जनकपुरधाम, भदाै ३१ गते । भारतको उडिसा भुवनेश्वरस्थित सेन्चुरियन युनिभरसिटीले नेपाली विद्यार्थीहरुका लागि उच्च शिक्षातर्फको विभिन्न संकायमा विशेष छात्रवृतिको व्यवस्था ल्याएको छ ।
जनकपुरधाममा सम्पन्न टिचर मिट कार्यक्रममा भारतको नम्बर वन रैंकमा रहेका सो युनिभरसिटीले नेपाली विद्यार्थीहरुका लागि छात्रवृतिसहित विशेष सुविधाहरुको प्याकेज ल्याएको युनिभरसिटीका नामांकन र बजार व्यवस्थापन निर्देशक शुभकान्तले जानकारी दिए ।
उनले कार्यक्रममा युनिभरसिटीद्वारा प्रदान गरिने शैक्षिक सेवाको जानकारी गराएका थिए । ती युनिभरसिटीमा अध्ययन गर्ने विद्यार्थीहरुलाई जागिरको ग्यारेन्टी रहेको दाबी समेत गरेका थिए ।सो युनिभरसिटीलाई भारत सरकारको मानव संसाधन विकास मंत्रालय द्वारा इंजीनियरिंग शिक्षा प्रदानमा महत्वपूर्ण योगदान पुरयाउंदै आएको भन्दै संस्थानतर्फ ८१ औं स्थान दिइएको छ ।

युनिभरसिटीको दुई प्रमुख परिसरमा इंजीनियरिंग र प्रौद्योगिकी, कृषि विज्ञान, वास्तुकला योजना र डिजाइन, खनन, शिक्षकों की शिक्षा, मीडिया र संचार, पैरामेडिक्स र संबद्ध स्वास्थ्य विज्ञान, फार्मेसी र जीवन विज्ञान, प्रबंधन, अनुप्रयुक्त विज्ञान र कयौं व्यावसायिक ट्रेडको क्षेत्रमा स्नातक, स्नातकोत्तर र डॉक्टरेटको अध्यापन गराउंदै आएको छ ।
ए प्लस ग्रेडकाे रहेकाे साे सेन्चुरियन युनिभरसिटीमा २० हजारभन्दा बढी विद्यार्थी अअध्ययनरत रहेकाे छ भने ६३ प्राेग्राम, १६ स्कुल, ६ क्याम्पस, २४ रिसर्च सेन्टर, ४३ डाेमेन काेर्षेज, ११२ स्किल काेर्षेज, ५० भन्दा बढी इन्डिस्ट्री स्पाेन्सर्ड ल्याब र ३० भन्दा बढी लाईभ ल्याब संचालनमा रहेकाे छ ।

कार्यक्रमका प्रमुख अतिथि शिक्षाविद् डा. रामस्वार्थ रायले भारतको यस नम्बर वन युनिभरसिटीबाट पढेर आफ्नो देशमै त्यस्तै स्तरको गुणस्तरीय सेवा प्रदान गरे राम्रो उपलब्धी हासिल गर्न सकिने बताए । उनले भने हाम्रो देशमा सबै संकायको पढाई भएपनि उपकरण र प्राइडिकलको कमी रहेकाले गुणस्तरी आउन नसकेको हो । शिक्षातर्फ लगानी गर्न आवश्यकता रहेकाले सरकारले यसतर्फ ध्यान दिन आवश्यक छ ।
जनकपुरधामस्थित ओम एजुकेशनल कन्सलटेन्सी र वल्र्ड वाइड एजुकेशनल सर्भिस प्याइन्टद्वारा संयुक्त रुपमा आयोजित सो कार्यक्रममा जनकपुरधाम क्षेत्रका विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी र कन्सलटेन्सीका प्रतिनिधिहरुसहित विभिन्न विधाका व्यक्तिहरुको सहसभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरुलाई खादा ओढाई प्रमुख अतिथिद्वारा सम्मान समेत गरिएको थियो ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !