जनकपुरधाम । प्रत्येक बर्ष जस्तै झै यस वर्ष पनि मइ महिनाको पहिलो मंगलबार विश्व आस्थमा दिवस विश्व भरी मनाइएको छ ।
ग्लोवल इनिसिएटिभ फोर आस्थमा नामक संस्थाले सन १९९८ बाट मइ महिनाको पहिलो मंगलबारको दिन सुरु गरेको विश्व आस्थमा दिवस मंगलबार मनाइएको हो । ग्लोवल इनिसिएटिभ फोर आस्थमा नामक संस्थाले यस वर्ष आस्थमा एजुकेशन एम पावरको उदेश्यका साथ यो दिवस मनाइएको हो ।
विश्व आस्थमा दिवसको अवसरमा संचारकर्मिसंग गरिएको कुराकानीमा प्रादेशिक अस्पताल जनकपुरधाममा कार्यरत डा रामेश्वर महासेठले अस्थमा र दमा रोग संक्रमण बढ्दो क्रममा रहेको बताएका छन् । उनले यस रोगका कारण मुलुकमा पाँचौ स्थानमा मृत्यु दर छ । अहिलेको अभिलेख अनुसार १०।५ प्रतिशत मानिसमा दमा र आस्थमा देखिने गरेको छ ।
यो विभिन्न कारण ले हुने गरेको छ , धुलो,मौसमी परिवर्तन लगायतका कारण ले हुने गरेको उनले बताए । यस रोगका कारण प्रत्येक वर्ष विश्व भर ४ लाख ५० हजार भन्दा बढि व्यक्तीको मृत्यु हुने गरेको छ ।
यस रोगको रोकथामको लागि पहिलो पटक नेपाली औसधी उत्पादक कम्पनी एमडिएच फार्मासिटिकल प्रा्रइभेट लिमिटेडले गुणस्तरीय ड्राइ पाउडर इनहेलर ल्याएकोमा चिकित्सकहरुले खुशी व्यक्त गरेका छन् ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !