जनकपुरधाम, फागुन ६ गते । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले तेश्रो पटक विश्वासको मत लिएका छन् । तेश्रो पार्टी भएरपनि गठबन्धनको दयाकृपामा मुख्यमन्त्री बनेका यादव एक वर्षमै तीन÷तीन पटकसम्म विश्वासको मत लिंदा पनि उनको अहंकार गएको छैन ।
आइतवार तेस्रो पटकका लागि विश्वासको मतदानका लागि दलहरुसँग प्रस्ताव प्रस्तुत गर्दा मत माग्नुको सट्टा गठबन्धन दलको धौंस देखाए । उनले भने ‘लोकतान्त्रिक शासन व्यवस्था विश्वासको मत लिनुपर्ने कुनै नौलो विषय होइन र अहिलेको अवस्थामा मैले विश्वासको मत नलिएपनि हुन्थ्यो, किनकी सरकार समर्थन गर्ने दलहरुको बहुमत मसँग छदैंछ । यद्यपि लोकतान्त्रिक मूल्य मान्यतालाई कायम राख्न र संवैधानिक व्यवस्थाको पालना गर्न विश्वासको मतका लागि प्रस्ताव गर्दछु ।’
उनको यो भनाई गठबन्धन दल आफ्नो नियन्त्रणमा रहेको चाहे अनुसार तिनीहरुलाई आफूखुशी प्रयोग गर्न सक्ने संकेत गरेको छ । मुख्यमन्त्रीको यो अभिव्यक्ति सत्तारुढ गठबन्धन पचाउन नसकी सदनमै आक्रोश पोखे । सत्तारुढ दल लोसपा संसदीय दलका नेता उपेन्द्र महतोले भने मुख्यमन्त्रीज्यूको अभिव्यक्तिले गठबन्धन मतको रवाफ छ र संवैधानिक व्यवस्था ज्ञानको आभाव रहेको मलाई लागेको छ । विश्वासकै मत लिनुपर्ने प्रक्रिया मात्र होइन संसदीय वाध्यात्मक व्यवस्था रहेको कुरा बुझ्न मुख्यमन्त्रीज्यूलाई जरुरी रहेको महतोले भने ।
उनले सरकारले गरेका काम कारवाहीको रिपोर्ट कार्ड समेत मागे । सरकारले १५ प्रतिशत खर्च गरेको छ भने रिपोर्ट देखाओस् । मुख्यमन्त्रीले मधेशलाई प्रयोगशाला बनाएको आरोप उनको थियो । ‘तपाईंहरु प्रयोगशाला बनाउँदै रहनू, मधेशका जनता मर्दै रहन्छन्’, उनले भने । सांसद महतोले सरकारको कामप्रति असन्तुष्टि जनाएका हुने । उनले मुख्यमन्त्रीलाई सोधे, ‘सात वर्षदेखि जसपाकै सरकार छ । तपाईं पनि सात महिनादेखि मुख्यमन्त्री हुनुहुन्छ । यो अवधिमा के गर्नुभो ?’ उनले भने, ‘सरकारलाई के आधारमा विश्वासको मत दिन्छु ? सोचेर निन्द्रा लाग्दैन । बजेटमा संघले विभेद त गर्छ नै । दिएको बजेट पनि खर्च हुँदैन ।’
उनको अभिव्यक्तिप्रति मात्र होइन सरकारको काम कारवाही र मुख्यमन्त्री मनपरी विरुद्ध समेत आलोचना गरे । कांग्रेस संसदीय दलका नेता एवम् सरकारका मन्त्री कृष्ण यादवले सरकारको क्रियाकलापमा सुधार ल्याउनुपर्ने बताए । उनले असन्तुष्टि पोख्दै भने अहिलेको सरकार अरूको इसारामा चलिरहेको म मन्त्री हुँदा पनि बुझ्न सकेको छैन् । मन्त्री यादवले भने,‘त्यसकारण अबको दिनमा यी सब कुराहरूमा सुधार आउनुपर्छ, नत्र भने आगामी दिनमा कांग्रेसले समर्थन जनाइरहन्छ भन्ने जरुरी छैन ।’
विपक्षी दल नेकपा एमाले संसदीय दलका नेता सरोज यादवले एक आर्थिक वर्ष बितिसक्दा पनि कुनै ठोस उपलब्धि नरहेको बताए । मधेस सरकारको एकदम सुस्त गतिमा हिँडिरहेको सरकारको रूपमा देखिएको एमाले संसदीय दलका नेता यादवको आरोप छ । उनले अहिलेको सरकारको चाबी अन्त्यै रहेको आरोप लगाएका थिए । यसको साथै रेडबुकमा राखिएका योजनाहरू समेत किनबेच भइहरेको टिप्पणी गरे । प्रदेश सरकारले चिठी दिएर योजनाहरूको किनबेच गरिरहेकोले यसतर्फ सुध्रिन उनको सुझाव छ । सरकारले प्रगतिमा शून्य नतिजा ल्याएकाले हामीले यो सरकारलाई दिँदै आएको समर्थन यो पटकका लागि भने नदिने निर्णय गरिएको उनले बताए ।
मधेशमा नेकपा माओवादी केन्द्रले समेत मुख्यमन्त्री सरोजकुमार यादवको आलोचना गरेको छ । मुख्यमन्त्री यादवले आइतबार प्रदेशसभामा विश्वासको मत मागेपछि धारणा राख्ने क्रममा माओवादी केन्द्रका संसदीय दलका नेता भरतप्रसाद साहले सरकारको गति सुस्त भएको र मुख्यमन्त्रीले सल्लाह र सहकार्य नगरेको बताएका हुन् । नेता साहले राजविराजमा कृषि विश्वविद्यालयको भवन शिलान्यासको विवादको कुरा उठाउंदै भने सरकार जनता समाजवादी पार्टीको जस्तो मात्र देखिएको छ । ‘कहिलेकाही यो जसपाको सरकार मात्रै हो कि, कहिलेकाहीँ सरकारको ब्यानरमा जसपा मात्रै देखिन्छ । यो कुराहरु सच्याउन आवश्यक देखिन्छ’, उनले भने ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !