जनकपुरधाम, मंसिर २६ गते । पूर्व मन्त्री एवं जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदेश त्रिपाठीले मिश्रित निर्वाचन प्रणाली हटाउनुपर्नेमा जोड दिएका छन् ।
मंगलवार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले भने संविधानमा रहेको मिश्रित निर्वाचन प्रणाली व्यवस्था नै विकासमा प्रमुख बाधक रहेको छ । उनले भने मिश्रित निर्वाचन प्रणालीमा कुनैपनि दलले बहुमत ल्याउन सक्दैन यस्तो अवस्थामा गठबन्धन बाहेक अर्काे विकल्प नै हुदैन । र गठबन्धनको सरकार कहिलेपनि स्थिर हुदैन । अस्थिर सरकारले विकास पनि सक्दैन ।
अध्यक्ष त्रिपाठीले थप्दै भने बहुमतिय स्थिर सरकारका लागि संविधानमा रहेको समानुपातिक निर्वाचन प्रणाली व्यवस्था नै खारेज गर्नुपर्छ । प्रत्यक्ष निर्वाचन प्रणालीमा दलहरुले बहुमत पाउने निश्चित रहेकाले स्थिर सरकार पनि पाउने र विकासले पनि गति लिने भएकाले संविधान संशोधन गरी समानुपातिक निर्वाचन प्रणाली खारेज गर्नु नै ठिक हुन्छ ।
अध्यक्ष त्रिपाठीले विगत केहीदिनदेखि पूर्व राजाबादीहरु सक्रिय भइरहेको प्रसंगमा भने संघीय लोकतान्त्रिक गणतन्त्र बाहेक देशका लागि अर्को विकल्प छैन । पूर्वराजावादीहरु सक्रिय भएपनि त्यसको कुनै औचित्य छैन । विगतमा १०४ वर्षसम्म राणाहरुले शाह वंशीय राजाहरुलाई पिंजडामा कैद गरेर राखेका थिए । दलहरुकै मद्दतले २००७ सालमा शाह राजालाई फकार्उंदा राणाहरुको औचित्य समाप्त भएको थियो ।
पछि शाह राजाहरुपनि तानाशाह बनेपछि दलहरुले नै बहुदलीय व्यवस्था र त्यसपछि संघीय लोकतान्त्रिक गणतन्त्र ल्यायो । राजालाई दलहरुले मानेकै थियो । तर त्यसको औचित्य नहुँदा समाप्त भएर गएर । त्यसैले अहिले संघीय लोकतान्त्रिक गणतन्त्र बाहेक देशमा अर्को कुनै व्यवस्था विकल्प छैन । अहिले जे जति समस्या भइरहेको त्यसका लागि संविधानमा आवश्यक परिमार्जन सहित संशोधन गरेर अघि बढेको खण्डमा सबै अप्ठ्याराहरु समाप्त भएर जानेछ उनले बताए ।
पत्रकारहरुको जिज्ञासामा उहाँले मधेशमा अहिले जातीय राजनीतिक भइरहेको छ । मधेश अहिले विभक्तको राजनितीमा छ । र जबसम्म विभक्तको राजनीति हुन्छ तबसम्म कसैले पनि विकास गर्न सक्दैन । मधेशवादी दलहरु गठबन्धनको भरमा भएका कारण आफ्नो एजेण्डा उठाउन नसकेको कारण औचित्य र उद्देश्य उनीहरुको समाप्त भइरहेको बताए । देशमा आर्थिक बारे अध्यक्ष त्रिपाठीले यसको प्रमुख कारण बैंकिङ्ग सेक्टरको मनोमानी हो, जसमा नेपाल राष्ट्र बैंकले पनि निगरानी गर्न नसक्दाको उपज हो । अहिले बैंकिङ्ग सेक्टर उद्योगमैत्री नभई व्यवसायिक हुन गएको हो । त्यसले आर्थिक मन्त्रीको अवस्था निम्त्यिाएको हो ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !