जनकपुरधाम, साउन २५ गते । मधेश सरकारका ऊर्जा, सिचाई तथा खानेपानी मन्त्री शेषनारायण यादवले वृक्षाराेपणसहित विभिन्न कार्यक्रम गरि १३ औं पुण्यतिथि मनाएका छन् ।
मन्त्री यादवले पुण्यतिथी मनाएकाे स्थल पैतृक गाउँ लक्ष्मिनिया गाउंपालिका ३ बनिगामा गाउं स्थित श्री दिवस दिप दलित प्राथमिक विद्यालयकाे मुख्यद्वारमा बुवा सुवरण यादवकाे स्मरणमा वृक्षाराेपण गरेका हुन ।
साे वृक्षाराेपण कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका सहमहामन्त्री एवं पुर्व संघीय मन्त्री महेन्द्र यादवद्वारा गरिएकाे छ । साे वृक्षाराेपणमा पिपल, वर, अशाेक लगायत ५ प्रकारका वृक्षकाे बिरुवा राेपिएकाे हाे । साे वृक्षाराेपण कार्यक्रममा वन निर्देशनालयका सुरेश शर्मा, नेपाली कांग्रेसका नेता बजरंग यादव लगायतका दर्जनाै विशिष्ट व्यक्तिहरूले समेत वृक्षाराेपणमा सहयाेग पुरयाएका थिए ।

वृक्षले नै सम्पुर्ण प्राणीलाई आक्सिजनकाे रूपमा प्राणवायु दिने र त्यसबाट मानिससहित चराचसगीं सहित सबै प्राणी छहारी वृक्ष लामाे आयुससम्म प्राप्त गर्ने भएकाले आफ्नाे बुवाकाे १३ औं पुण्यतिथिमा वृक्षाराेपण गरिएकाे बताए । उनले हरेक कार्यमा जुनसुकै वर्गका व्यक्तिहाेस सबैले वृक्षाराेपण गर्नुपर्ने बताउंदै यसले सबै प्राणीकाे कल्याण हुने भने ।

वृक्षाराेपण बाहेक पुण्यतिथिकाे अवसरमा श्रद्धाञ्जली सभा र प्रसाद ग्रहण समेत आयाेजना गरिएकाे थियाे । कार्यक्रममा सहभागी हुन आएका प्रदेश सरकारका मन्त्री, पूर्वमन्त्रीहरू, प्रदेश तथा संघीय सांसदहरू, नेपाली कांग्रसका केन्द्रीय, प्रदेश तथा स्थानिय नेताहरू, मन्त्रालयका कर्मचारीहरू, उद्याेगी व्यवसायीसहित विभिन्न राजनितिक दलका नेताहरू , सुरक्षा निकायका प्रतिनिधिहरू, पत्रकार, भारत विहारका प्रदेश यादव संघका प्रतिनिधि र २२ गाउंका जातिय व्यक्तिसहित हजाराै व्यक्तिहरूले मन्त्री यादवका बुवा सुवरण यादवकाे तस्वीरमा फुल र टीका अर्पण गरि श्रद्धाञ्जली व्यक्त प्नसाद ग्रहण गरेका थिए ।

श्रद्धाञ्जली सभामा सहभागी हुन आएका प्रदेश सरकारका मन्त्रीहरू, प्रदेश तथा संघीय सांसदहरू, नेपाली कांग्रेसका केन्द्रीय, प्रदेश तथा स्थानिय नेताहरू, मन्त्रालयका कर्मचारीहरू सहित विभिन्न राजनितिक दलका नेताहरू र विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरूले मन्त्री यादवसंग भेटेर संवेदना समेत व्यक्त गरेका छन् ।

सहभागीहरूले श्रद्धाञ्जली अर्पण पश्चात् प्रसाद ग्रहण गरेका छन् । मन्त्री यादवका बुवा सुबरण यादवकाे साउन १५ गतेका दिन बिहान ४ बजे ७८ वर्षकाे उमेरमा निधन भएकाे थियाे । निधन पश्चात् हिन्दु संस्कार अनुसार दागवती दिएका मन्त्री यादवका दाजु सत्यनारायण यादव क्रियामा बसेका थिए ।


















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !