Sunday, July 26, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मामा भान्जाबीच व्यवसायिक लेनदेनको लफडा

सम्पति हतियाउन अपराधिक विश्वासघात ठगी गरेको भान्जाको आरोप


मामा भान्जाबीच व्यवसायिक लेनदेनको लफडा

जनकपुरधाम, जेठ २७ गते । धनुषा जिल्ला लक्ष्मिनिया गाउँपालिका वडा नम्बर २ निवासी जानकी देवी यादव र उनका छोरा राजीवकुमार यादवले आफ्नै नातामा पर्ने मामा विश्वनाथ यादव, उनका छोरा अजय यादव र मामा छोराको सालो अभिनन्दन यादवले करोडौको ठगीमा फँसाएको आरोप लगाएका छन् ।

शनिवार एक पत्रकार सम्मेलन गरी राजीवले मामा विश्वनाथमाथि विश्वास गरेर क्रसर उद्योगमा उनलाई व्यापारिक साझेदार बनाए । तर पछि साझेदार विश्वासघात ग¥यो । उनले भने मामा छोरा अजयले आफ्नो सम्पति हतियाउन शेयर नरहने भनी शेयर रकमको चौगूना बराबरको तमसुक आफूसँग अपराधिक विश्वासघात ठगी गरेको हो ।

राजीव र उनका आमा जानकी देवीले जिल्ला प्रहरी कार्यालय धनुषामा अपराधिक विश्वासघात अनुचित लेनदेन तथा ठगी सम्बन्धी जाहेरी समेत दर्ता गराएका छन् । राजीवले भने जिप्रका महोत्तरीले उनलाई छलफलका लागि बोलाउंदा नगई उल्टै अदालतमा आफूविरुद्ध आपसी लेनदेन ठगीको मुद्दा हालेका छन् ।

राजीवका अनुसार उनका मामा विश्वनाथ, उनका छोरा अजय यादव र अजयका सालो अभिनन्दन यादव समेतले गरी तीनवटा मुद्दा उनीविरुद्ध अदालतमा दिएका छन् । विश्वनाथले क्रसर विक्रीको करार परिपालना, अजयले ८० लाख ऋण लिएको र अभिनन्दन यादवले ९६ लाख रुपैया चेक अनादरको मुद्दा जिल्ला अदालत धनुषामा दिएका छन ।

घटना बारे राजीवले भने मामा विश्वनाथको ३२ प्रतिशत शेयर रहने गरी उनीसँग साझेदारीमा बालुवा गिट्टीको जय बाबा ठाकुर वासिँग सेन्टर व्यवसाय संचालन गरेको थियो । पछि मामाले म बस्दिन भनी शेयर फिर्ता गर्न माग गरयो । उनको शेयर बराबरको जम्मा ७२ लाख रुपैयाको मूल्य कायम भयो । पैसा आफूसँग नरहेकाले ब्याज कायम गर्ने गरी ७५ लाखको २० लाख, २५ लाख र ३० लाखको तीन वटा तमसूक चौगूना दरमा ८० लाख, एक करोड र एक करोड बीस लाख बराबरको बनायो ।

त्यसको केही दिनपछि तमसुक फिर्ता गर्ने मौखिक शर्तमा आफूसँग ४९ लाख ५० हजार दर कायम गरी वासिँग सेन्टर विक्रीको ७ दिने करारनामा कागज बनाइयो । पछि न त पैसा दियो न तमसुक नै फिर्ता गरियो । बरु केही दिनपछि उल्टै आफूमाथि विक्री करारनामा र तमसुक मध्येको ८० लाखको मुद्दा मेरो आमा जानकी देवीलाई प्रतिवादी बनाई अदालतमा हाल्यो ।

९६ लाख रुपैया चेक अनादर मुद्दा बारे राजीवले पत्रकार सम्मेलनमा भने ती वासिँग सेन्टरमा आफू कहिलेकाही बस्ने गरेको कारण मामा छाेराकाे तर्फबाट उनकाे सालो अभिनन्दनले नै सबै कारोबार हेर्ने गथ्र्यो । कारोबारका लागि केही ब्लैन्क चेकमा हस्ताक्षर गरेर छोडने गरेका थियौं । त्यही ब्लैंक चेकको फाइदा उठाई ९६ लाख रुपैया रकम भरी बैंकमा पेश गरेर बाउन्स चेक भएको भनी चेक अनादरको मुद्दा हालेको हो । आफ्ना सम्पति हतियाउन मामा विश्वनाथ, मामा छोरा अजयले रणनीति तहत व्यवसायिक साझेदार बनेर आफूलाई फँसाउन खाजेको राजीवको आरोप छ ।

यता राजीवको आरोप बारे अजय यादवले आफूमाथि लगाइएको आरोप सरासर झुठो रहेको दाबी गरेका छन् । उनले थप्दै भने ऋण लिएको ५/६ वर्ष भयो । विवाद भएको २ वर्ष जति भएको हो । यति दिनसम्म कहाँ थियो, अदालतमा मुद्दा चलिरहेको क्रममा अहिले भन्छन विश्वासघात गरेर फँसाउन खोजेको हो । यो झुठो कुरा हो । लिएको ऋण फिर्ता गर्नुपर्छ ।उनले भने क्रसर उद्योग किन्न आफूसँग राजीवले ८० लाख रुपैया ऋण लिएको थियो । जसको हामीले तमसुक बनाएका छौं । रकम फिर्ता गर्न नमानेपछि आफूले बाध्य भई अदालतमा मुद्दा हालेको हो ।

जहाँसम्म मेरो सालो अभिनन्दन यादवले ९६ लाख रुपैयाको चेक अनादर मुद्दा कुरा यस सम्बन्धमा आफूले बुझेसम्म उनीसँग पनि पटक पटक गरी राजीवले ९६ लाख रुपैया ऋण लिएको हो । सो चुक्ता गर्न दिएको चेक बाउन्स भएपछि चेक अनादरको मुद्दा दायर गरिएको हो । के कति कारणले त्यति रकम ऋण दिएको बारे आफूलाई त्यो कुरा थाहा नभएको उनले बताए ।

वासिँग सेन्टर (क्रसर) विक्री करारनामा मुद्दा बारे उनले भने पैसा चुक्ता गर्न नसकेपछि राजीवले राजीखुशी तोकिएको रकम लिई विक्री गरेको र ७ दिन भित्र नामसारी गर्ने शर्तमा विक्री करारनामा समेत बनाएको हो । वासिँग सेन्टर नामसारी गर्न पटक पटक आग्रह गर्दा नमानेपछि बुवा (विश्वनाथ) ले मुद्दा दिएको हो । अजयले थप्दै भने गाउँमा पटक पटक पंचायत हुँदा रकम फिर्ता गर्ने स्वीकार गर्दै आएको र पछि रकम नदिने भनी अटेर गर्दै आएको छ ।

तीन/तीन वटा तमसुक बनाइएको सोधिएको प्रश्नमा अजयले आफूसँग ८० लाख ऋण लिएको तमसुक बनाएका हौं । अरु को को सँग ऋण लिएर तमसुक बनाएको हो बारे आफूलाई थाहा छैन । यो परिवारिक मामिला भएको कारण भन्न सक्दिैन । राजीवका अनुसार ८० लाख बाहेक एक करोडको तमसुक अजयका श्रीमति अम्बिका यादवको नाममा र एक करोड २० लाखको चेक अजयको आमा साहु भनी तमसुक बनाइको राजीवकाे भनाई छ ।

यी बाहेक अजय यादवले ५/५ लाख रुपैया ऋणको थप दुईवटा मुद्दा चेक बाउन्स भएको भनी बैंकिङ्ग कसूर र ठगीको दुई वटा मुद्दा जिल्ला अदालतमा दायर गरेका हुन । जसको चर्चा न त अजयले गरेका छन न राजीवले नै पत्रकार सम्मेलनमा गरेका छन् । वासिङ्ग सेन्टर संचालनका लागि र अजयको दाजु संजय यादवसँग संयुक्त कारोबार गरेका लालीगुराँस इग्ँिलस बोर्डिँग स्कूल संचालनका लागि गरी ५/५ लाख रुपैया ऋण लिएको र पछि फिर्ता नगरेको भनी अजयले राजीव विरुद्ध मुद्दा दिएका हुन ।

यी मध्ये वासिङ्ग सेन्टर संचालनका लागि ५ लाख रुपैया साप्टी लिएको मुद्दामा गएको वर्ष पुस ४ गतेका दिन जिल्ला अदालतले दोषी ठहर गर्दै एक लाख जमानी वा बैंक ग्यारेन्टी लिई तारेखमा रिहा गर्न न्यायधिश रोमाकान्त ज्ञवालीको एकल इजलासबाट आदेश समेत भइसकेको छ । लाली गुराँस स्कूलको मुद्दामा सरकारी वकिल कार्यालयमा बकपत्र समेत भइसकेको छ । जसमा राजीवले पटक पटक गरी १३ लाख ३० हजार रुपैया साप्टी लिएको र सो वापत ५ लाख रुपैया बराबरको चेक काटेर दिएको र सो रकम खातामा मौज्दात नरहेको भनी स्वीकार गरी कानून बमोजिम सजाय भोग्न तयार रहेको भन्ने बयान समेत दिएका छन् ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

सुधिरचन्द्र आचार्य

सुधिरचन्द्र आचार्य

Related Posts

जनकपुरका पोखरी अतिक्रमणमुक्त अभियान स्थगित
Blast News

जनकपुरका पोखरी अतिक्रमणमुक्त अभियान स्थगित

२०८१ असार ११, मंगलवार २१:४१
दिनदहाडै खुकुरी प्रहार गरी महिलाको हत्या
Blast News

दिनदहाडै खुकुरी प्रहार गरी महिलाको हत्या

२०८१ असार ११, मंगलवार २१:४१
दुई भारतीय नागरिक खैरो हेरोइनसहित पक्राउ
Blast News

दुई भारतीय नागरिक खैरो हेरोइनसहित पक्राउ

२०८१ असार ११, मंगलवार २१:४१
५ लाख घुससहित कर अधिकृत पाल पक्राउ
Blast News

५ लाख घुससहित कर अधिकृत पाल पक्राउ

२०८१ असार ११, मंगलवार २१:४१
पूर्व अर्थमन्त्री साहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
Blast News

पूर्व अर्थमन्त्री साहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

२०८१ असार ११, मंगलवार २१:४१
धनुषामा अपराध र दुर्घटना बढ्दो: एक महिनामै १०९ मुद्दा
Blast News

४४ फरार प्रतिवादी पक्राउ

२०८१ असार ११, मंगलवार २१:४१

ताजा खबर

जनकपुरका पोखरी अतिक्रमणमुक्त अभियान स्थगित

जनकपुरका पोखरी अतिक्रमणमुक्त अभियान स्थगित

दिनदहाडै खुकुरी प्रहार गरी महिलाको हत्या

दिनदहाडै खुकुरी प्रहार गरी महिलाको हत्या

दुई भारतीय नागरिक खैरो हेरोइनसहित पक्राउ

दुई भारतीय नागरिक खैरो हेरोइनसहित पक्राउ

५ लाख घुससहित कर अधिकृत पाल पक्राउ

५ लाख घुससहित कर अधिकृत पाल पक्राउ

पूर्व अर्थमन्त्री साहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

पूर्व अर्थमन्त्री साहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

धनुषामा अपराध र दुर्घटना बढ्दो: एक महिनामै १०९ मुद्दा

४४ फरार प्रतिवादी पक्राउ

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव