जनकपुरधाम, चैत ३ गते । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले संविधानमा त्रुटि रहेको दोहराएका छन् ।
महोत्तरीको मटिहानीमा शहीद केशव कोइरालाको शालिक अनावरण कार्यक्रममा बोल्दै लोसपा अध्यक्ष ठाकुरले संविधानमै रहेको त्रुटि र अपूर्णताको कारण व्यवस्था परिवर्तन भएपनि देशको राजनीति अस्थिर रहेको भने ।
उनले भने ‘अहिलेको अपूर्ण संविधानकै देन हो, जसले देशमा ६ महिना, एक वर्ष भित्रै सरकार परिवर्तन भई रहेको छ ।’ अगाडी भने ‘त्यसैले हामी शुरु देखि नै संविधान संशोधनका लागि आवाज उठाउँदै आइरहेका थियौँ ।’ तर राज्य अहिले पनि हामीसंग दुश्मन जस्तै व्यवहार गर्ने गरेको दुखेसो व्यक्त गरे ।
‘हामी लोकतन्त्रको लागि संघर्ष गरेका हौँ । तर लोकतन्त्रमा जनतामा अधिकार हुन्छ । सबैभन्दा माथि जनता हुन्छन् । अहिले यस्तो लाग्छ,यो नेपाल लोकतन्त्र त छ, गणतन्त्र पनि छ, तर अहिले पनि यहाँको चालचलन गोरखाली र जहानियाँ सम्राज्यवादको जस्तै छ ।
महोत्तरीको मटिहानी नगरपालिकास्थित एक विद्यालयमा शहीद केशव कोइरालाको शालिक अनावरणका लागि पुगेका राष्ट्रपति रामचन्द्र पौडेल सम्मुख नै लोसपा अध्यक्ष ठाकुरले राज्यको चरित्र अझै गोरखाली सम्राज्यवाद जस्तै रहेको भन्दै गुनासो गरे । ठाकुर संगै सो कार्यक्रममा उपस्थित भएका प्रदेशसभा सदस्यहरुलाई आसन ग्रहण नगराइएपछि आक्रोशित ठाकुरले प्रजातन्त्रमा जनताभन्दा माथी कोही नभएको अवस्थामा समेत यस्तो रबैया गोरखाली राज्यको चरित्र प्रदर्शन गर्नू रहेको भन्दै आक्रोश व्यक्त गरे ।
मधेस आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्याको अभियोगमा जिल्ला अदालतबाट शर्मासहित ७ जनालाई जन्मकैदको फैसला सुनाइएको बारे संघर्षप्रतिको अपमान रहेको र यो मधेशीसँगको विभेद हो उनले ठहर गरे । अध्यक्ष ठाकुरले भने देशमा परिवर्तनका लागि कयौं आन्दोलन भए, त्यसमा कसैमाथि मुद्दा चलाइएन । तर जनताले जनप्रतिनिधि बनाएका सांसदलाई झुठा मुद्दा लगाएर जन्मकैद सुनाइयो । शासक वर्ग त शासक वर्ग सम्मानीय अदालत समेतले विभेद गरयो ।
शर्मालाई इगिंत गर्दै अध्यक्ष ठाकुरले भने उहाँ किन उपस्थित भएन मैले यहाँ मेयरसँग बुझ्दा माथिबाटै आएको आदेश भन्नुभयो । सबैभन्दा माथि त हाम्रैसामु हुनुहुन्छ, उहाँ भन्दा माथि त संविधानमा नेपालमा कोही छैन,’ उनले भने । उनले गोली हानेर जनता मार्ने र शान्ति सुशासन कायम राख्ने भन्नेकुरा गलत रहेको भन्दै कुनैपनि बेला विद्रोह हुनसक्ने चेतावनी पनि दिए ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !