जनकपुरधाम, कात्तिक १९ गते । छठ पर्वको अवसरमा व्रतालु महिलाहरुलाई जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २ ले छठ पुजा समाग्री तथा साडीसहितको वस्त्र वितरण गरेका छन् ।
वडा कार्यालयमै एक कार्यक्रम आयोजना गरी नगर उपप्रमुख किशोरी साह तथा वडाध्यक्ष शिवकुमार साहको उपस्थितिमा व्रतालु महिलाहरुलाई छठ पर्वको सामाग्री वितरण गरिएको हो ।
२०८०/०८१ को वडास्तरीय योजना अन्तर्गत छुटयाइएको ५ लाख बजेटमा ५ सयभन्दा बढी ब्रतालु महिलालाई सो सामाग्री वितरण गरिएको वडा सदस्य अमित साहले जानकारी दिएका छन् । पूजा सामाग्रीमा साडी, साया, बलाउजको कपडाका साथै, अगरवती, पञ्चमेवा र तेल वितरण गरिएको उनले बताए ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !