जनकपुरधाम, जेठ २ गते । भारतका दुईवटा प्रतिष्ठित विश्वविद्यालयले नेपाली विद्यार्थीहरुलाई ५० प्रतिशत छुट सहितकाे छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ ।
भारतको गुजरात राज्यस्थित बडोदरामा रहेको पारुल विश्वविद्यालय र देहरादुनस्थित डिआइटी विश्वविद्यालयले नयाँ शैक्षिक सत्रदेखि नेपाली विद्यार्थीहरुलाई ५० प्रतिशत छुट सहितकाे छात्रवृति प्रदान गर्ने घोषणा गरेको हो ।
इन्जिनियरिङ्ग, आर्किटेक्चर, डिप्लोमा इन डिजाइन, डिप्लोमा इन होटल म्यानेजमेन्ट, डिप्लोमा इन पारामेडिकल एण्ड होम साइन्स, डिप्लोमा इन हेल्थ असिस्टेन्ट, बिटेक, एमबीबीएस्, बीडीएस्, बीइ, बीएसी, बीबीएलगायत २५० वटा कोर्षमा अध्ययनरत विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति वितरण गर्ने पारूल विश्वविद्यालयका असिस्टेन्ट मैनेजर निरज साहले बताए ।
जनकपुरधामस्थित क्यारियर ड्रिम एजुकेशन कन्सल्टेन्सीले बुधबार आयाेजना गरेकाे पत्रकार सम्मेलनमा छात्रवृति बारे जानकारी दिए ।
क्यारियर ड्रिम एजुकेशन कन्सल्टेन्सीका सञ्चालक राकेश साहले जनकपुरधामबाट प्रत्येक वर्ष करिव १५० जना विद्यार्थीलाई भारतको विभिन्न कलेजहरुमा अध्ययनको लागि पठाउँदै आएको र उनीहरुले पढाईसँगै रोजगारीसमेत पाएको दाबी गरे । हाल पारूल विश्वविद्यालयमा नेपालबाट ३ हजार बढी विद्यार्थी अध्ययनरत रहेकाे जानकारी समेत उनले दिए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !