जनकपुरधाम, माघ २३ गते । ‘छोटे राजा र सेतो हाती पाल्ने’ संघीयता आफूहरुलाई किन चाहियो दुर्गा प्रसाई नेतृत्वको नागरिक बचाउ महाअभियानले प्रश्न उठाएका छन् ।
मंगलवार महाअभियानले जनकपुरधाममा माघ २५ जनकपुरधाममा आयोजना गर्न लागेको सभा बारे जानकारी दिने उद्देश्य आयोजित पत्रकार सम्मेलनमा महाअभियानका मध्यमाञ्चल संयोजक नरेश साहले यस्तो प्रश्न उठाएका हुन् ।
पत्रकारहरुको राखेको जिज्ञासामा साहले भने हो ‘किन चाहियो हामीलाई संघीयता, यो २ करोड ९० लाखको जनसंख्यामा ‘यो छोटे राजा, सेतो हाती पाल्नलाई हामीलाई संघीयता चाहिएन, के गर्छौ, यस्तो संघीयता लिएर जसले देशलाई नै कंगाल बढाउंदै गइरहेको छ ।’ उनले थप्दै भने अहिले खर्च धान्न सकिरहेको छैन, कर्मचारी र प्रहरीहरुलाई तलब खुवाउन पैसासम्म छैन । विकासको नाममा भ्रष्टाचार भ्रष्टाचारै, संघीयताको नाममा नेताहरुले कार्यकर्ता र आफन्त पोस्ने माध्यम बनाएका छन् । यस्तो संघीयता हामीलाई चाहिएन ।
देशकै सबैभन्दा ठूलो मिटरब्याजी बैंकहरुको आरोप लगाउंदै उनले भने बैंकहरु ८÷९ वार्षिक ब्याजदरमा ऋण सम्झौता गरेर ४८ प्रतिशतसम्म ब्याज लिने गरेको छ आरोप लगाउंदै २० लाखसम्मका साना ऋण सरकारले माफ गर्नुपर्ने माग गरे । साहले देशको आर्थिक मन्दीलाई ट्रयाकमा ल्याउने, साना कर्जा मिनाहा, धर्मनिरिपेक्षता सहितको हिन्दु राष्ट्र कायम लगायतका १८ बुँदे माग महाअभियानको रहेको बताए ।
साथै उनले निजी बैंकहरूलाई राष्ट्रियकरण गरेर ब्याज दर ३ प्रतिशतमा झार्ने र वर्षमा १ सय ५० देखि २ सय अर्बसम्मको भ्रष्टाचार रोक्ने उद्देश्यले आर्थिक क्रान्तिमा महाअभियान लागेको जानकारी समेत दिए ।
दुर्गा प्रसाईले बैंकबाट लिएको ऋण मिनाहा गराउन महाअभियान थालेको पत्रकारहरुले तेर्सयाएको प्रश्नमा साहले भने होइन यो महाअभियान दुर्गा प्रसाईको मात्रै नभई हामी सबै बैंक तथा वित्तिय संस्था पिडीतहरुको महाअभियान हो । जहाँसम्म दुर्गा प्रसाईको बैंक ऋणको कुरा हो सम्बन्धित बैंकले उनले धितो राखेको सम्पति लिलामी गरोस, उहाँलाई कालो सूचीमा राखेस । किन गरिरहेको छैन, हाम्रो महाअभियानलाई बदनाम गराउन यस प्रकारको भ्रम फैलाइएको हो दाबी गरे ।
साहले प्रत्येक परिवारको स्वास्थ्य बैंक खातामा अरु कामको लागि चलाउन मिल्न नसक्ने ५ लाखदेखि १५ लाखसम्म उपचार रकम जम्मा गर्न, बिना धितो चाहिएको बेलामा ब्याजमा बैंकबाट पैसा पाउनको लागि, ५ वर्षमा दाइजो प्रथा सधैँका लागि समाप्त गर्न र तलदेखि माथिसम्म हरेक विभागमा भ्रष्टाचार शतप्रतिशत अन्त्य गर्नका लागि आर्थिक क्रान्ति गर्ने महाअभियान लागेकाले यसमा सहयोग गर्न आग्रह गरे ।
यस्तै महाअभियानका सगरमाथा अञ्चल संयोजक हरिकिशोर साहले बैंकहरुले बढाएका ब्याज दर शेयर मार्केटको नाममा कालोधनलाई बिदेश पलायन गर्ने नितीले गर्दा देशमा आर्थिक मन्दी आएको आरोप लगाए । सो पत्रकार सम्मेलनमा सुरज शर्मा, प्रकाश राणालगायतका व्यत्तिहरुको उपस्थितिरहेको थियो ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !