जनकपुरधाम, ५ पुस । विज्ञान प्रदर्शनी र रक्तदानसहित विभिन्न कार्यक्रम गरी जनकपुरधाम स्थित निजी विद्यालय सिद्धार्थ शिशु सदनले आफ्नो ४३ औं वार्षिकोत्सव मनाउंदैछ ।
वार्षिकोत्सवको अवसरमा तिन दिने कार्यक्रको सिद्धार्थ शिशु सदनले आयोजना गरेको छ । बिहीवार विधिवत रुपमा विद्यालयका संस्थापक प्रिन्सिपल राजु यादव र व्यवस्थापकीय निर्देशक शितल यादवले संयुक्त रुपमा वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गरेका छन् ।
शनिवारसम्म तीन दिने कार्यक्रम अन्तर्गत रक्तदान, विज्ञान प्रदर्शनी, चित्रकला प्रदर्शनी, शिल्प (क्राफ्ट), कम्प्यूटर प्रविधि प्रदर्शनी सहित खाद्यान्न मेला लगायतका कार्यक्रमहरु आयोजना गरिएको विद्यालयका संस्थापक प्रिन्सिपल राजु यादवले जनाएको छ ।
उनका अनुसार पहिलो दिन बुधवार रक्तदान, विज्ञान प्रदर्शनी, चित्रकला प्रदर्शनी, शिल्प (क्राफ्ट), कम्प्यूटर प्रविधि प्रदर्शनी आयोजना गरिएको छ । दोश्रो दिन खाद्यान्न मेला र जानकी वृद्धाश्रम तथा कबीर बाल अनाथ आश्रमलाई सहयोगको कार्यक्रम आयोजना गरिनेछ भने तेश्रो अन्तिम दिन मानव सेवा आश्रममा सहयोग गर्ने कार्यक्रम रहेको छ ।
रक्तदान बिहान ८ बजेदेखि ११ बजेसम्म र अन्य प्रदर्शनी कार्यक्रम बिहान १० बजेदेखि २ बजेसम्म आयोजना हुने र त्यसअन्तर्गत विज्ञान, चित्रकला, शिल्प प्रदर्शनीमा कक्षा १ देखि १० बजेसम्म तथा विज्ञान प्रविधि प्रदर्शनीा कक्षा ५ देखि ११ सम्मका विद्यार्थीहरुले सहभागिता जनाएको जानकारी विद्यालयका व्यवस्थापकीय निर्देशक शितल यादवले दिएका छन् ।
सिद्धार्थ शिशु सदन जनकपुरधामको ख्याति प्राप्त पुरानो निजी विद्यालयमा एक हो । सिद्धार्थ शिशु सदनले जनकपुरधामको शिक्षा क्षेत्र छुट्टै ऐतिहासिक पहिचान स्थापित गरिसकेका छन् । गत ४२ वर्षदेखि संचालनमा रहेका सो सिद्धार्थ विद्यालयमा पढेकाहरु देशविदेशमा नाम कमाई रहेका छन् । विभिन्न प्रतियोगितात्मक परीक्षामा नाम निकाल्न समेत सिद्धार्थ शिशु सदनका विद्यार्थीहरु सफल रहेको प्रिन्सिपल यादवले जनाएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !