जनकपुरधाम, जेठ २७ गते । धनुषा जिल्ला लक्ष्मिनिया गाउँपालिका वडा नम्बर २ निवासी जानकी देवी यादव र उनका छोरा राजीवकुमार यादवले आफ्नै नातामा पर्ने मामा विश्वनाथ यादव, उनका छोरा अजय यादव र मामा छोराको सालो अभिनन्दन यादवले करोडौको ठगीमा फँसाएको आरोप लगाएका छन् ।
शनिवार एक पत्रकार सम्मेलन गरी राजीवले मामा विश्वनाथमाथि विश्वास गरेर क्रसर उद्योगमा उनलाई व्यापारिक साझेदार बनाए । तर पछि साझेदार विश्वासघात ग¥यो । उनले भने मामा छोरा अजयले आफ्नो सम्पति हतियाउन शेयर नरहने भनी शेयर रकमको चौगूना बराबरको तमसुक आफूसँग अपराधिक विश्वासघात ठगी गरेको हो ।
राजीव र उनका आमा जानकी देवीले जिल्ला प्रहरी कार्यालय धनुषामा अपराधिक विश्वासघात अनुचित लेनदेन तथा ठगी सम्बन्धी जाहेरी समेत दर्ता गराएका छन् । राजीवले भने जिप्रका महोत्तरीले उनलाई छलफलका लागि बोलाउंदा नगई उल्टै अदालतमा आफूविरुद्ध आपसी लेनदेन ठगीको मुद्दा हालेका छन् ।

राजीवका अनुसार उनका मामा विश्वनाथ, उनका छोरा अजय यादव र अजयका सालो अभिनन्दन यादव समेतले गरी तीनवटा मुद्दा उनीविरुद्ध अदालतमा दिएका छन् । विश्वनाथले क्रसर विक्रीको करार परिपालना, अजयले ८० लाख ऋण लिएको र अभिनन्दन यादवले ९६ लाख रुपैया चेक अनादरको मुद्दा जिल्ला अदालत धनुषामा दिएका छन ।
घटना बारे राजीवले भने मामा विश्वनाथको ३२ प्रतिशत शेयर रहने गरी उनीसँग साझेदारीमा बालुवा गिट्टीको जय बाबा ठाकुर वासिँग सेन्टर व्यवसाय संचालन गरेको थियो । पछि मामाले म बस्दिन भनी शेयर फिर्ता गर्न माग गरयो । उनको शेयर बराबरको जम्मा ७२ लाख रुपैयाको मूल्य कायम भयो । पैसा आफूसँग नरहेकाले ब्याज कायम गर्ने गरी ७५ लाखको २० लाख, २५ लाख र ३० लाखको तीन वटा तमसूक चौगूना दरमा ८० लाख, एक करोड र एक करोड बीस लाख बराबरको बनायो ।
त्यसको केही दिनपछि तमसुक फिर्ता गर्ने मौखिक शर्तमा आफूसँग ४९ लाख ५० हजार दर कायम गरी वासिँग सेन्टर विक्रीको ७ दिने करारनामा कागज बनाइयो । पछि न त पैसा दियो न तमसुक नै फिर्ता गरियो । बरु केही दिनपछि उल्टै आफूमाथि विक्री करारनामा र तमसुक मध्येको ८० लाखको मुद्दा मेरो आमा जानकी देवीलाई प्रतिवादी बनाई अदालतमा हाल्यो ।
९६ लाख रुपैया चेक अनादर मुद्दा बारे राजीवले पत्रकार सम्मेलनमा भने ती वासिँग सेन्टरमा आफू कहिलेकाही बस्ने गरेको कारण मामा छाेराकाे तर्फबाट उनकाे सालो अभिनन्दनले नै सबै कारोबार हेर्ने गथ्र्यो । कारोबारका लागि केही ब्लैन्क चेकमा हस्ताक्षर गरेर छोडने गरेका थियौं । त्यही ब्लैंक चेकको फाइदा उठाई ९६ लाख रुपैया रकम भरी बैंकमा पेश गरेर बाउन्स चेक भएको भनी चेक अनादरको मुद्दा हालेको हो । आफ्ना सम्पति हतियाउन मामा विश्वनाथ, मामा छोरा अजयले रणनीति तहत व्यवसायिक साझेदार बनेर आफूलाई फँसाउन खाजेको राजीवको आरोप छ ।
यता राजीवको आरोप बारे अजय यादवले आफूमाथि लगाइएको आरोप सरासर झुठो रहेको दाबी गरेका छन् । उनले थप्दै भने ऋण लिएको ५/६ वर्ष भयो । विवाद भएको २ वर्ष जति भएको हो । यति दिनसम्म कहाँ थियो, अदालतमा मुद्दा चलिरहेको क्रममा अहिले भन्छन विश्वासघात गरेर फँसाउन खोजेको हो । यो झुठो कुरा हो । लिएको ऋण फिर्ता गर्नुपर्छ ।उनले भने क्रसर उद्योग किन्न आफूसँग राजीवले ८० लाख रुपैया ऋण लिएको थियो । जसको हामीले तमसुक बनाएका छौं । रकम फिर्ता गर्न नमानेपछि आफूले बाध्य भई अदालतमा मुद्दा हालेको हो ।
जहाँसम्म मेरो सालो अभिनन्दन यादवले ९६ लाख रुपैयाको चेक अनादर मुद्दा कुरा यस सम्बन्धमा आफूले बुझेसम्म उनीसँग पनि पटक पटक गरी राजीवले ९६ लाख रुपैया ऋण लिएको हो । सो चुक्ता गर्न दिएको चेक बाउन्स भएपछि चेक अनादरको मुद्दा दायर गरिएको हो । के कति कारणले त्यति रकम ऋण दिएको बारे आफूलाई त्यो कुरा थाहा नभएको उनले बताए ।
वासिँग सेन्टर (क्रसर) विक्री करारनामा मुद्दा बारे उनले भने पैसा चुक्ता गर्न नसकेपछि राजीवले राजीखुशी तोकिएको रकम लिई विक्री गरेको र ७ दिन भित्र नामसारी गर्ने शर्तमा विक्री करारनामा समेत बनाएको हो । वासिँग सेन्टर नामसारी गर्न पटक पटक आग्रह गर्दा नमानेपछि बुवा (विश्वनाथ) ले मुद्दा दिएको हो । अजयले थप्दै भने गाउँमा पटक पटक पंचायत हुँदा रकम फिर्ता गर्ने स्वीकार गर्दै आएको र पछि रकम नदिने भनी अटेर गर्दै आएको छ ।
तीन/तीन वटा तमसुक बनाइएको सोधिएको प्रश्नमा अजयले आफूसँग ८० लाख ऋण लिएको तमसुक बनाएका हौं । अरु को को सँग ऋण लिएर तमसुक बनाएको हो बारे आफूलाई थाहा छैन । यो परिवारिक मामिला भएको कारण भन्न सक्दिैन । राजीवका अनुसार ८० लाख बाहेक एक करोडको तमसुक अजयका श्रीमति अम्बिका यादवको नाममा र एक करोड २० लाखको चेक अजयको आमा साहु भनी तमसुक बनाइको राजीवकाे भनाई छ ।
यी बाहेक अजय यादवले ५/५ लाख रुपैया ऋणको थप दुईवटा मुद्दा चेक बाउन्स भएको भनी बैंकिङ्ग कसूर र ठगीको दुई वटा मुद्दा जिल्ला अदालतमा दायर गरेका हुन । जसको चर्चा न त अजयले गरेका छन न राजीवले नै पत्रकार सम्मेलनमा गरेका छन् । वासिङ्ग सेन्टर संचालनका लागि र अजयको दाजु संजय यादवसँग संयुक्त कारोबार गरेका लालीगुराँस इग्ँिलस बोर्डिँग स्कूल संचालनका लागि गरी ५/५ लाख रुपैया ऋण लिएको र पछि फिर्ता नगरेको भनी अजयले राजीव विरुद्ध मुद्दा दिएका हुन ।
यी मध्ये वासिङ्ग सेन्टर संचालनका लागि ५ लाख रुपैया साप्टी लिएको मुद्दामा गएको वर्ष पुस ४ गतेका दिन जिल्ला अदालतले दोषी ठहर गर्दै एक लाख जमानी वा बैंक ग्यारेन्टी लिई तारेखमा रिहा गर्न न्यायधिश रोमाकान्त ज्ञवालीको एकल इजलासबाट आदेश समेत भइसकेको छ । लाली गुराँस स्कूलको मुद्दामा सरकारी वकिल कार्यालयमा बकपत्र समेत भइसकेको छ । जसमा राजीवले पटक पटक गरी १३ लाख ३० हजार रुपैया साप्टी लिएको र सो वापत ५ लाख रुपैया बराबरको चेक काटेर दिएको र सो रकम खातामा मौज्दात नरहेको भनी स्वीकार गरी कानून बमोजिम सजाय भोग्न तयार रहेको भन्ने बयान समेत दिएका छन् ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !