जनकपुरधाम, भदौ २७ गते । जनकपुरधाम उद्योग वाणिज्य (जउवा) संघको नयाँ नेतृत्वका लागि निर्वाचनको तयारी स्वरुप उम्मेदवारहरु प्रचार प्रसारमा तिव्र रुपमा खटेका छन् ।
निर्वाचनको दुई दिन मात्रै बाँकी छ । उम्मेदवारहरुको प्रचार प्रसार अहोरात खटेका छन् । अध्यक्षमा उम्मेदवारी दिएका तीनै जना उम्मेदवार व्यापारी मतदाता कहाँ मत माग्न र माहौल बनाउन पुगिरहेका छन् । मतदातालाई रिझाउन सबै अस्त्र प्रयोग गरिरहेका छन् ।
अध्यक्ष पदको उम्मेदवार मध्येका चर्चित र व्यापारीमाझ लोकप्रिय रहेका युवा व्यवसायी सुरेन्द्र भण्डारी प्रचार प्रसारको अन्तिम समयमा घरदैलोलाई तीव्रता दिएका छन् । बिहीवार पनि उनले आफ्नो एजेण्डा बुझाउन मतदाताको पसलदेखि घरसम्म पुगेका छन् ।
भण्डारी युवा चेहरा भएपनि जउवा संघमा रहेर काम गर्ने मामिलामा अनुभवी व्यक्ति हुन् । उनी जउवा संघको कार्यकारिणी सदस्य, सचिव हुँदै उपाध्यक्ष पदसम्म पुगेर नेतृत्व सम्हाली सकेका छन् । पछिल्लो निर्वाचनमा बरिष्ठ उपाध्यक्ष पदमा भने उनी सामान्य मतले पराजित भएका थिए । पराजित भएपनि सहयोगी भावनाको कारण उनको लोकप्रियता घटेको छैन ।
व्यापारीहरुको दुखसुखमा सदैस साथ रहने, आपतविपतको समयमा खोजेको बेला जुन समयमा पनि उपस्थित हुने स्वभावले भण्डारी जनकपुरधाम क्षेत्रका व्यवसायीहरुबीच लोकप्रिय छन् । उनले आफूले उठाउन खोजेका एजेण्डाहरू अन्य उम्मेदवारले उठाउन नचाहेका कारण आफै नेतृत्व सम्हालेर पूरा गर्ने प्रतिबद्धता घरदैलोको क्रममा व्यक्त गरिरहेका छन् ।
लामो समय संघमा आवद्ध रहँदा गरेका उल्लेखनिय कामहरुको चर्चा गर्दै गर्न नसकेका कामहरु नेतृत्व तहमा पुगेर योजना व्यापारी मतदाताहरुमाझ सुनाउंदै उनी मत मागिरहेका छन् । उनले आफूलाई नेतृत्वमा रहेर उद्योग, व्यापार र व्यवसाय क्षेत्रको विकास अघि बढाउन उम्मेदवारी दिएको बताउँदै संघको गरिमा उच्च राख्न भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यहाँको उद्योग व्यवसायको विकाससँगै जनकपुरधामलाई पर्यटकीय सँगसँगै व्यापारिक करिडोरको रुपमा स्थापना गर्ने गरी काम गर्ने आफ्नो योजना रहेको उनको भनाई छ । उनी भन्छन् जनकपुरधामको विकास धार्मिक वा पर्यटकीयले रुपले मात्रै हुदैन जबसम्म औद्योगिक र व्यापारिक क्षेत्रको विकास गरिदैन तबसम्म समग्र विकास असम्भव छ । त्यसैले आफ्नो प्राथमिकतामा यहाँको जनकपुरधामलाई औद्योगिक व्यवसायिक करिडोर स्थापना गर्ने रहेको छ । जउवा संघमा अहिले ४ हजार ७६ सदस्य मतदाता छन् ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !