Monday, July 13, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

वैशाख १६ देखि हातीपाइले रोगविरुद्ध औषधि खुवाउने अभियान

पुर्ण सुरक्षित रहेकाले सबैलाई औषधि खाएर अभियान सफल पार्न अभियान


वैशाख १६ देखि हातीपाइले रोगविरुद्ध औषधि खुवाउने अभियान

जनकपुरधाम, वैशाख १३ गते । धनुषामा यही वैशाख १६ गतेदेखि हात्तिपाइले रोग विरुद्धको आम औषधि सेवन अभियान सुरु हुने भएको छ । जिल्लाका १८ वटै स्थानीय तहहरुमा वैशाख १६ गतेदेखि २९ गतेसम्म १५ दिने हात्तीपाइले विरुद्धको आम औषधी खुवाईने अभियान सुरु हुने भएको हो ।

जिल्लामा ८ लाख ७४ हजार जनालाई हात्तीपाइले औषधी खुवाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय धनुषाका प्रमुख उमेश कुमार यादवले जनाएको छ । मधेश प्रदेशका धनुषासहित सर्लाही, रौतहट र महोत्तरी गरी ४ वटा जिल्लाहरुमा हात्तीपाइले रोगविरुद्धको अभियान संचालन हुने बिहीवार एक पत्रकार सम्मेलन आयोजना गरी उनले जनाए ।

सन् २०२० सम्म हातीपाइले रोग निवारण गर्ने लक्ष्य पुरा हुन नसक्दा अब सन् २०३० सम्म निवारण गर्ने लक्ष्य अनुरुप यसपटक हातीपाइले रोगविरुद्धको औषधि खुवाइउने अभियान थालिएको र यस पटक शतप्रतिशतलाई औषधि खुवाउने लक्ष्य आफूहरुको रहेको स्वास्थ्य कार्यालय धनुषाका शिवजी दासले बताए ।

अभियान जिल्लाको १८ वटै पालिका, प्रत्येक स्वास्थ्य संस्था र विद्यालयसहित घरदैलोमा गई स्वास्थ्यकर्मी तथा महिला स्वयंसेविकाले औषधि खुवाउने उनले बताए । यो पटक ७ सय स्वास्थ्यकर्मी र ९४५ महिला स्वयंसेविका समेतलाई परिचालन गरिने बताउंदै उनले अभियान सफल पार्न सबैलाई औषधी सेवन गरी सहयोग गरिदिन उनले अनुरोध गरे ।

अभियान सफल पार्न पत्रकार सम्मेलनमा सहभागी पत्रकारहरुले औषधि खाँदा मर्ने वा खराबी नगर्नेबाट ढुक्क रहन सन्देश दिन स्वयं औषधि खाएर शुरुवात गरेका थिए । १६ गते प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्रीबाट उद्घाटन गरी अभियानको संचालन गरिने जनाइएको छ । हातीपाइले रोगमा विभिन्न तीन थरिका औषधि खुवाइन्छ । जसमा आइभरमेक्टीन, डाइ इथाइल्कारबामजिन तथा अबेन्डाजोल रहेका छन् ।

दासले औषधि बारे जानकारी दिदै भने खाली पेटमा सेवन गरेमा कसै कसैलाई वाक वाकी लाग्ने, बान्ता हुने, रिगटा लाग्ने हुन सक्छ । खाना खाएर वा नास्ता खाएर औषधीको सेवन गर्दा खासै साइड इफेक्ट हुँदैन । दुई वर्ष नपुगेका बालबालिका, गर्भवती, सात दिन सम्मका सुत्केरी र सिकिस्त बिरामीले औषधी सेवन गर्न नहुने स्वास्थ्य कार्यालयका दासले जानकारी दिए ।

देशभरका ७ जिल्ला मात्रै हातीपाइले रोगमुक्त हुन सकेको छैन । मधेशका प्रदेशका ४ जिल्लासहित झापा, रसुवा र कपिलवस्तुमा हातीपाइले विरुद्धको औषधि खुवाइने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्र मरासिनीले बताए । यसवर्ष उक्त कार्यक्रमका लागि नेपाल सरकारले १२ करोड बजेट विनियोजन गरेकोमध्ये ११ करोड स्थानीय निकायमा निकासा भइसकेको छ ।

हात्तीपाइले रोग कसरी सर्छ ?

हात्तीपाइले रोग सर्ने भनेको लामखुट्टेबाट हो । कसैको शरीरमा हात्तीपाइले रोगका किटाणु छ कि छैन भन्ने थाहा हुँदैन । हात्तीपाइलेका परजीवी भएकाहरुको शरीरमा रगत चुसेको लामखुुट्टेले स्वस्थ मानिसलाई टोक्दा उक्त किटाणु सार्ने सम्भावना बढी हुन्छ । जुकाको कारणले हात्तीपाइले रोग सर्ने हो । तर हात्तीपाइले रोग सार्ने मुख्य माध्यम भनेको लामखुट्टेबाट हो । लामखुट्टेले टोक्दा परजीवी शरीरमा सरेमा कतिपय व्यक्तिलाई लक्षण देखिँदैन ।
शरीरमा हात्तीपाइलेको परजीवी मसिनो जुका प्रवेश ग¥यो भने रगतको माध्यमले लिम्फ नलीमा गएर बस्छ । त्यसपछि त्यो परजिवी वयस्कमा परिणत हुनका लागि १ वर्ष लाग्छ । परजीवी वृद्धि विकास भएपछि बल्ल त्यस रोगको असर देखिन सुरु हुन्छ । लिम्फ नलीमा जति समयसम्ममा परजीवी बस्छ, त्यति नै लिम्फ नली नस्ट हुँदै जान्छ । यसरी परजीवी शरीर प्रवेश गर्दा थाहा नहुन पनि सक्छ ।

हात्तीपाइलेको औषधि लगातार ६ वर्षसम्म अभियानको बेला नछुटाइ खानुपर्छ । यस जुकाको बाँच्ने समय भनेको ६ वर्ष हो । तर, केही व्यक्तिको शरीरमा २० औं वर्षसम्म पनि परजिवी बस्न सक्छ । मुटु मृगौलाको रोगका कारण दुवैतिरका खुट्टा सुन्निने गर्छ भने हात्तीपाइलेको समस्यामा प्रायजसो एउटा खुट्टा मात्रै सुन्निन्छ । बेलैमा उपचार भएन भने पछि गएर खुट्टा मोटो हुने वा हात्तीको पाइला जस्तो हुने, अण्डकोष बढने वा दुवै लक्ष्णसहित घाउखटिराहरु देखापर्ने हुन्छ ।

कस्तो औषधि सेवन गर्ने र यसले के गर्छ ?

हातीपाइले रोगबाट बच्न आइभरमेक्टीन, डाइ इथाइल्कारबामजिन तथा अबेन्डाजोलसहितका प्रकारका औषधि खुवाईन्छ । यी तीन थरिका औषधिहरुको प्रयोगले हातीपाईले रोग लागिसकेकाहरुको प्रभावकारी रुप उपचार हुनुका साथै रोग लाग्नबाट समेत बचाउँछ । तीन प्रकारको औषधिले कामपनि तीन थरिको गर्छ ।

आइभरमेक्टीनले परजीवी घटाउने काम गर्छ, डाइ इथाइल्कारबामजिनबाट व्यवस्क जुका मारिन्छ भने अबेन्डाजोलले जुकाहरुको प्रजनन क्षमता घटाउने काम गर्छ । अध्ययन तथा अनुसन्धानबाट यी तीनै थरिका औषधिहरु पूर्ण रुपमा सुरक्षित छन् र यी औषधि विश्व् स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त हुन् ।

रोग नलागेकाहरुलाई पनि फाइदा गर्छ

पहिलो कुरा त हातीपाइले रोगका लक्षणहरु नदेखिएपनि रोगका परजीविहरु शरीरमा हुनसक्छन् । यदि औषधि सेवन गरेमा ती परजीविहरु मर्छन् र भविष्यमा रोग लाग्ने सम्भावना रहँदैंन । दोस्रो औषधि सेवनका कारण तपाईको शरीरमा भएका हातीपाइलेका परजीविहरु अरु स्वस्थ्य व्यक्तिमा सर्न पाउँदैन । तेस्रो कुरा समुदायमा कोही व्यक्तिमा रोगका परजीविहरु छन् भने र उहाँले औषधि सेवन गरेमा लामखुट्टेले टोकेपनि तपाईंको शरीरमा ती परजीविहरु उहाँबाट सर्न सक्दैनन्।

हातीपाइलेको औषधि कस–कसले सेवन गर्नु नपर्ने ?

आम औषधि सेवन कार्यक्रम सञ्चालन हुने जिल्लाहरुमा बसोबास गर्ने औषधि सेवन गर्न योग्य सबै व्यक्तिले यो औषधि सेवन गर्नुपर्छ ।
हातीपाइले रोगको औषधि कस–कसले सेवन गर्नु हुँदैन ?
–दुई वर्ष उमेर नपुगेका बालबालिकाहरु
–गर्भवती र सात दिन सम्मका सुत्केरी
–छारे रोगको समस्या भएका व्यक्तिहरु
–पहिले आम औषधि सेवन गर्दा गम्भीर समस्या देखिएका व्यक्तिहरु
–सिकिस्त बिरामीहरु
सिकिस्त बिरामीहरु भन्नाले रोगका कारण ओछ्यान परेका बिरामीहरु,अस्पताल भर्ना भएका बिरामीहरु र त्यस्ता बिरामीहरु जो जीवनभर चिकित्सकीय उपचार सहायतामा बसेका हुन्छन् । जस्तै मिर्गाैला रोगको डायलासिसका बिरामीहरु आदि ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाम उपमहानगरमा प्रमुख घिमिरे र यादवकाे बदमासी, सयाै भुक्तानी राेकियाे
Blast News

जनकपुरधाम उपमहानगरमा प्रमुख घिमिरे र यादवकाे बदमासी, सयाै भुक्तानी राेकियाे

२०८१ असार १३, बिहीबार २२:२४
अपाचे आरटीआर १६० ४ भी जनकपुरधाममा लन्च
Blast News

अपाचे आरटीआर १६० ४ भी जनकपुरधाममा लन्च

२०८१ असार १३, बिहीबार २२:२४
कारबाहीको फाइल अलपत्र : मधेश सरकारका मन्त्रीहरूमाथि छानबिन प्रतिवेदन ‘थन्कियो’
Blast News

थन्किएकाे बजेटमाथि छलफल आज : प्रतिपक्ष अडिग, सरकार पक्ष पेलेर जाने तयारीमा

२०८१ असार १३, बिहीबार २२:२४
मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ
Blast News

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

२०८१ असार १३, बिहीबार २२:२४
शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक
Blast News

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

२०८१ असार १३, बिहीबार २२:२४
मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी
Blast News

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

२०८१ असार १३, बिहीबार २२:२४

ताजा खबर

जनकपुरधाम उपमहानगरमा प्रमुख घिमिरे र यादवकाे बदमासी, सयाै भुक्तानी राेकियाे

जनकपुरधाम उपमहानगरमा प्रमुख घिमिरे र यादवकाे बदमासी, सयाै भुक्तानी राेकियाे

अपाचे आरटीआर १६० ४ भी जनकपुरधाममा लन्च

अपाचे आरटीआर १६० ४ भी जनकपुरधाममा लन्च

कारबाहीको फाइल अलपत्र : मधेश सरकारका मन्त्रीहरूमाथि छानबिन प्रतिवेदन ‘थन्कियो’

थन्किएकाे बजेटमाथि छलफल आज : प्रतिपक्ष अडिग, सरकार पक्ष पेलेर जाने तयारीमा

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव