Saturday, December 13, 2025
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

आँखा अस्पतालमा कुनै भ्रष्टाचार नभएको दाबी

निजी अस्पतालको उक्साहटमा अस्पताल डुबाउन लागिएको आरोप, प्रशासन निरिह


आँखा अस्पतालमा कुनै भ्रष्टाचार नभएको दाबी

जनकपुरधाम, साउन १० गते । जनकपुरधामस्थित रहेको जानकी आँखा अस्पतालमा कुनै भ्रष्टाचार नभएको अस्पताल पदाधिकारी तथा व्यवस्थापकले दाबी गरेको छ ।

केही दिनदेखि विवादमा रहेका जानकी आँखा अस्पताल बारे सर्वदलीय संघर्ष समितिले लगाएको आरोपको खण्डन गर्दै अस्पताल प्रमुख डा. आशिष बोहरा र अस्पताल एवं नेपाल रेडक्रस सोसाइटी धनुषाका सभापति नरेश सिंहले दाबी गरे ।

केही निजी स्वास्थ्य संस्थाको उक्साहटमा परेर मेडिकल एशोसिएसन धनुषाको अगुवाईमा केही राजनीतिक दल आबद्ध उच्चश्रृंखल व्यक्तिहरुले अस्पतालका कर्मचारी र चिकित्सकमाथि हातपात गरी तालाबन्दी गरेपछि विवाद चर्किएको हो । हुनत केही राजनीतिक दलका प्रतिनिधि र कथित नागरिक समाजको अगुवाईमा अस्पताल सुधारका लागि दवाबको सिर्जना भनेर सर्वदलिय तथा सर्वपक्षिय समितिको नाममा धर्ना सहितको आन्दोलनरत छन् ।

पत्रकार सम्मेलनमा आँखा अस्पतालका अध्यक्ष नरेश सिंहले यो अस्पतालको अध्यक्ष विनोद शर्मा, डा. विजय सिंह, गंगाराम यादवसहित ५ जनापछि मात्रै म अध्यक्ष भएको भन्दै यसमा गोजीको संस्था कसरी बन्यो प्रतिप्रश्न गरे । गंगाराम यादवलाई निर्वतमान अध्यक्ष नबनाइएको आरोप बारे सिंहले भने यादव निर्वाचित अध्यक्ष नरहेको र उनी पदबाट हटेलगतै निर्वतमानको सट्टा अध्यक्ष दाबी गर्दै अदालतमा मुद्दा दिएर हार्यो यस्तो अवस्थामा विधान बमोजिम डा. विजय सिंह निर्वाचित भएकाले उनलाई निवर्तमान अध्यक्षको नाताले पदेन सदस्य राखिएको हो ।

कोषाध्यक्ष धिरेन्द्रमोहन झा हाम्रै समितिको कोषाध्यक्ष हुनु हुन्छ, अध्यक्ष सिंहले भने ‘उहाँ आफै रेडक्रसको सदस्य हुनु हुन्थेन, उनको नियुक्ति राजनीतिक रुपमा गरिएको छ ।’ अहिले आएर झाले रेडक्रस बिरुद्ध जथाभावी अनर्गल प्रचारवाजी गर्नुका साथै अस्पतालको गरिमा तल झार्ने काम गरि रह्नु भएको आरोप लगाए । संचारकर्मीहरुको जिज्ञासामा अध्यक्ष सिहले भने हामी काम गर्न तयार छौं । तर चिकित्सक र कर्मचारीहरुमाथि नै हातपात हुन थालेपछि काम गर्ने सुरक्षित वातावरण भए काम गर्न तयार छौं ।
अस्पताल संचालन र दोषीमाथि कारवाहीको सवालमा प्रशासन पनि निरिह रहेको आरोप अध्यक्ष सिंहले लगाए । उनले भने दोषीमाथि कारवाहीको माग गर्दै घटना भएको दिनदेखि नै जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयमा धाईरहेका छौं तर अहिलेसम्म उजुरी दर्ता गरेको छैन । अस्पतालको सेवा संचालनका लागि सुरक्षित वातावरण समेत निर्माण गर्न सकेको छैन ।

आन्दोलनरत पक्षका व्यक्तिहरुले हटाइएका कर्मचारीहरुको बक्यौता तलब भुक्तानी र पुनर्वहाली माग सहित भ्रष्टाचार गरिएको आरोप बारे आँखा अस्पतालका प्रमुख डा. आशिष बोहोराले भने हामीले कसैलाई हटाएका छैनौ विधान र नियमसंगत करार अवधि नथपिएको हो । उनले भने कसैको तलब बक्यौता छैन ।

उनले थप्दै भने डा. रञ्जना ठाकुर हाम्रो कर्मचारी नभई प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयद्वारा २०८०/४/२९ गतेदेखि काजमा खटाइएको कर्मचारी थियो । उनको म्याद सकिएपछि मन्त्रालयले तानियो । तलब पनि मन्त्रालयबाटै पाइरहेको थियो । एउटै व्यक्तिलाई दोहरो सुविधा दिन नमिल्ने भएकाले तलब दिइएन । ती बेला केही बोलेनन् अहिले आएर केही व्यक्तिको उक्साहट तलब बक्यौता रहेको भन्न थालेको हो ।

डा. अमित यादवको सम्बन्धमा उनले भने उहाँको तलब बक्यौता छैन । गएको बैशाख महिनामै करार अवधि सकिएको र विदाई पत्रपनि थमाई सकिएको अवस्थामा तलब कसरी बांकी रहयो । जहाँसम्म करार अवधि नथप्नुको कुरा हो । उहाँचाहि अहिलेसम्म सर्जिकलमा दक्ष हुनु भएको छैन । कार्यअवधिमा उहाँ कामभन्दा ठेक्का टेण्डरमा जोड दिने र आफ्ना नातेदारका निजी अस्पतालमा बिरामी रेफर गर्ने गतिविधिले गर्दा करार अवधि नथपिएको हो ।

यस्तै डा. सन्तोष साह ट्रेनिंग प्रियडमा रहेको कारण तलब नदिइएको हो । हामीले उहाँलाई बोलाएर ल्याएको होइन, उहाँको बुवा अस्पतालमा लामो समयमा काम गरेको कारण उहाँकै सिफारिसमा टे«निङ्गमा राखिएको थियो । अहिले आएर तलब बक्यौता र पुनर्वहालीको कुरा राख्न थालेको छ । जुन सरासर गलत हो । संचारकर्मीहरुले जनशक्ति आभाव रहेको अवस्थामा कार्यरतलाई हटाउनु कतिको उचित भन्ने भन्ने जिज्ञासामा उनले थप्दै भने हामीलाई कसैसँग ईष्र्या दोष छैन, अस्पताल व्यवस्थापक समितिले खुल्ला विज्ञापनबाट नयाँ चिकित्सक राख्ने निर्णय गरेकाले करार अवधि नथपिएको हो । विज्ञापनबाट जो कोही आउन सक्छ ।

बोहोरा र सिंह दुवैले अस्पतालको खरिद प्रकृया वा अन्य प्रक्रियामा भ्रष्टाचार भएको आरोप समेत निराधार रहेको दावी गरे । उनीहरुले खरीद समितिका संयोजक कोषाध्यक्ष झा नै हो, उनकै सिफारिसमा टेण्डर छनौट गरेको र भुक्तानी पनि उनीद्वारा नै गरिने भएकाले हामीले कसरी भ्रष्टाचार गरियौं । जहाँसम्म अन्य भ्रष्टाचारको कुरा हो त्यो त प्रमाणित हुनु परयो । अस्पतालको लेखा परिक्षण रेडक्रस केन्द्रिय कार्यसमितिद्वारा ‘ए’ ग्रेडको अडिटरद्वारा गरिदै आएको छ । हरहिसाब पारदर्शी नै छ, कसैले खोजेमा हामी आयव्यय विवरण जुनसुकै बेला उपलब्ध गराउन तयार छौं । छानबीनमा आरोप साबित सजाय भोग्न तयार रहेको दुबैले भने ।

आन्दोलनरत पक्षको आरोप

यसपछि आन्दोलनरत समिति भनिएकाहरुले पनि एक पत्रकार सम्मेलन गरी सर्वपक्षिय समितिले अस्पताल भ्रष्टाचारको अखाडा बन्दै गईरहेको आरोप लगाउँदै रेडक्रसमा सदस्यता खुल्ला, आँखा अस्पतालका विकास समिति नयाँ गठन र अध्यक्ष तथा अस्पताल प्रमुखको राजीनामा माग गरेका छन् ।

कोषाध्यक्ष झाले वर्तमान रेडक्रस सोसाइटीको धनुषा समिति नै अवैधानिक रहेको दावी गरे । उनले सिंह अगाडी सभापति बनेका गंगाराम यादव ७७ को नियमावली अनुसार बनेको अवस्थामा उनीपछि सभापति बनेका सिंह ७५ को नियमावलीलाई टेकेर सभापति कसरी बने भन्दै प्रश्न गरे । भmा आफू यो समितिको नाम मात्रको कोषाध्यक्ष रहेको भन्दै सिंह लगायतका उनका आसेपासेहरुका साथै उनी संगै लागेका केही चिकित्सकहरुले मेरो हस्ताक्षर बिना नै करोडौ रुपैयाँ झिकेर अस्पतालको रकम अपचलन गरेको आरोप लगाए । यसका साथै अस्पतालको एनएमबी बैंकमा रहेको १ करोड बढी एफडी नविकरण गर्नका लागि मेरो स्वीकृति समेत नलिइएको उनले भने ।

सर्वदलिय सर्वपक्षिय समितिका संयोजक राम सिंह यादवले अस्पतालमा कार्यरत चिकित्सकमाथी श्रम शोषण समेत भईरहेको आरोप लगाए । तर अस्पतालको चिकित्सक र कर्मचारीभित्र हातपात गर्नु कतिसम्म उचित बारे सिंह लगायतमा पत्रकार सम्मेलनमा उपस्थित कसैले पनि जवाफ नदिई पन्छिन खोजे । पत्रकारहरुले प्रश्नै प्रश्न गर्न थालेपछि त्यसबाट भाग्न तिनीहरुले पत्रकार सम्मेलन नै भाँडभैलो गराई जवाफ दिनबाट पन्छिन सफल भए ।

छानविन समिति गठन

गत शुक्रबार अस्पतालका प्रशासकीय अधिकृत दीपेन्द्र सिंह र अस्पतालका प्रमुख डा. आशिष बोहोरामाथि राजनीतिक र नागरिक समाजको आवरणमा केही उच्चश्रृंखल कार्यक्षेत्रमै हातपात गरेको थियो । अस्पताल सञ्चालन समितिको विरुद्धमा उत्रिएका केही स्थानीयहरूले बिरामी जाँच्दै गर्दा चिकित्समाथि हातपात गरेको भिडियोहरू अहिले सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भएका छन् । सोही घटनालाई लिएर जिल्ला प्रशासन कार्यालय धनुषाले नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित जानकी आँखा अस्पताल जनकपुरधाममा जारी विवाद समाधानका छानबिन समिति गठन गरेको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले सहायक प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको बताए । समितिको सदस्यमा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रञ्जन आवा र सदस्य सचिवमा जिल्ला प्रशासन कार्यालयका शाखा अधिकृत निरजकुमार श्रीवास्तव रहेका छन् ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

मिथिला डिपार्टमेन्टको चौथो शाखा कदम चाेकमा
Blast News

मिथिला डिपार्टमेन्टको चौथो शाखा कदम चाेकमा

२०८१ श्रावण १०, बिहीबार २३:४१
प्रविधि मार्फत हुने लैंगिक हिंसा मधेशमा बढी
Blast News

प्रविधि मार्फत हुने लैंगिक हिंसा मधेशमा बढी

२०८१ श्रावण १०, बिहीबार २३:४१
२० कराेडबढी खर्चे पनि बनेनन् कमला पुल, अब नयां टेण्डर
Blast News

२० कराेडबढी खर्चे पनि बनेनन् कमला पुल, अब नयां टेण्डर

२०८१ श्रावण १०, बिहीबार २३:४१
गाेदावरी हस्पिटलद्वारा रक्तदान कार्यक्रम
Blast News

गाेदावरी हस्पिटलद्वारा रक्तदान कार्यक्रम

२०८१ श्रावण १०, बिहीबार २३:४१
७ दललाई एमालेकाे काउण्टर : मुख्यमन्त्रीलाई काम गर्न देउ भनी धर्ना
Blast News

७ दललाई एमालेकाे काउण्टर : मुख्यमन्त्रीलाई काम गर्न देउ भनी धर्ना

२०८१ श्रावण १०, बिहीबार २३:४१
गोली हानी प्रहरीले वडाध्यक्षको गरे हत्या
Blast News

गोली हानी प्रहरीले वडाध्यक्षको गरे हत्या

२०८१ श्रावण १०, बिहीबार २३:४१

ताजा खबर

मिथिला डिपार्टमेन्टको चौथो शाखा कदम चाेकमा

मिथिला डिपार्टमेन्टको चौथो शाखा कदम चाेकमा

प्रविधि मार्फत हुने लैंगिक हिंसा मधेशमा बढी

प्रविधि मार्फत हुने लैंगिक हिंसा मधेशमा बढी

२० कराेडबढी खर्चे पनि बनेनन् कमला पुल, अब नयां टेण्डर

२० कराेडबढी खर्चे पनि बनेनन् कमला पुल, अब नयां टेण्डर

गाेदावरी हस्पिटलद्वारा रक्तदान कार्यक्रम

गाेदावरी हस्पिटलद्वारा रक्तदान कार्यक्रम

७ दललाई एमालेकाे काउण्टर : मुख्यमन्त्रीलाई काम गर्न देउ भनी धर्ना

७ दललाई एमालेकाे काउण्टर : मुख्यमन्त्रीलाई काम गर्न देउ भनी धर्ना

गोली हानी प्रहरीले वडाध्यक्षको गरे हत्या

गोली हानी प्रहरीले वडाध्यक्षको गरे हत्या

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव