जनकपुरधाम, कातिक ६ गते । धनुषाको धनौजीमा स्कुल बसकाे ठक्करले किच्दा विद्यालय जाँदै गरेकी एक छात्राकाे मृत्यु भएको छ ।
मृत्यु हुनेमा धनुषाको धनौजी गाउँपालिका २ स्थित रामजानकी बोर्डिङ स्कुलमा अध्ययनरत्त ११ वर्षीया आरोही कुमारी मण्डल रहेकाे छ ।
धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुण बहादुर सिंहका अनुसार आज बिहान १० बजेतिर बा ३ प ९०६५ नम्बरको जनज्योती बोर्डिङ स्कुलको बसले विद्यालय गइरहेकी आराेहीलाई ठक्कर दिएको थियाे ।
गम्भीर घाइते भएकी आराेहीलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको डिएसपी सिंहले बताए ।
आक्रोशित स्थानीयले विद्यार्थीलाई ओराले बसमा आगजनी गरेको छ । बस पूर्ण रुपमा जलेर नष्ट भएको डिएसपी सिंहले बताए ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !