जनकपुरधाम, फागुन ९ गते । एसईई परिक्षाको पुर्व तयारी स्वरूप जनकपुरधामस्थित न्यू भीजन रेजिडेन्सल सेकेन्ड्री स्कुलले प्रत्येक वर्ष झै यश वर्षपनि एक महिने क्लोज कैम्प कक्षा संचालन गरेकाे छ ।
आफ्नो विद्यालयबाट एसईई परिक्षामा सहभागी हुने विद्यार्थीहरुलाई लक्षित गरेर एक महिने क्लोज कैम्प कक्षा संचालनमा ल्याएको जानकारी विद्यालयका प्रिन्सिपल विश्वलाल सिंहले जानकारी दिए ।
एक महिने क्लोज कैम्पमा हरेक विषयको तयारी गराईनुका साथै टेस्ट परिक्षा समेत लिइने उनले बताए । प्रत्येक विषयमा प्राइटिक्ल बाहेक ७५ मार्ककाे विषयगतमा १५ मार्क गरि एक रिभाइज र त्यसकाे अघिल्लाे ४० मिनेटकाे परीक्षा लिइ साेही रिजल्ट प्रकाशन गरि गल्तीविरूद्ध सल्लाह दिइनेछ । २१ दिनपछि प्रत्येक विषयकाे ३ घण्टे परीक्षा लिने गरि ७ दिन थप तयारी गरिनेछ । कैम्प बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म संचालन हुनेछ भने सहभागीहरू खाना खाजाकाे व्यवस्था स्कुलबाटै गराइनेछ ।
क्लोज कैम्प कक्षामा सहभागी हुने विद्यार्थीहरुलाई स्त्यनारायण आलोकले एसईई परिक्षामा सहभागी हुने विद्यार्थीहरुलाई कतै पनि विचलित नभई लक्ष्यमा केन्द्रित हुन आग्रह गरे । पूर्ण तयारीका साथ एसईई परिक्षामा समेत आत्मविश्वास डगमगिन नदिन उनले विद्यार्थीहरुलाई आग्रह गरे ।
नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष राजेशकुमार कर्णले नेपालका विद्यार्थीहरुलाई उपयुक्त हुने किसिमको पाठ्यक्रम निर्माणका लागि आवाज उठाउनु पर्नेमा जोड दिए । यद्यपि आफ्नो मर्यादाको पालन गर्दै लक्ष्य भेदनका लागि तयार रह्न विद्यार्थीहरुलाई आग्रह गरे ।
नेल्टाका उपाध्यक्ष हेमा कर्णले परिक्षालाई केन्द्रित गरेर विद्यार्थीहरुले गर्ने तयारी कक्षाको विषयमा केही बदलावको आवश्यक्ता रहेको बताए । उनले क्लोज कैम्पको अवधारणा उत्तम अवधारणा रहेपनि केही परिमार्जनको आवश्यक्ता रहेको बताइन् ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !