जनकपुरधाम, असार ४ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मधेश प्रदेशमा सचिव लफडा भएको छ । रिक्त सचिव पदमा मन्त्रीको निर्णयमा निमित सचिवको रुपमा कार्यरत डा. प्रमोद यादवको ठाउँमा संघीय सरकारबाट डा. संजय ठाकुरलाई पठाएपछि लफडा भएको हो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट मधेश प्रदेशको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका सचिवको पठाइएका डा.सञ्जय ठाकुरलाई सचिव डा. यादवले हाजिर हुन नदिन सचिवको कार्यकक्षमा तालाबन्दी गरी हाजिरी र दर्ता रजिष्टर नै लिएर टाप भएपछि चर्को विवाद भएको छ ।
हाजिरी र चलानी दर्तासहितका रजिष्टर नै सचिव डा. प्रमोद यादव गायब भएपछि कर्मचारीहरु अन्यौल पर्नुका साथै कामकाज समेत मंगलवार प्रभावित भएका बताइएको छ । मन्त्रालयका कर्मचारीहरु रजिष्टर नै गायब भएपछि हाजिरी गर्न पाएनन् । उनीहरु भन्छन् सचिव विवादका कारण दिनभरि काम गर्न पाएनौं । हाजिरी समेत गर्न नपाएपछि हाजिर पनि गएल हुन गएको छ । नयाँ सचिव डा. ठाकुरका लागि मन्त्रालय पुगेका टोलीका मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार डा. विनोद यादवलाई दुव्र्यवहार सहित अपहरण गर्न समेत खोजिएको आरोप लगाइको छ । रजिष्टारलाई दुव्र्यवहार गर्दै अपहरण गर्न खोज्ने आरोपमा तीनजना पक्राउ समेत परेका छन् ।
घटना अनुसार वीर अस्पतालमा कार्यरत डा. संजय ठाकुर सरुवा भई रमाना पत्र लिई मंगलवार हाजिर हुन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनकपुरधाम पुगे । तर उहाँ मन्त्रालय पुग्नु अघि नै सचिव डा. प्रमोद यादव कार्यकक्षमा तालाबन्दी गरी हाजिरी र दर्ता चलानी रजिष्टर लिएर गायब भए । उनको खोजी कार्य भइरहेकै क्रममा उनलाई स्वागतसहित पदस्थापन गर्न स्वास्थ्यसँग आबद्ध पदाधिकारी पुग्दा कर्मचारीहरु दुई कितामा विभाजित हुँदा विवाद भएको थियो । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार डा. विनोद यादव, प्रादेशिक अस्पताल जनकपुरका निर्देशक डा.रामनरेश पण्डित, प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा.श्रवण मिश्र र प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रका निमित्त निर्देशक डा.मनिष पाण्डे सहितका मन्त्रालय पुगेका थिए ।
उनीहरु केही बेर रुकेर मन्त्रीसँग फोन सम्पर्क गर्दा बेलुका तिर कुरा गर्ने भनी समय दिंदा उनीहरु फर्कियो । त्यसपछि उनीहरु आ आफ्नो कार्यालयमा आएपछि रजिष्टार डा. यादवलाई सचिव यादवले भेट्न भनी कार्यालयबाटै उठाउनेसहितका अपहरणको प्रयास समेत गराएको आरोप लगाइएको छ । अस्पतालमा कार्यरत प्रहरी समयमा पुगेको नभए अप्रिय घटना पनि हुन सक्थ्यो ।
सचिवबीचको विवाद बारे मुख्यमन्त्री सतिश सिंह र स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुध्न प्रसाद सिंहले पन्छिन खोज्दै मुख खोल्न चाहेका छैनन् । मुख्यमन्त्री सिहले भने कानूनी व्यवस्था के आफू नयाँ भएको कारण थाहा भएन । मन्त्रीसँग घटनाबारे सोधपुछ गछौं र कानूनी व्यवस्था बारे राय परामर्श लिएर अघि बढनेछौं । यस्तै मन्त्री सिंहले आफू व्यवस्त छु पछि कुरा गर्ने भनी कुरौ गर्न चाहेनन् ।
रजिष्टारको अपहरण प्रयास
घटना बारे लोकपुकारसँग कुरा गर्दै डा. यादवले भने ‘नयाँ सचिवको रुपमा आएका डा. ठाकुरले आफूहरुलाई भेटन आउन मन्त्रालय बोलाएका थियो । आफूहरु मन्त्रालय जाँदा सचिव डा. यादवले तालाबन्दी गरी हाजिरी र दर्ता चलानी रजिष्टर लिएर गायब भएको थाहा पायौं । त्यसपछि हामीले मन्त्रीजीसँग कुरा गर्दा बेलुका ६ बजे कुरा गर्ने भन्यो । त्यसपछि सचिव ठाकुरलाई ६ बजे भेटने भनी हार्मी फर्कियौ ।’
आफूहरु कार्यालय पुग्ने लगतै सचिव डा. यादवले फोन गरेर सबैलाई देखाई दिन्छौ भनी धाक धम्की सहित थर्काए । सोही क्रममा मेरो कार्यकक्षमा केही अपरिचित व्यक्ति आई मन्त्रालयको कर्मचारी हुँ भनी तपाईहरु मन्त्रालय जानु भएको थियो सचिव डा. प्रमोद यादव र मन्त्रीजीले बोलाएको छ भनी धाकधम्की सहित जान भने । आफूले उनलाई हामी एक्लै होइन सबै निर्देशक सँगै जान्छु पटक पटक भनेपनि त्यहाँबाट जान मानेनन् ।
उनीहरुले तपाई जानु भएन भने उठाएर लग्छु भन्ने जस्ता धम्की दिन थालेपछि आफूले हल्ला गरी कर्मचारीहरुलाई बोलाए । पछि अस्पतालमा कार्यरत प्रहरी पनि आएपछि मन्त्रालयको आईडीकार्ड हेराउन भनेपछि कहिले कर्मचारी त कहिले नागरिक समाज रहेको भन्न थाल्यो । प्रहरीले तिनीहरुलाई तत्काल पक्राउ गरी जिल्ला पठाएको हो । यो समाचार लेख्दासम्म विवादको टुँगो लागेको थिए । हुनत घटना बारे डा. प्रमोद यादव समेत मुख्यमन्त्री कहाँ आफूले मान्छे पठाएको स्वीकार गरेका छन् । रजिष्टार यादवले भने ‘घटनापछि आफूहरु मुख्यमन्त्री कहाँ जाँदा त्यहाँ सचिव यादवले आफूले मान्छे पठाएको स्वीकार गरे । मान्छे किन पठाएको भनी मुख्यमन्त्रीज्यूले उहाँलाई समेत लगाएको थियो ।’
कानूनी व्यवस्था अनुसार प्रदेशको मन्त्रालयको सचिव संघकै रहनेछ । सोही व्यवस्था अनुसार देशका सातै प्रदेश सरकारका मन्त्रालयहरुमा संघबाटै पठाइएका सचिवहरुले काम गर्दै आएका छन् । सो पद रिक्त भएमा प्रदेश सरकारका मन्त्री तथा मन्त्रिपरिषदको निर्णयबाट निमित सचिव राखेर काम गर्ने तात्कालिन व्यवस्था रहेको छ । तर संघबाट रिक्त पदपूर्ति भएमा निमित स्वतः हटने व्यवस्था छ ।
सचिव यादव संघको व्यवस्था अनुसार १० औं तह र प्रदेशको व्यवस्था अनुसार ११ औं तहका कर्मचारी हुन । सधैं विवादमा रहने डा. यादवलाई कोरोनाकालमा भ्रष्टाचार गरेको भनी आरोप लाग्न थालेपछि स्वास्थ्य आपूर्ति केन्द्रबाट सरुवा गरी प्रादेशिक अस्पताल जनकपुरधाममा पठाइएको थियो । त्यहाँ लापरवाही गरेपछि निर्वतमान मुख्यमन्त्री सरोजकुमार यादवले कारवाही गर्दै हटाएका थिए । तर हटाएको एक साता नबित्दै स्वास्थ्य मन्त्रीले उनलाई गएको वर्ष जेठ २४ गतेका दिन मन्त्रालयको रिक्त रहेको सचिव पदमा नियुक्त गरेका थिए । संघबाट सचिव नपाठएको कारण उनी एक वर्षदेखि निमिति सचिवको रुपमा काम गर्दै आएको थियो ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !