जनकपुरधाम, माघ ४ । महोत्तरीको मटिहानी नगरपालिकामा परिवार नियोजनको स्थायी बन्ध्याकरण निशुल्क एक महिने शिविर संचालन भएको छ ।
माघ ३ गतेदेखि फागुन ६ गतेसम्म पालिकाकाे वडास्थित स्वास्थ्य चाैकीहरूमा विभिन्न मितिमा संचालन हुने शिविरकाे नगरपालिकास्थित सिमरदही स्वास्थ्य चोकीबाट उद्घाटन गरि शुरूवात गरिएकाे छ ।
स्वास्थ्य कार्यालय महोत्तरीको आयोजना तथा मटिहानी नगरपालिकाको समन्वय र सुनौलो परिवार नेपालको प्राविधिक सहयोगमा संचालन भएको सो स्वास्थ्य शिविरको नगरपालिकाका मेयर हरिप्रसाद मण्डल र स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख सुनीता गुप्ताले संयुक्त रुपमा गरेका छन् ।
समुद्घाटन गर्दै नगर प्रमुख मण्डलले यो बन्ध्याकरणले अनिश्चित गर्भधारण बाट बाँच्ने तथा देशको जनसंख्या बृद्धि दर रोक्न मद्दत पुग्ने बिश्वास ब्यक्त गरे । सो शिविरमा महिलाको लागि मिनील्याप र पुरुषको लागि भ्यासेक्टोमी स्थायी बन्ध्याकरण गरिने कुरा स्वास्थ्य कार्यालयका प्रमुख सुनिता गुप्ताले जानकारी दिइन् ।
उक्त परिवार नियोजनको स्थायी बन्ध्याकरण शिविरको समुद्घाटन कार्यक्रममा नगर उप–प्रमुख मंजु देवी साह, वडा नं.९ का वड़ा अध्यक्ष मदन चौधरी, स्वास्थ्य शाखा प्रमुख पवन कुमार मंडल, मटिहानी नगरपालिका अन्तर्गतका स्वास्थ्य चौकी प्रमुखहरु,महिला स्वेयं सेविकाहरु,मोसाफिर सहनी,जोगेन्द्र साह,इन्दल मंडल,राम प्रबेश चौधरी,तेतर सहनी,रत्नेश्वर लाल कर्ण लगायतका स्थानीयहरुको उपस्थिति रहेको थियो ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !