Saturday, May 2, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

गणेशमानका ३६ सुकुम्बासी परिवारका लागि घर निर्माण


गणेशमानका ३६ सुकुम्बासी परिवारका लागि घर निर्माण

जनकपुरधाम, चैत ३ गते । धनुषाका गणेशमान चारनाथ नगरपालिका ७ सन्तनगरमा वर्षौदेखि झुपडी बनाएर अव्यवस्थित बसोबास गर्दै आएका सुकुम्बासीका लागि उपचारित बाँससहितको पक्की घर निर्माण गर्ने कार्य शुरु भएको छ ।

नगरपालिकाको वडा नं. ७ स्थित सन्तनगरमा रहेका सुकुम्बासी र अव्यवस्थित बसोबास भएका परिवारका लागि उपचारित बाँसको घर निर्माणका लागि शनिवार शिलान्यास गरिएको छ । मधेश प्रदेशका सभा सदस्य सञ्जय महतो, नगरपालिकाका मेयर जितनारायण यादव, उपमेयर तुलसाकुमारी पाण्डे र वडाध्यक्ष दिपेन्द्र कार्कीले संयुक्त रुपमा सो घर निर्माणका लागि शिलान्यास गरेका हुन ।

गणेशमान चारनाथ नगरपालिका, ह्याविट्याट फर ह्युमिन्टि इन्टरनेशनल नेपालको सहयोगमा सामुदायिक सुधार केन्द्र धनुषाले सो घर निर्माण लागेका हुन् । घर निर्माण गर्न एक करोड ८४ लाख रुपियाँ खर्च हुने जनाइएको छ । जसमध्ये एक करोड २४ लाख रुपियाँ नगरपालिका र ६० लाख रुपियाँ ह्याविट्याट र सामुदायिक सुधार केन्द्रले खर्च गर्नेछन् ।

वर्षौदेखि सुकुम्बासीभई ऐलानी पर्ती जग्गामा बसोबास गर्दै अव्यवस्थित परिवारका लागि स्थायी र व्यवस्थित बसोबासका लागि नगरपालिकाबाट सन्तनगरमा रहेको ४३ बिघा नदी उकास जग्गामा प्रतिपरिवार १० धुरको दरले निशुल्क रुपमा जग्ग्गा उपलब्ध गराई घर निर्माण गराउन लागेको गणेशमान चारनाथ नगरपालिकाका नगर प्रमुख जितनारायण यादवले बताए ।

उनले घर मात्रै होइन शौचालय, खानेपानी, बिजुली बत्तिसहितको व्यवस्थित निर्माण गरी एकीकृत नमूना बस्ती बनाउन लागिएको बताउँदै नागरिकको सुरक्षित आवासका लागि नगरपालिकाले यो योजना अघि बढाएको जानकारी दिए । घर पाउने परिवारलाई जग्गाको लालपूर्जा समेत बनाई दिने मेयर यादवले बताए ।

सामुदायिक सुधार केन्द्र धनुषाका अध्यक्ष सञ्जयकुमार साहले अव्यवस्थित बसोबासीका लागि जग्गासहितको सुरक्षित आवास निर्माण गर्न लागिएको बताए । एउटा घर निर्माणमा पाँच लाख रुपियाँभन्दा बढी खर्च लाग्ने बताउंदै उनले प्रत्येक परिवारका लागि दुई वटा कोठा, भान्छा र शौचालय निर्माण गरिने जानकरी दिए । जस्ताको छाना, बाँसको टाटीमा दुवैपट्टिबाट तारजाली राखेर प्लाष्टर सहितको घर निर्माण गरिनेछ ।

अध्यक्ष साहले घर निर्माणपछि सुकुम्बासी परिवारको आयस्तरमा वृद्धि ल्याउन, बालबालिकाको शिक्षा, शिशु तथा वृद्धवृद्धाको स्याहार गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिने बताउंदै त्यसका लागि विभिन्न सङ्घसंस्थासँग सम्झौतासमेत भइसकेको जानकारी दिए ।

वर्षौदेखि ऐलानी जग्गामा झुपडी बनाएर सन्तनगर अव्यवस्थित बसोबासे गर्दै आएका दुसाद, मण्डल, यादव र थारु जतिका ३६ घरधुरी घर निर्माण हुन लागेको हो । आफूहरु जग्गाको स्वामित्वसहित बसोबासका निम्ति बांससहितको पक्की घर बन्ने भएपछि निकै खुसी देखिएका छन् ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने
Blast News

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

२०८० चैत्र ३, शनिबार २१:५५
गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप
Blast News

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

२०८० चैत्र ३, शनिबार २१:५५
जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट
Blast News

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

२०८० चैत्र ३, शनिबार २१:५५
मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड
Blast News

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

२०८० चैत्र ३, शनिबार २१:५५
मधेशकाे सुरक्षा व्यवस्थामा उच्च सतर्कता
Blast News

बिचाैलियाकाे नाममा लेखापढी व्यवसायीलाई धरपकड, ४२ जना पक्राउ

२०८० चैत्र ३, शनिबार २१:५५
मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग
Blast News

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

२०८० चैत्र ३, शनिबार २१:५५

ताजा खबर

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

मधेशकाे सुरक्षा व्यवस्थामा उच्च सतर्कता

बिचाैलियाकाे नाममा लेखापढी व्यवसायीलाई धरपकड, ४२ जना पक्राउ

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव