Saturday, December 13, 2025
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

स्वास्थ्य सचिव डा. यादवको दादागिरी

नयाँ सचिव आएपछि : तालाबन्दी गरी फाइलै लिएर टाप


स्वास्थ्य सचिव डा. यादवको दादागिरी

जनकपुरधाम, असार ४ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मधेश प्रदेशमा सचिव लफडा भएको छ । रिक्त सचिव पदमा मन्त्रीको निर्णयमा निमित सचिवको रुपमा कार्यरत डा. प्रमोद यादवको ठाउँमा संघीय सरकारबाट डा. संजय ठाकुरलाई पठाएपछि लफडा भएको हो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट मधेश प्रदेशको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका सचिवको पठाइएका डा.सञ्जय ठाकुरलाई सचिव डा. यादवले हाजिर हुन नदिन सचिवको कार्यकक्षमा तालाबन्दी गरी हाजिरी र दर्ता रजिष्टर नै लिएर टाप भएपछि चर्को विवाद भएको छ ।

हाजिरी र चलानी दर्तासहितका रजिष्टर नै सचिव डा. प्रमोद यादव गायब भएपछि कर्मचारीहरु अन्यौल पर्नुका साथै कामकाज समेत मंगलवार प्रभावित भएका बताइएको छ । मन्त्रालयका कर्मचारीहरु रजिष्टर नै गायब भएपछि हाजिरी गर्न पाएनन् । उनीहरु भन्छन् सचिव विवादका कारण दिनभरि काम गर्न पाएनौं । हाजिरी समेत गर्न नपाएपछि हाजिर पनि गएल हुन गएको छ । नयाँ सचिव डा. ठाकुरका लागि मन्त्रालय पुगेका टोलीका मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार डा. विनोद यादवलाई दुव्र्यवहार सहित अपहरण गर्न समेत खोजिएको आरोप लगाइको छ । रजिष्टारलाई दुव्र्यवहार गर्दै अपहरण गर्न खोज्ने आरोपमा तीनजना पक्राउ समेत परेका छन् ।

घटना अनुसार वीर अस्पतालमा कार्यरत डा. संजय ठाकुर सरुवा भई रमाना पत्र लिई मंगलवार हाजिर हुन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनकपुरधाम पुगे । तर उहाँ मन्त्रालय पुग्नु अघि नै सचिव डा. प्रमोद यादव कार्यकक्षमा तालाबन्दी गरी हाजिरी र दर्ता चलानी रजिष्टर लिएर गायब भए । उनको खोजी कार्य भइरहेकै क्रममा उनलाई स्वागतसहित पदस्थापन गर्न स्वास्थ्यसँग आबद्ध पदाधिकारी पुग्दा कर्मचारीहरु दुई कितामा विभाजित हुँदा विवाद भएको थियो । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार डा. विनोद यादव, प्रादेशिक अस्पताल जनकपुरका निर्देशक डा.रामनरेश पण्डित, प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा.श्रवण मिश्र र प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रका निमित्त निर्देशक डा.मनिष पाण्डे सहितका मन्त्रालय पुगेका थिए ।

उनीहरु केही बेर रुकेर मन्त्रीसँग फोन सम्पर्क गर्दा बेलुका तिर कुरा गर्ने भनी समय दिंदा उनीहरु फर्कियो । त्यसपछि उनीहरु आ आफ्नो कार्यालयमा आएपछि रजिष्टार डा. यादवलाई सचिव यादवले भेट्न भनी कार्यालयबाटै उठाउनेसहितका अपहरणको प्रयास समेत गराएको आरोप लगाइएको छ । अस्पतालमा कार्यरत प्रहरी समयमा पुगेको नभए अप्रिय घटना पनि हुन सक्थ्यो ।

सचिवबीचको विवाद बारे मुख्यमन्त्री सतिश सिंह र स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुध्न प्रसाद सिंहले पन्छिन खोज्दै मुख खोल्न चाहेका छैनन् । मुख्यमन्त्री सिहले भने कानूनी व्यवस्था के आफू नयाँ भएको कारण थाहा भएन । मन्त्रीसँग घटनाबारे सोधपुछ गछौं र कानूनी व्यवस्था बारे राय परामर्श लिएर अघि बढनेछौं । यस्तै मन्त्री सिंहले आफू व्यवस्त छु पछि कुरा गर्ने भनी कुरौ गर्न चाहेनन् ।
रजिष्टारको अपहरण प्रयास
घटना बारे लोकपुकारसँग कुरा गर्दै डा. यादवले भने ‘नयाँ सचिवको रुपमा आएका डा. ठाकुरले आफूहरुलाई भेटन आउन मन्त्रालय बोलाएका थियो । आफूहरु मन्त्रालय जाँदा सचिव डा. यादवले तालाबन्दी गरी हाजिरी र दर्ता चलानी रजिष्टर लिएर गायब भएको थाहा पायौं । त्यसपछि हामीले मन्त्रीजीसँग कुरा गर्दा बेलुका ६ बजे कुरा गर्ने भन्यो । त्यसपछि सचिव ठाकुरलाई ६ बजे भेटने भनी हार्मी फर्कियौ ।’
आफूहरु कार्यालय पुग्ने लगतै सचिव डा. यादवले फोन गरेर सबैलाई देखाई दिन्छौ भनी धाक धम्की सहित थर्काए । सोही क्रममा मेरो कार्यकक्षमा केही अपरिचित व्यक्ति आई मन्त्रालयको कर्मचारी हुँ भनी तपाईहरु मन्त्रालय जानु भएको थियो सचिव डा. प्रमोद यादव र मन्त्रीजीले बोलाएको छ भनी धाकधम्की सहित जान भने । आफूले उनलाई हामी एक्लै होइन सबै निर्देशक सँगै जान्छु पटक पटक भनेपनि त्यहाँबाट जान मानेनन् ।
उनीहरुले तपाई जानु भएन भने उठाएर लग्छु भन्ने जस्ता धम्की दिन थालेपछि आफूले हल्ला गरी कर्मचारीहरुलाई बोलाए । पछि अस्पतालमा कार्यरत प्रहरी पनि आएपछि मन्त्रालयको आईडीकार्ड हेराउन भनेपछि कहिले कर्मचारी त कहिले नागरिक समाज रहेको भन्न थाल्यो । प्रहरीले तिनीहरुलाई तत्काल पक्राउ गरी जिल्ला पठाएको हो । यो समाचार लेख्दासम्म विवादको टुँगो लागेको थिए । हुनत घटना बारे डा. प्रमोद यादव समेत मुख्यमन्त्री कहाँ आफूले मान्छे पठाएको स्वीकार गरेका छन् । रजिष्टार यादवले भने ‘घटनापछि आफूहरु मुख्यमन्त्री कहाँ जाँदा त्यहाँ सचिव यादवले आफूले मान्छे पठाएको स्वीकार गरे । मान्छे किन पठाएको भनी मुख्यमन्त्रीज्यूले उहाँलाई समेत लगाएको थियो ।’
कानूनी व्यवस्था अनुसार प्रदेशको मन्त्रालयको सचिव संघकै रहनेछ । सोही व्यवस्था अनुसार देशका सातै प्रदेश सरकारका मन्त्रालयहरुमा संघबाटै पठाइएका सचिवहरुले काम गर्दै आएका छन् । सो पद रिक्त भएमा प्रदेश सरकारका मन्त्री तथा मन्त्रिपरिषदको निर्णयबाट निमित सचिव राखेर काम गर्ने तात्कालिन व्यवस्था रहेको छ । तर संघबाट रिक्त पदपूर्ति भएमा निमित स्वतः हटने व्यवस्था छ ।
सचिव यादव संघको व्यवस्था अनुसार १० औं तह र प्रदेशको व्यवस्था अनुसार ११ औं तहका कर्मचारी हुन । सधैं विवादमा रहने डा. यादवलाई कोरोनाकालमा भ्रष्टाचार गरेको भनी आरोप लाग्न थालेपछि स्वास्थ्य आपूर्ति केन्द्रबाट सरुवा गरी प्रादेशिक अस्पताल जनकपुरधाममा पठाइएको थियो । त्यहाँ लापरवाही गरेपछि निर्वतमान मुख्यमन्त्री सरोजकुमार यादवले कारवाही गर्दै हटाएका थिए । तर हटाएको एक साता नबित्दै स्वास्थ्य मन्त्रीले उनलाई गएको वर्ष जेठ २४ गतेका दिन मन्त्रालयको रिक्त रहेको सचिव पदमा नियुक्त गरेका थिए । संघबाट सचिव नपाठएको कारण उनी एक वर्षदेखि निमिति सचिवको रुपमा काम गर्दै आएको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

मिथिला डिपार्टमेन्टको चौथो शाखा कदम चाेकमा
Blast News

मिथिला डिपार्टमेन्टको चौथो शाखा कदम चाेकमा

२०८१ श्रावण २, बुधबार १४:३९
प्रविधि मार्फत हुने लैंगिक हिंसा मधेशमा बढी
Blast News

प्रविधि मार्फत हुने लैंगिक हिंसा मधेशमा बढी

२०८१ श्रावण २, बुधबार १४:३९
२० कराेडबढी खर्चे पनि बनेनन् कमला पुल, अब नयां टेण्डर
Blast News

२० कराेडबढी खर्चे पनि बनेनन् कमला पुल, अब नयां टेण्डर

२०८१ श्रावण २, बुधबार १४:३९
गाेदावरी हस्पिटलद्वारा रक्तदान कार्यक्रम
Blast News

गाेदावरी हस्पिटलद्वारा रक्तदान कार्यक्रम

२०८१ श्रावण २, बुधबार १४:३९
७ दललाई एमालेकाे काउण्टर : मुख्यमन्त्रीलाई काम गर्न देउ भनी धर्ना
Blast News

७ दललाई एमालेकाे काउण्टर : मुख्यमन्त्रीलाई काम गर्न देउ भनी धर्ना

२०८१ श्रावण २, बुधबार १४:३९
गोली हानी प्रहरीले वडाध्यक्षको गरे हत्या
Blast News

गोली हानी प्रहरीले वडाध्यक्षको गरे हत्या

२०८१ श्रावण २, बुधबार १४:३९

ताजा खबर

मिथिला डिपार्टमेन्टको चौथो शाखा कदम चाेकमा

मिथिला डिपार्टमेन्टको चौथो शाखा कदम चाेकमा

प्रविधि मार्फत हुने लैंगिक हिंसा मधेशमा बढी

प्रविधि मार्फत हुने लैंगिक हिंसा मधेशमा बढी

२० कराेडबढी खर्चे पनि बनेनन् कमला पुल, अब नयां टेण्डर

२० कराेडबढी खर्चे पनि बनेनन् कमला पुल, अब नयां टेण्डर

गाेदावरी हस्पिटलद्वारा रक्तदान कार्यक्रम

गाेदावरी हस्पिटलद्वारा रक्तदान कार्यक्रम

७ दललाई एमालेकाे काउण्टर : मुख्यमन्त्रीलाई काम गर्न देउ भनी धर्ना

७ दललाई एमालेकाे काउण्टर : मुख्यमन्त्रीलाई काम गर्न देउ भनी धर्ना

गोली हानी प्रहरीले वडाध्यक्षको गरे हत्या

गोली हानी प्रहरीले वडाध्यक्षको गरे हत्या

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव