जनकपुरधाम, २९ पुस। भारतबाट चोरी गरि बिक्री गरिएका चारवटा चार पांग्रे गाडीसहित धनुषा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषाले आइतवार एक पत्रकार सम्मेलन आयोजना गरी गाडी सहित सार्वजनिक गरेका छन । पक्राउ पर्नेहरुमा महोत्तरी जिल्ला जलेश्वर नगरपालिका ३ मलवारा बस्ने ६० वर्षिय मोख्तार अनसारी र सोही जिल्लाको लोहारपट्टी नगरपालिका ६ बस्ने ४० वर्षिय जमजम भन्ने अन्सारुल कवारी रहेको र गाडीको कागजात बनाउने एक जना फरार रहेको जिप्रका धनुषाले जनाएको छ ।
एसपी शर्माले भन्सार चोरी निकासीका गाडीहरु भारतबाट नेपालमा ल्याई नेपाली नम्बर प्लेट राखि नेपालमा चलाई रहेको भन्ने गोप्य सूचनाको प्रहरीको विशेष टोलीले पुस २५ र २६ जनकपुरधाम नगर भित्रबाट चारवटा चोरीको गाडी नियन्त्रणमा लिइएको जानकारी दिए ।
नियन्त्रणा लिइएका गाडीहरुमा प्रदेश-२-०३-००१ च. ११४० (Creata, white), प्रदेश-२-०३.००१ ०११० (Vitara Breeza, white), प्रदेश-२-०३-००१ च ५४८७ (Vitara Breeza, Silver), प्रदेश-२.०३- ००१ च १७३९ (Scorpio White) रहेको छ ।
सवारी धनी र सवारी दर्ता किताबको विवरण अनुसार चेकजाँच गर्दा यातायात व्यवस्था कार्यालय जनकपुरधाम र नारायणीमा लेखापढी भएपनि ती कार्यालयहरुमा त्यसको रेकर्ड फेला नपरेको जानकारी दिदैं ती गाडीहरु माइक्रो बस र पिकअप गाडीको नाममा दर्ता उल्लेख भएको कारण ती गाडी भारतबाट चोरी गरी ल्याइएको अनुसन्धानमा खुलेको उनले बताए ।
अन्सारीले भारतिय व्यक्तिहरु संग सम्पर्क गरी गाडीको डिल गर्ने गरेको, नेपाली नम्वर प्लेट र ब्लूबूकको व्यवस्था मिलाउने गरेको थियो । हालसम्म उनले ८ वटा गाडी भारतबाट चोरी गरी नेपाल भित्रियाइएको अनुसन्धानमा देखिएको उनले बताए ।
यस्तै कवारीले घटनामा अन्सारीसँग सम्पर्क गरी भारतीय नम्वर प्लेटको गाडी खरिद गर्ने, प्रदेश–२–०३–००१ च ५४८७ नम्वरको गाडी अजिम राईनलाई बेचेको, प्रदेश २–०३–००१ च ०११० नम्वरको गाडि नौसाद शेखलाई र प्रदेश–२–०३–००१ च. ११४० नम्वरको गाडी रोशन कुमार ठाकुरलाई बेचेको अनुसन्धानमा देखिएको हो । हुँदा निजहरु माथी किर्ते तथा लिखित बदर भन्सार तर्फको कानुनी कारवाहि अगाडि बढाईएको एसपी शर्माले जानकारी दिए ।
एसपी शर्माले मात्र दुईजना पक्राउ परेको जानकारी गराए । तर पत्रकार सम्मेलनमा उपलब्ध गराइएको प्रेस विज्ञप्तिमा पक्राउ पर्नेको संख्या ७ रहेको नामावली सहित उल्लेख गरेका छन् ।
घटनामा संलग्न अन्य व्यक्तिहरुमा महोत्तरी लोहरपट्टी नगरपालिका ६ वस्ने वर्ष ३७ को अजिम राईन, सोही स्थानका २८ वर्षिय बीमा कम्पनीमा काम गर्ने मोबारक अली, महोत्तरी मनरासिसवा ६ वस्ने वर्ष ३२ को रोशन कुमार ठाकुर, जनकपुरधाम २३ बिन्धीका ३४ वर्षिय गाडी ड्राइभर अविद नदाफ र धनुषाको धनुषाधाम नगरपालिका ३ का २८ वर्षिय गाडी चालक पंकज शर्मा रहेको छ ।
पक्राउ भनिएका अन्य पांचजनालाई किन सार्वजनिक गरिएन भन्ने जिज्ञासामा जिप्रका धनुषाका प्रवक्ता रञ्जन आवाले ती व्यक्तिहरुको घटनामा संलग्नता देखिएपनि तिनीहरुको प्रत्यक्ष संलग्नता नदेखिएपछि अनुसन्धानपछि छोडिएको बताए । उनले भने मुख्य आरोपी कवारी र अनसारीसहितका ३ जना देखिएका छन् । जसमा एकजना फरार रहेको छ ।
यसका साथै उनले लागू औषध तथा दुव्र्यसन नियन्त्रण गर्ने अभियान अन्तर्गत जटही भन्सार नाकाबाट विभिन्न मितिमा ७२ जनालाई नियन्त्रणमा लिइएका जानकारी दिए ।
प्रहरीले जटही बोर्डरबाट पुस १८ गते ३७ जनालाई र पुस २८ गते ४५ जना गरी ७२ जना युवालाई नियन्त्रणमा लिइएको जानकारी दिदैं उनले नियन्त्रणमा लिइएका मध्ये पहिलो चरणको ३७ जनालाई दुव्र्यसनबाट हुने क्षति बारे प्रशिक्षण क्लास दिई छाडिएको बताए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !