारा रक्तदान कार्यक्रम

२०८१ पुष ९, मंगलवार २०:०६
७ दललाई एमालेकाे काउण्टर : मुख्यमन्त्रीलाई काम गर्न देउ भनी धर्ना
Blast News

७ दललाई एमालेकाे काउण्टर : मुख्यमन्त्रीलाई काम गर्न देउ भनी धर्ना

२०८१ पुष ९, मंगलवार २०:०६
गोली हानी प्रहरीले वडाध्यक्षको गरे हत्या
Blast News

गोली हानी प्रहरीले वडाध्यक्षको गरे हत्या

२०८१ पुष ९, मंगलवार २०:०६

ताजा खबर

मिथिला डिपार्टमेन्टको चौथो शाखा कदम चाेकमा

मिथिला डिपार्टमेन्टको चौथो शाखा कदम चाेकमा

प्रविधि मार्फत हुने लैंगिक हिंसा मधेशमा बढी

प्रविधि मार्फत हुने लैंगिक हिंसा मधेशमा बढी

२० कराेडबढी खर्चे पनि बनेनन् कमला पुल, अब नयां टेण्डर

२० कराेडबढी खर्चे पनि बनेनन् कमला पुल, अब नयां टेण्डर

गाेदावरी हस्पिटलद्वारा रक्तदान कार्यक्रम

गाेदावरी हस्पिटलद्वारा रक्तदान कार्यक्रम

७ दललाई एमालेकाे काउण्टर : मुख्यमन्त्रीलाई काम गर्न देउ भनी धर्ना

७ दललाई एमालेकाे काउण्टर : मुख्यमन्त्रीलाई काम गर्न देउ भनी धर्ना

गोली हानी प्रहरीले वडाध्यक्षको गरे हत्या

गोली हानी प्रहरीले वडाध्यक्षको गरे हत्या

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव