जनकपुरधाम, असाेज ७ गते । नेतृत्ववर्गकाे कमजाेर व्यवस्थापनकाे कारण जिल्ला प्रहरी कार्यालय धनुषाकाे सुरक्षा व्यवस्था असफल भएकाे छ ।
प्रहरीकाे सुरक्षा लापरवाहीका कारण सोमबार एकाबिहानै जिल्ला प्रहरी कार्यालय धनुषाको थुनुवा कक्षबाट ९ जना थुनुवाहरु भागेका छन् । एक जना जनक चोकबाट पक्राउ परेपनि एक नाबालक समेत ८ जना अझै फरार छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता (डिएसपी) रञ्जन अवाले जनाए अनुसार थुनुवाहरुले सोमबार बिहान करिब साढे ३ बजेको समयमा हिरासत कक्षकाे भेन्टलेशन फाेडेर तिनीहरू थुनुवा कक्षबाट भागेका हुन् ।
थुनुवाका लागि रहेको नयाँ भवन (भरपर्दो पूर्वाधार) र पर्याप्त संख्यामा थुनुवाको देखभाल गर्न सुरक्षाकर्मी परिचालित रहेको बेला ९ जनासम्म थुनुवा एकै पटक कसरी भाग्न सफल भए ? यो जिप्रकाकाे सुरक्षा व्यवस्थामाथि गम्भिर प्रश्न खडा भएकाे ।

प्रहरीकाे कमजाेरीभन्दा कडा सुरक्षाबाट भाग्नु भनेकाे प्रहरीकाे मिलाेमताे नै रहेकाे आराेप लाग्न थालेकाे छ । जिप्रका हिरासत कक्षबाट यतिकाे संख्यामा थुनुवा भाग्ने घटना पहिलाे घटना रहेकाे छ ।
थुनुवा कक्षबाट भागेका कैदीहरुमा लागू ओषध खैराे हिराइन आराेपमा पक्राउ परेका धनुषा जनकपुरधाम उपमहानगरपालिका २० रूपैठाका अमित कुमार झा, धनुषा विदेह नगरपालिका ७ का रंजित मण्डल, लागुओषधका आराेपी रोशन कुमार मण्डल, सिरहा १३ का अभाष्कर कुमार यादव, अभद्र व्यवहार मुद्दाका आराेपी धनुषा औरही गाउँपालिका विशाल मुखिया, नगराईन नगरपालिका –२ का मनिष मण्डल, जनकपुरधाम ४ का विक्की कार्की र जनकपुरधाम १ का सुमित मेस्तर (नाबालक) रहेका छन् ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !