जनकपुरधाम, २३ मंसिर । प्रेस तथा प्रजातन्त्र स्वतन्त्रता सेनानी राजेश्वर नेपालीको स्मृतिमा जनकपुरधाममा आयोजित राजेश्वर नेपाली टि–२० क्रिकेट प्रतियोगिताको चौथो दिनको खेलमा धनुषाको बेला क्रिकेट टिम १ विकेटले विजयी भएको छ ।
उप महानगरपालिका वडा नंं २३ आयोजित प्रतियोगिताको शनिवार धनुषाको बेला र जनकपुरधाम ८ बलवा क्रिकेट टिमबीच भएको खेलमा बेला क्रिकेट टिमले दिएको १५१ रनको लक्षयलाई पछ्याउँदै बलवा क्रिकेट टिमले १४२ रन बनाएर अल आउट भई सबै विकेट गुमाएर पराजित भएको थियो ।
टस जितेर पहिलो इनिङमा ब्याटिङ गरेको बेला क्रिकेट टिमले खेलेको आक्रामक खेल दर्शकहरुका लागि आकर्षण बनेको थियो । उक्त खेलमा म्यान अफ दी म्याच बेला क्रिकेट टिमका जगदीश मुखियालाई घोषित गरिएको थियो ।
यस्तै धनुषाको कनकपट्टी र प्रको महुवा बीच भएको अर्को खेलमा कनकपट्टी क्रिकेट टिमले १०५ रन बनाएर अल आउट भएको थियो । जवाफमा महुवा क्रिकेट टिमले मात्र ६३ रन बनाएर अल आउट भएपछि कनकपट्टी क्रिकेट टिम ४२ रनले जीत हासिल गरेको थियो । दोश्रो खेलको म्यान अफ दी म्याच कनकपट्टी क्रिकेट टिमका सञ्जीवलाई घोषित गरिएको थियो ।
दूधमती युवा क्लब जनकपुरधामको आयोजनामा जारी भएको प्रतियोगितामा धनुषा तथा महोत्तरी जिल्लाका गरी १६ टिमको सहभागिता रहेको छ । १३ दिनसम्म चल्ने प्रतियोगितामा विजय हासिल गर्नेका लागि प्रथम पुरस्कार ५५ हजार ५ सय ५५ र दोश्रो पुरस्कार २५ हजार ५ सय ५५ रुपैया , प्रमाण पत्र र कप रहेको आयोजक जनकपुरधाम उप महानगरपालिका वडा नं २३ का वडा अध्यक्ष राघबेन्द्र प्रसाद साहले जानकारी दिएका छन् ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !