Wednesday, July 16, 2025
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

छापामार शैलीमा मुख्यमन्त्री यादवलाई दिलाइयाे विश्वासको मत

संसदीय मर्यादा विपरित अराजनितिक तरिकाले सभामुखले सदन चलाउनु गलत नजिर


छापामार शैलीमा मुख्यमन्त्री यादवलाई दिलाइयाे विश्वासको मत

जनकपुरधाम, वैशाख ४ गते । नेपालकै संसदीय इतिहासमा सभामुखले छापामार शैलीमा विश्वासकाे मत दिलाउने अराजनितिक गतिविधिकाे अभ्यास मधेश प्रदेशबाट थालनी भएकाे ।

संसद अवरूद्ध गर्न खाेज्ने एक दललाई मर्यादापालक लगाएर बाहिर निकालि अर्काे प्रतिपक्षी दलले सदन बहिष्कार गरेकाे अवस्थामा सदन प्रतिपक्षीविहिन भएकाे अवस्थामा छापामारशैलीमा मधेशका मुख्यमन्त्रीलाई विश्वासकाे मत सभामुखले दिन लगाएकाे नेपालकै संसदीय इतिहासमा याे पहिलाे घटना हाे ।

आफ्ना माग राख्दै संसद अवरूद्ध गर्न खाेजेका जनमत पार्टीलाई सामान्ती शैलीमा मर्यादापालक लगाएर बाहिर निकाली अर्का प्रतिपक्षी दलहरू काग्रेस र लाेसपाले सदन बहिष्कार गरेकाे अवस्था प्रतिपक्षीविहिन सभाबाट अराजनितीक तरिकाले मंगलवार मुख्यमन्त्री सरोजकुमार यादवलाई सभामुख रामचन्द्र मण्डलले विश्वासको मत दिलाएको हो ।

बहुमतकाे दम्भमा प्रतिपक्षी दललाई सदन बाहिर गराएर विश्वासकाे मत दिलाउनु मधेश प्रदेश सभाको यो घटनाले संसदीय अभ्यासको गलत नजिर बस्ने संसदीय मामिला जानकारहरुको टिप्पणी छ । संसदीय मामिलाका जानकार एवं संघीय संसद सचिवालयका पूर्व सचिव मुकुन्द शर्माले सदन प्रतिपक्षीविहिन रहेको अवस्थामा बलमिच्याई गरी विश्वासको मत दिलाउनु भनेको अराजनीतिक र अलोकतान्त्रिक गतिविधि हो । यसले भोलीको दिनमा संसदीय अभ्यासको गलत नजीर बस्नेछ ।

उनले भने कुनै सांसदले अराजनितिक वा उच्छश्रृंखल गतिविधि गरेमा त्सलाई निलम्बन गर्न सक्ने वा बाध्यकारी अवस्था केही क्षणकाे लागि बाहिर निकाल्न सकिन्छ । तर विशेष प्रतिपक्षी दललाई सदन बाहिर निकालेर सदन संचालन गर्नु भनेकाे अराजनितिक गतिविधि र संसदीय अभ्यासकाे गलत नजिर हाे ।

यस्तै संसदीय मामिलाका जानकार पत्रकार लीलाराज खनालले सदन भित्र अराजक गतिविधि गरेमा कुनै सांसद विशेषलाई नभई प्रतिपक्षी दल रहेको हैसियतमा मर्यादापालक लगाई बाहिर निकाल्न लगाउनु र अर्को दलले बहिष्कार गरेको खण्डमा प्रतिपक्षीविहिन अवस्थामा विश्वासको मत दिलाउनु वा कानून पास गराउनु भनेको संसदीय मर्यादा विपरित अराजनीतिक गतिविधि रहेको बताए ।

उनले भने आज सत्ता पक्षसँग बहुमत र उनको सभामुख रहेको अवस्थामा प्रतिपक्षी दललाई बाहिर निकालेर विश्वासको मत दिलाएको छ । भोलीको दिन अन्य दलले पनि यही प्रक्रियालाई दोहरयाए भने संसदीय अभ्यासको इतिहासमा गलत नजिर बस्दै जानेछ । उनले थप्दै भने प्रतिपक्षी दल भनेकाे सदनकाे गहना हाे, याे महत्वपुर्ण अंग मानिएकाे । प्रतिपक्षी बिनाकाे सदन अधुराे हुन्छ ।

उनले थप्दै भने कुर्सी ताेडफाेड र सदन अवरूद्ध गर्नु याे पहिलाे घटना हाेइन । संसदमा सांसद नांगाे हुनेसम्मका घटना भएका छन । तर कुनै घटनामा सांसद वा दललाई सदन बाहिर निकालिएन ।

जनमत, कांग्रेस र लाेसपाले सदन चल्न नदिएपछि दाेश्राे पटक सदन सुचारू भए लगतै जनमतलाई रणनिती तहत सदन बाहिर निकालेर कांग्रेस र लाेसपा समेतलाई वेवास्ता गर्दै तानाशाही गर्न खाेज्दा उनीहरू सदन बहिषणकार गरे लगतै छापामार शैलीमा मुख्यमन्त्री सराेकुमार यादवले चाैथाे पटक विश्वासको मत दिलाए ।
दुई/दुई पटक स्थगन पश्चात बसेको प्रदेशसभा बैठकमा कांग्रेस, जनमत र लोसपाले बैठक बहिष्कार गरेपछि ६१ प्रदेशसभा सदस्यहरु उपस्थित थिए । उपस्थित ६१ प्रदेशसभा सदस्यहरुले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिएपछि उनले सदनमा प्रस्तुत गरेको विश्वासको मत सम्बन्धि प्रस्ताव बहुमतले पारित भएको छ ।

१ सय ७ प्रदेशसभा सदस्य रहेको मधेश प्रदेशसभामा मुख्यमन्त्री यादवलाई विश्वासको मतका ५४ प्रदेशसभा सदस्यहरुको मत आवश्यक थियो । सत्ता गठबन्धनमा रहेका दलहरु जसपा, नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एस, नागरिक उन्मुक्ति र संघय समाजवादी पार्टीका प्रदेशसभा सदस्यहरु मुख्यमन्त्री यादवलाई मत दिए ।

प्रदेशसभामा एमालेका सभामुख बाहेक २४, जसपाका १९, माओवादीका ९ र नेकपा एसका ७ प्रदेशसभा सदस्यहरु रहेका छन् । त्यस्तै राप्रपा, नागरिक उन्मुक्ति र संघीय समाजवादीका १/१ प्रदेशसभा सदस्य छन् । त्यस्तै कांग्रेसका २२, जनमतका १३ र लोसपाका ९ सांसद छन् । यो ३ दलले भने बैठक बहिष्कार गरेका थिए ।

कुर्सी हानाहान र तोडफोड

मधेस प्रदेशसभामा प्रदेशसभा सदस्यहरुले कुर्सी हानाहान सहित माइक र कुर्सी तोडफोड गरेका छन् ।
मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिनका लागि बसेको प्रदेशसभा बैठकमा जनमत पार्टीका प्रदेशसभा सदस्यहरुले विरोध गरिरहँदा सभामुख रामचन्द्र मण्डलले सभा सञ्चालन गर्न खोजेपछि प्रदेशसभा सदस्यहरु तेडफोडमा उतरिएका थिए । त्यस लगत्तै जनमतका प्रदेशसभा सदस्यहरुलाइ सदन बाहिर निकाल्न सभामुख मण्डलले आदेश दिएका थिए ।

सभामुखकाे तानाशाह शैली

प्रतिपक्षी दलमाथि तानाशाही प्रवृति सभामुख मण्डलले देखाउन खाेज्दा कांग्रेस र लाेसपाले सदन बहिष्कार गर्दै सभा बाहिर निस्केका थिए । सतारूढ दलले बहुमतकाे दम्भमा सदन सुचारूदेखि नै प्रतिकार गर्ने मनसायमा थिए ।
सतारूढ दलकाे मनसाय बुझेपछि सभामुखले सदन अवधिभरि प्रतिपक्षिमाथि तानाशाही व्यवहार गरेका थिए । तपाईं बस्नुस तपाईं बस्नुस उहांलाई बाहिर निकाल्नुस जस्ता दम्भीय शैलीका अक्रामक शब्दहरू समेत प्रयाेग गरेका थिए ।
त्यसपछि नेपाली कांग्रेस र लाेसपाका प्रदेशसभा सदस्यहरु समेत बैठक बहिष्कार गरेर प्रदेशसभा बैठकबाट बाहिरिएका थिए ।
सभामुख मण्डलले प्रदेशसभामा रहेको सीसीटिभी, टेबल, माइक, कुर्सी तोडफोडबाट ४ लाख बराबरको क्षति भएको भन्दै जनमतका प्रदेश सांसदहरुबाट असुल उपर गर्न निर्देशन दिएका छन् ।
राजविराजमा पूर्व मन्त्री महेश यादवमाथि भएको हमलाको संसदीय छानबिन समिति घोषणा र मुख्यमन्त्रीको राजीनामा माग्दै जमनत पार्टीका सांसदहरूले प्रदेशसभाभित्रै प्रदर्शन गरेका थिए । तर सदन अवरोध गरेको बेला मुख्यमन्त्री यादवले जबरजस्ती प्रस्ताव पेश गर्न लाग्दा विवाद भएको थियो । त्यसपछि प्रतिपक्षी तीनवटै दलले बैठक बहिस्कार गरेका थिए । यसै विषयलाई लिएर प्रदेशसभामा हानाहान पनि भएको थियो । सांसदहरुले टेबल र कुर्सीसमेत तोडफोड गर्न थालेपछि मुख्यमन्त्री यादव प्रस्ताव पेश गर्नबाट ब्याक भए । तोडफोडका क्रममा नेपाली कांग्रेसका सांसद तथा पूर्वस्वास्थ्यमन्त्री वीरेन्द्रकुमार सिंहको औंला काटिएको बताइएको छ । एक सांसदले भने, ‘वीरेन्द्रजीको एउटा औंलामा चोट लागेको छ ।’

एमालेसँग चर्काचर्की

मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको मधेश प्रदेशसभाको बैठक जनमत पार्टीले अवरुद्ध गर्न खोज्दा सत्तारुढ दल एमालेले डिफेन्स गर्दा चर्काचर्की भएको छ ।

जनमत प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक चन्दन सिंहले सप्तरीको राजविराजमा ८ माघमा मधेश कृषि विश्वविद्यालयको भवन शिलान्यासका क्रममा भएको घटनाको छानबिन समिति गठन गर्न माग गर्दा डिफेन्स गर्दै एमाले उपनेता दिपेन्द्र ठाकुरले व्यक्तिगत मुद्दालाई लिएर संसद अवरुद्ध गर्न पाइदैन भनेपछि चर्काचर्की भएको थियो ।

पटक पटक वेवास्ता गरेकाले सहमति अनुसार छानविन समित गठन र मुख्यमन्त्रीले जवाफ नदिए सदन चल्न दिन्नौ’ सिंहले यति भनेसंगै जनमतका सबै सांसद उठ्न लाग्दा नेकपा एमाले संसदीय दलका उपनेता दीपेन्द्र ठाकुर उठेर जनमतका नेतामाथि भएको उक्त आक्रमण व्यक्तिगत घटना भएको र सदन अवरुद्ध गर्न नमिल्ने भन्दै प्रतिवाद गरे ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

खानेपानी र सुख्खा क्षेत्र विपद राहत कार्यमा जुट्न सबै निकायलाई आह्वान
Blast News

खानेपानी र सुख्खा क्षेत्र विपद राहत कार्यमा जुट्न सबै निकायलाई आह्वान

२०८१ असार १३, बिहीबार २२:५५
मधेश सरकारको बजेट सर्वसहमतिले पारित
Blast News

मधेश सरकारको बजेट सर्वसहमतिले पारित

२०८१ असार १३, बिहीबार २२:५५
आ.व. ०८२/८३ का लागि जनकपुरधामको बजेट ३ अर्बबढी
Blast News

आ.व. ०८२/८३ का लागि जनकपुरधामको बजेट ३ अर्बबढी

२०८१ असार १३, बिहीबार २२:५५
कुर्था वाटिका चाैक-तपनपुर सडक खण्डकाे निर्माण शुरू
Blast News

कुर्था वाटिका चाैक-तपनपुर सडक खण्डकाे निर्माण शुरू

२०८१ असार १३, बिहीबार २२:५५
एमाले नेता महासेठको ईंटाभट्टाबाट १३ लाख बढीको अवैध काजु बरामद
Blast News

एमाले नेता महासेठको ईंटाभट्टाबाट १३ लाख बढीको अवैध काजु बरामद

२०८१ असार १३, बिहीबार २२:५५
रास्वपाको ऊर्जा तथा जलस्रोत विभागद्वारा चोभार गल्छीको भविष्यबारे नीतिगत संवाद
Blast News

रास्वपाको ऊर्जा तथा जलस्रोत विभागद्वारा चोभार गल्छीको भविष्यबारे नीतिगत संवाद

२०८१ असार १३, बिहीबार २२:५५

ताजा खबर

खानेपानी र सुख्खा क्षेत्र विपद राहत कार्यमा जुट्न सबै निकायलाई आह्वान

खानेपानी र सुख्खा क्षेत्र विपद राहत कार्यमा जुट्न सबै निकायलाई आह्वान

मधेश सरकारको बजेट सर्वसहमतिले पारित

मधेश सरकारको बजेट सर्वसहमतिले पारित

आ.व. ०८२/८३ का लागि जनकपुरधामको बजेट ३ अर्बबढी

आ.व. ०८२/८३ का लागि जनकपुरधामको बजेट ३ अर्बबढी

कुर्था वाटिका चाैक-तपनपुर सडक खण्डकाे निर्माण शुरू

कुर्था वाटिका चाैक-तपनपुर सडक खण्डकाे निर्माण शुरू

एमाले नेता महासेठको ईंटाभट्टाबाट १३ लाख बढीको अवैध काजु बरामद

एमाले नेता महासेठको ईंटाभट्टाबाट १३ लाख बढीको अवैध काजु बरामद

रास्वपाको ऊर्जा तथा जलस्रोत विभागद्वारा चोभार गल्छीको भविष्यबारे नीतिगत संवाद

रास्वपाको ऊर्जा तथा जलस्रोत विभागद्वारा चोभार गल्छीको भविष्यबारे नीतिगत संवाद

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव