जनकपुरधाम, पुस २५ गते । जनकपुरधामबाट चोरी भएको बस सिराहाको गोल बजारमा भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) रञ्जन अवाले दिएको जानकारी अनुसार गोल बजार नगरपालिका–७ मा पार्किङ गरेको अवस्थामा उक्त बस भेटिएको हो ।
जनकपुर भिठामोड चल्ने चल्ने ना ४ ख २३२७ नम्बरको नवदुर्गा ट्राभल्स बस सोमबार जनकपुरधामको बस स्टेण्डमा पार्किङ गरी राखिएको थियो । तर, मङ्गलवार ४ बजे हेर्न जाँदा बस नरहेको देखेपछि बस धनी महोत्तरीको पिपरा गाउँपालिका–३ का कालिन्द्र मिश्रले प्रहरीमा उजुरी दिएका थिए । बस फेला परे पनि कसरी गोल बजारमा पुग्यो भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !