Friday, August 14, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

स्थानीय तहमा चाडपर्व खर्चदेखि ल्यापटप र इन्धनसम्ममा अनियमितता


स्थानीय तहमा चाडपर्व खर्चदेखि ल्यापटप र इन्धनसम्ममा अनियमितता

जनकपुरधाम, जेठ १३ गते । आर्थिक वर्ष २०७९/८० मा ७ स्थानीय तहमा अर्बौको अनियमितता पदाधिकारीहरुले गरेको देखिएको छ । कानून विपरित चाडपर्व खर्च भनेर १२ लाख ६६ हजार रुपैयाँ खर्च गरेको पाइएको छ ।

महालेखा परीक्षकको कार्यालयले आइतबार सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा १७ स्थानीय तहले पोसाक सुविधामा ११ लाख ५ हजार र ऐनमा उल्लेख भएभन्दा फरक हुने गरी १९ स्थानीय तहले ३ करोड ४२ लाख २९ हजार रुपैयाँ यातायातमा खर्च गरेको उल्लेख छ ।

यसैगरी ९६ स्थानीय तहले बैठक भत्ता बापत २ करोड ४९ लाख ५८ हजार रुपैयाँ, १२७ स्थानीय तहले भ्रमण तथा अनुगमनमा ५ करोड ९८ लाख रुपैयाँ खर्च गरेका छन् । ११६ स्थानीय तहले इन्धन, मोबाइल, सवारीसाधन, अतिथि सत्कार लगायतमा ६ करोड ३८ लाख ९६ हजार सहित कुल १८ करोड ५३ लाख २६ हजार रुपैयाँ बढी भुक्तानी दिएको प्रतिवेदनमा उल्लेख छ ।

स्वकीय सचिव र सल्लाहकारमा खर्च

स्वकीय सचिव र सल्लाहकार राखी पारिश्रमिक दिने कानुनी व्यवस्था छैन । १७१ स्थानीय तहले स्वकीय सचिव र सल्लाहकार नियुक्त गरी ९ करोड १५ लाख २ हजार रुपैयाँ पारिश्रमिक खर्च गरेका छन् ।
त्यसै गरी कार्यालयबाट भरपाई गरी लिएको जिन्सी तथा नगदी सोही कार्यालयमा फिर्ता गर्नुपर्नेमा १४ स्थानीय तहका प्रमुख सहितका पदाधिकारी, सदस्य र स्थानीय तहमा कार्यरत कर्मचारीले १ करोड १७ लाख ४१ हजारको मोबाइल, ल्यापटप सहितका मालसामान पालिकामा फिर्ता नगरेको प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी २२८ स्थानीय तहले स्पष्ट कानुनी आधार एवं मापदण्ड बेगर आन्तरिक स्रोतको विश्लेषण समेत नगरी कर्मचारी प्रोत्साहन भत्तामा ९५ करोड ८३ लाख ६ हजार रुपैयाँ खर्च गरेका छन् । त्यसैगरी ६२५ स्थानीय तहले प्रतिस्पर्धा नगरी विभिन्न निर्माण कार्य, औषधि खरिद, परामर्श एवं वस्तु तथा सेवा सोझै खरिद गरी ७ अर्ब २२ करोड ५६ लाख ४२ हजार खर्च लेखेको प्रतिवेदनमा उल्लेख छ ।

१९३ स्थानीय तहले सूचना प्रविधि विभागबाट स्वीकृति नलिई १८ करोड ६० लाख ६ हजार रुपैयाँको सफ्टवेयर खरिद तथा जडान गरेकोमा २९ स्थानीय तहले ३ करोड ७३ लाख ५२ हजार रुपैयाँको सफ्टवेयर प्रयोगमा नै नल्याएको प्रतिवेदनमा भनिएको छ ।

सवारी साधन खरिद, इन्धन र मर्मतमा २ अर्ब बढी खर्च

७५ स्थानीय तहले ३ अर्ब ६६ करोड ७१ लाख २० हजारको चारपाङ्ग्रे सवारी साधन र १३० स्थानीय तहले २० करोड ७२ लाख ३८ हजारको दुईपाङ्ग्रे सवारी साधन समेत गरी ३ अर्ब ७८ करोड ४३ लाख ५८ हजारको सवारीसाधन खरिद गरेका छन् ।

२६४ स्थानीय थाले सवारीसाधन मर्मतमा ७३ करोड ६७ लाख ९ हजार खर्च गरेका छन् । त्यसैगरी ३२७ स्थानीय तहले इन्धनमा १ अर्ब ५६ करोड ६९ लाख ८ हजार रुपैयाँ समेत गरी २ अर्ब ३० करोड ३६ लाख १७ हजार रुपैयाँ सवारी साधन खरिद, मर्मत तथा इन्धनमा खर्च गरेका छन् ।

त्यसै गरी ३०२ स्थानीय तहले जटिल प्राविधिक पक्ष समावेश भएका ३ हजार ३१४ निर्माण कार्य उपभोक्ता समिति मार्फत खर्च गरी २ अर्ब ९९ करोड ४८ लाख ४८ हजार रुपैयाँ खर्च गरेका छन् । त्यसैगरी १२९ स्थानीय थाले १ हजार २४५ योजनामा सम्झौता बमोजिम कट्टी गर्नुपर्ने २२ करोड ६८ लाख ७३ हजार उपभोक्ताको अंश कट्टा नगरी भुक्तानी गरेको प्रतिवेदनमा उल्लेख छ ।

२२२ स्थानीय तहले सार्वजनिक निर्माण सम्बन्धी तोकिएको नर्म्सभन्दा बढी लागत अनुमान स्वीकृत गरी २ हजार ४५ योजनाका उपभोक्ता समितिलाई २३ करोड ३८ लाख ४७ हजार रुपैयाँ बढी भुक्तानी दिएका छन् । ३१६ स्थानीय तहले २ हजार १६४ योजनाका उपभोक्ता समितिलाई नाप जाँचलगायतबाट कार्य परिमाण फरक पारी ३४ करोड १९ लाख ४३ हजार बढी भुक्तानी दिएका छन् ।

आर्थिक सहायताको नाममा अनियमितता

त्यसैगरी आर्थिक सहायता, चन्दा, पुरस्कार बापत ५२३ स्थानीय तहले विभिन्न व्यक्ति तथा संस्थालाई १ अर्ब १५ करोड ८८ लाख २४ हजार रुपैयाँ आर्थिक सहायता वितरण गरेका छन् । जस मध्ये २९४ स्थानीय तहले सहायता वितरण सम्बन्धी कार्यविधि समेत तयार नगरी ६३ करोड ४१ लाख ६२ हजार आर्थिक सहायता वितरण गरेका छन् ।

नाफा कमाउने संस्थालाई अनुदान उपलब्ध गराउन नमिल्ने भएपनि १७१ स्थानीय थाले त्यस्ता संस्थालाई २६ करोड १ लाख ३५ हजार अनुदान दिएको प्रतिवेदनमा उल्लेख छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

२०८१ असार ११, मंगलवार २१:२३
अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

२०८१ असार ११, मंगलवार २१:२३
प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण
Blast News

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

२०८१ असार ११, मंगलवार २१:२३
पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह
Blast News

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

२०८१ असार ११, मंगलवार २१:२३
चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन
Blast News

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

२०८१ असार ११, मंगलवार २१:२३
रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति
Blast News

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

२०८१ असार ११, मंगलवार २१:२३

ताजा खबर

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव