जनकपुरधाम, साउन २ गते । जनकपुरधामस्थित राजर्षि जनक क्याम्पसले माध्यमिक शिक्षातर्फ आगामी शैक्षिक सत्रका लागि कक्षा ११ को प्रवेश परीक्षा लिएको छ ।
भाडामा सञ्चालन हुँदै आएका राजर्षि जनक क्याम्पसले यसवर्षदेखि आफ्नै भवनमा कक्षा ११ को प्रवेश परीक्षासँगै संचालनमा आएको छ । विज्ञान, बाणिज्य र कानून संकायमा कक्षा ११ मा भर्ना हुन एक हजार ५५ विद्यार्थी प्रवेश परीक्षा दिएकाे र त्यसको नतिजा बिहीवार सार्वजनिक गरिने क्याम्पसका प्रिन्सिपल धर्मेन्द्र झाले बताए ।
प्रवेश परिक्षामा सफल हुने विद्यार्थीहरु कक्षा ११ को अध्यापन क्याम्पसको नव निर्मित भवनमा गर्नेछ । कक्षा ११ बाहेक कक्षा ११ र उच्च शिक्षातर्फ विभिन्न संकायका स्नातक तथा स्नातकोतरको कक्षा संचालन नवनिर्मित भवनमा हुनेछ । करीब विद्यापति चोकदेखि मटकोरबा जाने बाटोमै करीब ८ कट्ठा क्षेत्रफलमा निर्माणाधिन सो भवनको ५ तल्ले योजना रहेपनि हाल दुई तल्ले निर्माण भएको छ ।
हिसान धनुषाका अध्यक्ष समेत रहेका सञ्चालक संजिव कुमार ठाकुरले जनकपुरधाममै राजर्षि जनक क्याम्पस लगायतका क्याम्पसहरुले गुणस्तरीय शिक्षा दिइरहेपनि लाखौ खर्चेर काठमाडौ जानु ठूलो विडम्बना रहेको बताए । उनले राजर्षि जनक क्याम्पसमै पढेका विद्यार्थीहरु प्रत्येक वर्ष मेडिकल र इन्जिनीयरिङ्गसहित विभिन्न निकायमा नाम निकाल्न सफल भइरहेका छन् । तर एकअर्काको देखासिखी गरी अभिभावकहरुले काठमाडौ लगायतका ठाउँमा उच्च शिक्षाका लागि विद्यार्थीहरु पठाउने गरेका छन् ।
उनले थप्दै यहाँबाट पढन काठमाडौ गएका विद्यार्थीहरु र जनकपुरधाममा पढेका विद्यार्थीहरुको अनुपातमा यहीँका विद्यार्थीहरु बढी संख्यामा विभिन्न कम्पिटिसनमा नाम निकाल्ने गरेका छन् । संचारकर्मीहरुको जिज्ञासामा उनले भने एसईईमा सबै विषयमा फेल भएपनि आगामी पढाई गर्न सक्ने सरकारको गलत शिक्षा नितीको कारण जनकपुरधाम मात्रै होइन देशैभरिको शैक्षिकस्तर खस्केको हो । तर यसवर्षदेखि सबै विषयमा अनिवार्य उत्तिर्णको प्रावधान ल्याएपछि अब सुधार आउने विश्वास उनले व्यक्त गरे ।
सञ्चालक तथा निर्देशक निरज कुमार झा गुड्डुले क्याम्पसको आफनै एक भिजन रहेकाले जस्तो सुकै परिस्थितीमा पनि गुणस्तरीय शिक्षा र शिक्षण प्रणालीमा सम्झौता नगर्ने बताए । क्याम्पस सञ्चालन हुदै आएको भवन देखि केहि मात्र दक्षिण राम्रो क्षेत्रफलमा क्याम्पसको आफनै नयाँ भवन सञ्चालनमा आएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !