सुभाष कर्ण, जनकपुरधाम, वैशाख १४ गते । उपमहानगरपालिकाका मेयर मनोज साह र उपमेयर किशोरी साह सुविधा भोगी रहेको देखिएको छ ।
महालेखा परिक्षक कार्यालयको प्रारम्भिक प्रतिवेदन अनुसार आ.व. ०७९/८० मा पदाधिकारी सेवा सुबिधामा करीब चार कराेड खर्च भएकाे छ । जसमा रु.३ करोड २१ लाख ५३ हजार खर्च गरेको छ । जुन आन्तरिक राजस्वको २५.६२ प्रतिशत रहेको छ । यति मात्र होइन पेट्रोलियम पदार्थको नाममा समेत बढी भुक्तानी लिएको छ ।
घर भाडा वापत उपप्रमुख किशोरी साहले २० हजारको दरले २ लाख ४० हजार रुपैया कानून विपरित बुझेको छ । उपप्रमुख मात्रै होइन प्रमुख प्रशाकीय अधिकृत समेतले घर भाडा वापत सोही बराबरको रकम बुझेको स्थानीय तह सेवा सञ्चालनमा ऐनमा यस्तो व्यवस्था छैन । व्यवस्था नभएपनि पालिकाले आफै कुनै कानून निर्माण नगरी मनपरी रुपमा घरभाडाको नाम रकम बुझ्दै आएका छन् ।
पदाधिकारीको घर भाडा वापत १८ लाख ३० हजार ९१ रुपैया खर्च देखाएको छ । तर त्यसको कुनै सम्झौता र प्रयोजको अर्थ प्रष्ट नपारेका प्रमाण पेश गर्न महालेखाले भनेको छ । श्रोतका अनुसार नगर प्रमुखले आफ्नै घरमा बसस्दै आएपनि त्यसको भाडा उपमहानगरपालिकाबाट बुझिरहेको छ । जसको कुनै कागजात छैन ।
मोबाइलमा मात्रै नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र नगरप्रमुखका स्वकीय सचिवले २ लाख ४९ हजार ५५७ खर्च गरेको छ । नगरप्रमुख मनोज साहले ८४ हजार ७१, उनका स्वकीय सचिव मनोजकुमार महतोले ६१ ह्जार ९४७, उपप्रमुख किशोरी साहले ५९ हजार २९२, प्रमुुख प्रशसकीय अधिकृत सुमन कार्कीले ४१ ह्जार ५९३ रुपैयाको मोबाइल कानून विपरित खरीद गरेको छ । पदाधिकारी वा कर्मचारीले मोबाइल सुविधा लिने भनी कुनै कानून नरहेका र पालिकाले आफै निर्माण नगरेको कारण त्यो कानून विपरित रहेकाले यसमा नियन्त्रण गर्नुपर्ने भनेको छ ।
हाेली खर्च बापत १ लाख ९२ हजार, पाेखरा भ्रमण बापत ९ लाख १० हजार १६६, भ्रमण भता बापत १८ लाख २ हजार १९५ रूपैया बिना कुनै सम्झाैताकाे कानून विपरित मेयर, उपमेयर सहितका जनप्रतिनिधिले रकम बुझेका छन् ।
इन्धन बापत मापदण्ड विपरित ९ लाख ६१ हजार ५९८ बुझेकाे छ । जबकि नियमानुसार ६ लाख ५१ हजार ३ सय मात्र हुनु पर्ने हाे । फरक रकम असुल गर्न महालेखाले भनेकाे छ । यश बाहेक तलब भता समेत बुझेका जसकाे विवरण प्रतिवेदनमा उल्लेख छैन ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !