जनकपुरधाम, कात्तिक १४ गते । जनकपुरधामकाे स्वास्थ्य क्षेत्रमा हुने बल पुरयाउन थप एक संचालनमा आएकाे छ । न्यूनतम दरमा विशेषज्ञ र गुणस्तरीय सेवासहितका जनकपुरधाममा हिरा हेल्थकेयर हस्पिटल प्रा.लि. नामक अस्पताल खुलेको छ ।
बुधवार विधिवत रुपमा अस्पतालका चेयरमैन हिरा यादवका श्रीमति शिला यादवले समुद्घाटन गरेकी छिन् । समुद्घाटनको अवसरमा अस्पताल प्रांगणमा हनुमान आराधना सहितको धार्मिक कार्यक्रमको अनुष्ठान समेत गरिएको छ ।

मधेश भवनको सामुन्ने रेलवे ट्रयाकको दक्षिणी भागमा कन्या मावि नजिकै निर्मित ५० शैयाभन्दा बढीको चार तल्ले सो अस्पतालमा इमरजेन्सी सेवासहित अतिविशिष्ठ चिकित्सकहरुद्वारा विभिन्ने रोगको उपचार व्यवस्था गरिएको छ ।
हाल उपकरण सेटअपमा केही समय लाग्ने भएकाले मंसिर १ गतेदेखि संचालनमा आउनेछ । सो अस्पतालमा प्याथोलोजी ल्याब, अल्ट्रासाउण्ड, सिटी स्क्यान, एक्सरेसहित आईसीयू, एनआईसीयूसहित सघन कक्षको व्यवस्था रहेको अस्पतालमा कार्यरत चिकित्सक बालरोग विषेशज्ञ डा. लवकुमार साहले जानकारी दिएका छन् ।

नेपाल सरकारको तोकेको दररेटमा जनकपुरधामस्थित अन्य अस्पतालभन्दा न्यूनतम दररेटमा बिरामीलाई उपचार र १० प्रतिशत निशुल्क उपचार सेवा गरिने उनले बताए ।
उनका अनुसार प्रदेशमै उपलब्ध नरहेका सेवा बच्चाहरुको पीआईसीयू सेवा, नवजात शिशु सघन कक्ष, नाक, कान, घाँटी, दन्तरोग, स्त्री तथा प्रसुति सेवा, सर्जरी, मुटु, डाइबिटिज, थाइराईड लगायतका रोगहरुको उपचार गरिनेछ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !