वीरगञ्ज, १० माघ । रौतहटमा एक हनुमान र ब्रम्हबाबाको मन्दिरमा आगो अज्ञात समूहले लगाई दिएको घटना बाहिरिएको छ ।
रौतहट जिल्लाको इशनाथ नगरपालिका वडा नम्बर ५ जटहारा टोल स्थित सामुदायिक स्कुलको प्राङ्गणमा रहेको हनुमान मन्दिर र सामुदायिक स्कुलको एकसय मीटर पछाडि रहेका ब्रहमबाबाको मन्दिरमा अज्ञात समुहले आगो लगाएको घटना बुधबार सार्वजनिक भएको छ ।
राम मन्दिरको प्राण प्रतिष्ठा भएको एक दिन नबित्दै हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र रहने हनुमानको मन्दिरमा पसेर आगो लगाईदिएको हो । सोही क्रममा यस्ता अराजक गतिबिधि गर्ने जो कोहिलाई खोजतलास गरी कडा भन्दा कडा कारबाहीको स्थानीयले प्रशासनसंग माग गरेका छन् ।
आगलागिबाट २५ बर्ष अघि भारतको राजधानी दिल्ली बाट ल्याईएको भगवान हनुमानको मुर्ती र ब्रहमबाबाको मन्दिरमा क्षति भएको स्थानीयले जानकारी गराएका छन् ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !