जनकपुरधाम, साउन २६ गते । जनकपुरधामस्थित निःसन्तान दम्पतीका लागि नैना होस्पिटलले एक दिने शिविर आयोजन गरेको छ ।
शनिबार पत्रकार सम्मेलन आयोजना गरी नैना होस्पिलका संचालक डा. बृजमोहन रजकले निःसन्तान दम्पतीका लागि एक दिने निःशुल्क शिविर संचालन गरिएको जानकारी दिए । सो शिविरमा एक सयभन्दा बढी दम्पतीले स्वास्थ्य चेकजाँच गरी सेवा लिएको उनले बताए ।
अधिकांश चेकजाँच गराउन आउने दम्पतीलाई निःसन्तानको शंका लागेको र स्थानीयस्तरमा एक सयजनामा एकाधमा सो समस्या रहने गरेको पाइएको उनले बताए ।
उनले अधिकांश निःसन्तान रहेको भनि शंका लागेको दम्पतीलाई काउन्सिलिंग गरी जनचेतना जागृत गरएको बताउँदै संचालक डा. रजकले प्रायःमा धार्मिक अन्धविश्वासका कारण स्वास्थ्य उपचारको साटो धामिझाक्री र बाबा कहाँ गएर सन्तानका लागि हारगुहार गर्ने मनोवृत्ति देखिएकोले स्थानीयस्तरमा बाँझोपनाको समस्या देखिएको बताए ।
उनले भने, ‘निःसन्तान हुनुका मुख्यकारण वैदेशिक रोजगारमा गएकाहरुको भूगोल, वातावरण र मानसिक यातना, बेरोजगारीपना, श्रीमान र श्रीमती बीचको दुरी एवं तनावका कारण यस्तो समस्या उत्पन्न हुने गरेको छ ।’ सो पत्रकार सम्मेलनमा डा. आदित्य प्रताप सिंहलगातयका समेतले सो शिविरमा चेकजाँच गरेका थिए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !