जनकपुरधाम, असार १० गते । आर्थिक वर्ष २०८१/०८२का लागि धनुषाको लक्ष्मिनिया गाउँपालिकाले ४५ करोड ११ लाख १९ हजार ९ सय १० रुपैयाँको बजेट ल्याएको छ ।
लक्ष्मिनिया गाउँपालिकाको १२औँ गाउँसभामा गाउँपालिका अध्यक्ष भोगेन्द्र मिश्रले आर्थिक वर्ष २०८१/०८२का लागि ४५ करोड बढीको बजेट प्रस्तुत गरेका हुन् । अध्यक्ष मिश्रले प्रस्तुत गरेको बजेटमा शिक्षा, स्वास्थ्य तथा कृषिलाई प्राथमिकताका साथ राखिएको छ ।

सो बजेटको रकम राजस्व बाँडफाँटमा संघबाट ८ करोड ९९ हजार ४ सय ५६, प्रदेशबाट ३० लाख, समानीकरण अनुदान संघबाट १० करोड ४७ लाख, प्रदेशबाट ७३ लाख ९९ हजार, ससर्त अनुदान संघबाट १६ करोड ५८ लाख ८१ हजार, प्रदेशबाट प्राप्त ८० लाख आन्तरिक स्रोतहरू भूमिकर/मालपोत, घरबहाल कर, बहाल बिटौरी कर, सवारीसाधन करसहितका विभिन्न शीर्षकबाट प्राप्त हुने तथा गत आर्थिक वर्षको मौज्दातबाट पूर्ती गरिने छ । बजेटमा कृषि तथा शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखिएको अध्यक्ष मिश्रले जानकारी दिए ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !