जनकपुरधाम, असोज १६ गते । धार्मिक नगरी जनकपुरधामस्थित मुख्य शक्तिपिठ माता राजदेवीकाे पुजा यश वर्षपनि व्यवस्थित ढंगले भव्यताका साथ मनाइनेछ ।
हरेक वर्ष जस्तै यश वर्षपनि पुजा एवं मन्दिरको व्यवस्थापन तथा दशैं मेलाको आयोजना श्री महाविर युवा कमिटिले गर्नेछ ।
बुधवार एक पत्रकार सम्मेलन आयाेजना गरि पुजा एवं मन्दिरको व्यवस्थापन तथा दशैं मेलाको तयारी पुरा भएको जनाएको छ ।
कमिटिका अध्यक्ष अजय गुप्ताले मेला र पुजा व्यवस्थापनका लागि घटस्थापनाकाे कलश शाेभा यात्रादेखि बाेका बलि प्रदानसहित रावण वधसम्मकाे १३ वटा समिति बनाइएकाे जानकारी दिए ।
गत दश वर्ष देखि बोकाबलीको टिकट दर दुई सय रहेकोमा यस वर्ष तिनसय कायम गरिएको जानकारी दिदै अध्यक्ष गुप्ताले हरेक बोकाबलीका लागि आउने सम्पुर्ण श्रद्धालु र उनका परिवारजनलाई पनि निशुल्क भोजनको व्यवस्थापन गरिएको बताए ।
विगतका वर्षहरु भन्दा पनि उत्कृष्ट सरसजावट र तयारीका साथ आफुहरु सक्रिय रहेको बताउदै उनले नेपालकै सबै भन्दा बढि भिडभाड हुने यो एतिहाँसिक मेला आफुहरुले ३४ वर्ष देखि आयोजन गर्दै आएको भएपनि अहिले सम्म कुनै पनि सरकारले सवामित्व लिन नमानेकाे बताए ।
पैसा कमाउनकै लागि कमिटिहरू पुजा व्यवस्थापनमा लागेकाे भन्ने जिज्ञासामा उनलेभने हामि निशुल्क सेवा गर्नेछाै तर यसकाे स्वामित्व तिनै तहका सरकार मध्ये कसैले लिनु परयाै ।
हामीहरूले पुजा व्यवस्थापन गर्न छाेडि दियाे भने अन्य मेला जस्तै याे पनि हराई हाल्छ । उनले थप्दै भने, अहिलेसम्म बाेका बलीकाे चन्दा, दाताकाे सहयाेग र माँ राजदेवीको आस्थाको महिमाले चलिरहेको छ, राज्य सहयोग गरोस हामि पैसा किन लिने ? ।’ हाम्रो भब्यता र सरसजावट हेरेर जनकपुरधामका मात्रै हाेइन मधेशको अनेकौं स्थान र शक्तिपिठहरू भब्यता थपिदै गएकाे नै हाम्राे सफलता रहेको उनले जिकिर छ ।
पत्रकार सम्मेलनमा महासचिव चन्दन नागवंशी र कोषाध्यक्ष चन्दन राज शर्मा, कमिटीका राजा भगत, दिपक गुप्ता र पुर्व अध्यक्ष विनोद चौधरीसहितको उपस्थिती रहेकाे थियो ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !