Friday, June 26, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

एक्सनमा मन्त्री यादव : बाढी प्रभावित क्षेत्रकाे अहाेरात निरिक्षण

जोखिम वस्ती क्षेत्रहरुको तटबन्ध तत्काल मरम्मत गर्न निर्देशन


एक्सनमा मन्त्री यादव : बाढी प्रभावित क्षेत्रकाे अहाेरात निरिक्षण

जनकपुरधाम, असोज २३ गते । बाढी प्रभावित क्षेत्रलाई बचाउन मधेश सरकारका ऊर्जा, सिचाई तथा खानेपानी मन्त्री शेषनारायण यादव एक्सनमा उत्रेका छन् ।

मन्त्री भएपछि नेताहरू अलिशान जिन्दगी जिउने गरेकाे आराेपलाई पछार्दै मन्त्री यादवले बाढी प्रभावित किसानकाे जग्गा र नदी छेउमा बसाेबास गर्ने आमनागरिककाे सुरक्षाका लागि मन्त्री यादव पछिल्लाे साता बाढी आएकाे भाेली पल्टैदेखि अहाेरत खट्दै नांगै खुट्टा हिलाेपानी, जंगलझारकाे प्रवाह नगरी निरिक्षण गर्दै आइरहेका छन् ।

बाढीले क्षतिग्रस्त नदी तटबन्धहरुको निरिक्षणको १० औं दिन मंगलवार मन्त्री यादवले जलाध नदीले क्षति पुरयाएका धनुषाका क्षिरेश्वरनाथ नगरपालिका र मिथिलाबिहारी नगरपालिकाका विभिन्न तटबन्धहरुको निरिक्षण गरेका छन् ।

यसअघि धनुषा जिल्लाकै गजरिया सिचाई आयाेजना, दुधमति नहर, धनुषाको गणेशमान चारनाथ र धनुषाधाम नगरपालिकास्थित नदी, मिथिला नगरपालिका वडा नं. २ स्थित बसही खाेला, वडा नं. ९ स्थित बेंगडावर स्थित औरही खोला, वडा नम्बर ११ स्थित लोटा, लामा, डांडा, जुटपानी र बाहुनमारा टोल, सप्तरीकाे त्रियुगा नदी, सर्लाही र राैतहटकाे बागमति, लालबकैया र महाेतरीकाे बलवा नगरपालिकास्थित राताे नदीका क्षतिग्रस्त तटबन्ध र सिचाई आयाेजना नहरहरूकाे निरिक्षण गरिसकेका छन् ।

मंगलवार प्राविधिक सहितको सो निरिक्षण टोलीले मिथिलाबिहारी नगरपालिकाको वडा १० स्थित ठेरा, वडा नम्बर ६ को सिरसिया, क्षिरेश्वर नगरपालिकाको वडा नम्बर १० को गोपालपुर प्रष्टोकी, हारसरस्थित क्षतिग्रस्त तटबन्धसहित हर्दिनाथ सिचाई आयोजनाको ड्याम रहेको नजिक हर्दिनाथ खोलाले क्षति पुरयाएका तटबन्धको निरिक्षण गरेका छन् ।

जलाध नदीले सबभन्दा बढी क्षति मिथिलाबिहारीको ठेरा र क्षिरेश्वरनाथको प्रष्टोकीमा क्षति पुरयाएको छ । ठेरामा एक किलोमीटरभन्दा बढी तटबन्ध गरिएको छ । सो कटानले गर्दा तटबन्धको छेउमा रहेका वस्तीको ३ सयभन्दा बढी घरपरिवार जोखिममा परेका छन् । अब बाढी आए ती वस्ती नै सखाप हुने निश्चित छ ।

यस्तै प्रष्ष्टोकी टोलमा एक किलोमीटर जति कटान गरेको छ । जसमध्ये करीब ५ सय मीटर तटबन्धको बांध नै कटान गरी बगाएको छ । बाँध कटानले नदीमा बग्ने पानीले आफ्नो रुट नै परिवर्तन गरी गाउँतर्फ गएको छ । अब बाढी आए प्रष्टोकीका केही वस्तीहरु सखाप पार्नुका त्यससँग जोडिएका कयौं गाउँ डूबानमा पर्नेछ ।

यसबाहेक त्यससँग जोडिएका गोपालपुरमा समेत जलाध नदीले २ सय मीटरभन्दा बढी कटान गरेका छन् । यी क्षेत्रहरुमा वस्ती डूबानका सम्भावनाको साथै सयौं विग्घा जग्गा कटान गरेको छ भने हजारौं विग्घा जग्गा कटानको जोखिममा रहेको छ ।

ठेरा र प्रष्टोकी बाहेक हारसरको विभिन्न स्थानमा जलाध नदीको क्षतिग्रस्त तटबन्ध र सिरसियास्थित जिर्ण नहरको निरिक्षण गरेका छन् । सिरसियास्थित ५ किलोमीटरको दूरीमा रहेका जलाध पैनी सिचाई आयोजना अन्तर्गतको नहर बाढीले क्षतिग्रस्त भई जिर्ण अवस्थामा पुगेको छ । जलाध नदीको औरहादेखि सिरसिया र नगरपालिकाको वडा नम्बर ७ का कयौं गाउँका हजारौं विग्घा सो नहरबाट सिचाई सुविधा लिदै आएका थिए । तर नहर नै जिर्ण भएपछि ती किसानहरु अहिले मार्कामा परेका छन् ।

मन्त्री यादवले हर्दिनाथ सिचाई आयोजनाको विभिन्न स्थानका तटबन्धमा क्षति पुरयाएको क्षेत्रको समेत निरिक्षण गरेका छन् । निरिक्षणको क्रममा मन्त्री यादवले टोलीमा रहेका मन्त्रालय मातहतका जलश्रोत तथा सिचाई विकास डिभिजन कार्यालयका प्रतिनिधि जयकुमार साहलाई प्राथमिकताका आधारमा जोखिममा रहेका वस्ती क्षेत्रका तटबन्ध तत्काल माटोको बाँध बनाई तारजाली गर्न निर्देशन दिए ।

उनले भने पहिला हामीले वस्ती क्षेत्रलाई प्राथमिकता दिएका छौं, त्यसपछि जग्गा कटान क्षेत्रको काम अघि बढाइनेछ । अहिले प्रदेश सरकारले विपत् व्यस्थापनका लागि निकासा गरेको ८ करोड बजेटबाट तत्काल आपातकालिन संरक्षण गर्न जोखिममा रहेका वस्ती क्षेत्र र जग्गालाई माटोको बाँध, तारजाली, जियोब्यागद्वारा व्यवस्थापनको काम गर्नेछौं ।

त्यसपछि पुर्ण निर्माणका लागि इस्टिमेट तयार पारेर चालु आर्थिक वर्ष बजेट व्यवस्थापन गर्नेगरी काम गर्नेछौं । यो सँगै क्षतिग्रस्त सिचाई नहरको मरम्मत सम्भारको काम समेत अघि बढाइनेछ । सम्भवतः यसै चालु आ.व.मा काम गरिनेछ । बजेट अपुग दोश्रो चरणमा आउंदो आर्थिक वर्ष सम्पन्न गर्ने काम गर्नेछौं ।

प्राविधिक प्रतिनिधि जयकुमार साहले हाल विपत व्यवस्थापन समितिका लागि निकासा गरिएको रकमबाट तटबन्ध कटानले जोखिममा रहेका वस्ती क्षेत्र, जग्गालाई प्राथमिकताको आधारमा बोरामा माटोले बाँध निर्माण, तारजाली र जियोब्यागबाट आपातकालिन संरक्षणको काम गर्न सकिन्छ ।

यसपछि आवश्यकता अनुसार इस्टिमेटको आधारमा तटबन्धमा बोल्डर तारजाली, लचिँग, चाइनालेजशन, स्पर लगायतको मरम्मत सम्भारसहित नहर तथा पैनीहरुमा ड्याम, हेडवर्क कल्भर्ट, लाइनिँगको काम अघि बढाइनेछ ।

सो निरिक्षण टोलीमा मिथिलाबिहारी नगरपालिका १० का अध्यक्ष ललित नारायण झा, क्षिरेश्वरनाथ नगरपालिका १० का अध्यक्ष रामपदारथ यादव, नेपाली कांग्रेस प्रदेश क्षेत्रिय सभापति योगनाराय यादव, कांग्रेसका नेताहरु घनश्याम यादव, राजकुमार यादव, सचिवालयका कर्मचारीहरु सहित स्थानीय किसान तथा बुद्धिजीवीहरुको समेत सहभागिता रहेको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन
Blast News

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

२०८१ आश्विन २४, बिहीबार ००:४८
मटिहानीकाे बजेट ४७ कराेड बढी
Blast News

मटिहानीकाे बजेट ४७ कराेड बढी

२०८१ आश्विन २४, बिहीबार ००:४८
न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

२०८१ आश्विन २४, बिहीबार ००:४८
जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

२०८१ आश्विन २४, बिहीबार ००:४८
बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

२०८१ आश्विन २४, बिहीबार ००:४८
मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल
Blast News

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

२०८१ आश्विन २४, बिहीबार ००:४८

ताजा खबर

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव