जनकपुरधाम, फागुन ६ गते । सुडी समाज महासंघ नेपालको ५१ सदस्यीय केन्द्रिय परिषद् समिति गठन गरिएको छ ।
महासंघको प्रथम महाधिवेशनबाट नयाँ कार्यसमिति चयनका लागि आइतवार परमेश्वर महासेठको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रिय परिषद् समिति सर्वसम्मतिले गठन गरिएको निर्वाचन अधिकृत परमेश्वर साहले जनाएको छ ।
महासेठको अध्यक्षतामा ५ उपाध्यक्ष ,१महासचिव ,७ प्रदेश सचिव ,१ कोषाध्यक्ष ७ प्रदेश कोषाध्यक्ष र ३४ जना सदस्य गरि जम्मा ५१ सदस्यीय केन्द्रीय परिषद सर्व सहमति बाट चयन गरिएको हो । सो परिषदबाटै सदस्यबाट १५ सदस्यीय नयाँ कार्यसमितिका लागि पदाधिकारीहरु सर्वसम्मतिबाट चयन गरिने बुझिएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !