जनकपुरधाम, जेठ ३० गते ।जनता समाजवादी पार्टी (जसपा) नेपालको नयाँ नेतृत्वका लागि हुन गइरहेकाे निर्वाचनमा केन्द्रीय सदस्यका लागि नेपाल उद्याेग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशाेक टेमानीले पनि उम्मेदवारी दिएका छन् ।
तेमानीले जसपा नेपालको अल्पसंख्यक तर्फ केन्द्रिय सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् । मधेस विकासलागि मुखरित रुपमा आवाज उठाउने उद्देश्यले उम्मेदवारी दिएको तेमानीले बताए । तेमानी व्यवसायिक जगतमा सफल नाम हुन् ।
उनले मधेसको आर्थिक समुन्नतिका लागि व्यापार व्यवसायमा लागेर मात्र नभई राजनीतिक रुपमा समेत सबल हुनु पर्ने आवश्यक्तालाई देखेर उम्मेदवारी दिएको स्पष्ट गरे । मधेसका मुद्दाहरु पछिल्लो समय ओझेल पर्दै गईरहेका छन्, उनले भने ‘आर्थिक रुपमा समेत मधेस पछाडी परेको छ, यसका लागि राजनीतिक रुपमा समेत सबल हुनु आवश्यक छ ।’
आफू नेतृत्वमा आए मधेसको अर्थका कुरा, अर्थको इण्डिकेटर, उद्योग, पर्यटन लगायतका विषयमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे । यी विषयहरु राजनीतिक रुपमा सबल भए मात्रै पूरा हुने मेरो ठम्याई रहेको उनको भनाई छ ।
नेतृत्वमा आए मेरो भूमिका पार्टीलाई सुदृढिकरण गर्ने हुन्छ र मधेसको विकास प्रमुख एजेण्डा हुनेछ । मधेसको चौतर्फी विकासका लागि आफू अहोरात्र खट्ने प्रतिवद्धता समेत उनले व्यक्त गरे ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !