Tuesday, September 29, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

एचआईभी संक्रमितलाई नागरिकता र रोजगारको समस्या


एचआईभी संक्रमितलाई नागरिकता र रोजगारको समस्या

जनकपुरधाम, मंसिर १४ गते । एचआई संक्रमितहरु परिवार र समाजमा हेला मात्र नभई नागरिकता, शिक्षा र रोजगारको समस्या भोग्न बाध्य रहेका छन् । परिवार र समाजद्वारा अपहेलना गर्ने गरिएको कारण आफूहरुलाई नागरिकता बनाउन निकै समस्या भइरहेको र रोजागरीको समस्या खेप्नु परेको भन्दै एचआईभी संक्रमितहरुले पत्रकारहरुसँगको एक अन्तरक्रियामा पीडा सुनाएका छन् ।

विश्व एड्स दिवसको पूर्वसन्ध्यामा बिहीवार जनकपुरधाममा राष्ट्रिय एचआईभी तथा एड्स महासंघद्वारा आयोजित पत्रकारहरुसँगको अन्तरक्रियामा कार्यक्रममा सहभागी एचआईभी संक्रमितहरुले परिवार र समाजद्वारा अपहेलित हुने गरेको कारण कसैले सिफारिस नगर्दा आफूहरुलाई नागरिकता बनाउन निकै समस्या भइरहेको पीडा सुनाए ।

कार्यक्रममा सहभागी मिना (नाम परिवर्तित) भन्ने एचआईभी संक्रमित महिलाले आफ्नो श्रीमानको निधनपछि नागरिकता बनाउन नपाएको पीडा सुनाईन् । उनले भनिन् विहेको एक वर्ष नबित्दै श्रीमानको निधन भयो, श्रीमानबाट आफूमापनि एचआईभी स¥यो । आफूमा पनि एचआईभी पुष्टि भएपछि ससुरालीबाट घर निकाला गरिदियो । श्रीमान नभएको कारण ससुराली पक्षबाट कसैले पनि नागरिकतामा अभिभाकत्वको जिम्मेवारी लिन नमानेपछि अहिलेसम्म नागरिकता बनाउन सकेको छैन ।

छोराको जन्मदर्ता भएपनि आफूलाई जिविकोपार्जनका लागि नागरिकता आभावमा रोजगारीको समस्या खेप्नु परिरहेको बताईन । संक्रमित भएको कारण एक त कसैले जागिर दिदैन् । लुकिछिपी केही ठाउँमा जागिर पाएपनि नागरिकता आभावले बैंक खाता नहुँदा तलब नपाएर त्यहाँबाट पनि काम छोड्नुपर्ने बाध्यता रहेको पीडा उनले सुनाईन ।ससुराली पक्षबाट श्रीमानले पाउने अंशबण्डा मार्फतको सम्पति समेत नदिंदा बाध्य भएर माईतमै अपहेलित भएरपनि बस्दै आएको दुखेसो समेत उनले सुनाईन ।

यो समस्या मिना जस्तै धनुषा जिल्लामा करीब ३०÷३५ जना एचआईभी संक्रमित महिलाहरु यस्ता समस्या भोगिरहेका छन । नागरिकता भावमा तिनीहरुलाई मात्रै समस्या नभई तिनका सन्तानलाई समेत जन्मदर्ता र नागरिकता बन्न नसक्दा भविष्य अन्धकार हुन गएको कार्यक्रममा सहभागीहरुले जनाए ।

एचआईभी संक्रमितहरु नागरिकता समस्या मात्र नभई रोजगार, शिक्षा र समाजमा सम्मानका साथ बस्न पाउने समस्या समेत भोग्दै आएका छन् । जनकपुरधाम उपमहानगरकै एक संक्रमितले पीडा पोख्दै भने एचआईभी संक्रमित सुन्ने बितिकै चौक चौराहा मात्र होइन गाउँ समाजका व्यक्ति मात्र होइन परिवार समेत अपहेलना गर्दै आएको छ । आफूहरुलाई अछुत सम्झेर अन्य व्यक्ति सरह व्यवहार गर्दैनन् अपहेलित भएर बांच्नुपर्ने अवस्था रहेको उनले भने ।

संचारकर्मीसँग पीडा देवकली (नाम परिवर्तन) भन्ने महिलाले भने आफ्नो श्रीमान गुजरेपछि ससुराली पक्षबाट घर निकाला गरिएपछि माइतमै अपहेलित भएर अछुत भएर बाच्नु परिरहेको छ । दुई÷दुईवटा छोराछोरी छन् । तिनीहरुलाई विद्यालयमा समेत भर्ना लिन मान्दैनन् । लुकिछिपी विद्यालयमा भर्ना एचआईभी संक्रमित हो भनेर थाहा पाएपछि विद्यालयबाट निकाला गरिदिएका छन् । आफूले काम गर्न चाहेपनि कसैले रोजगार दिदैन । के गर्ने निकै समस्या भोग्दै आएको छु ।

अन्तरक्रियामा सहभागीहरुले सरकारले आफूलाई शिक्षा, रोजगार र समाजमा सम्मान सहित बाच्न पाउनुपर्ने र नागरिकताका लागि छुटै कानूनको व्यवस्था गर्नुपर्ने माग गरे । सहभागी मध्येका एक संक्रमितले राज्यले संक्रमण रोकथामका लागि औषधि खाईरहेका छौं । तर रोजगार आभावमा बाच्नका लागि पौष्टिक खानाको आभाव खेप्दै आएको छु । रोजगारको व्यवस्था नभएसम्म आफूहरुको जिविकोपार्जनका लागि भत्ताको व्यवस्था गर्नुपर्ने माग गरे ।
संघीय सरकारको सम्बन्धित संस्था र प्रदेश सरकारबाट एक÷एक हजार गरी दुई हजार रुपैयाको दरले १७ वर्षभन्दा मुनि उमेर समूहका एचआईभी संक्रमितलाई भत्ता दिदैं आएको थियो । तर चालु आर्थिक वर्षमा प्रदेश सरकारले सो भत्ता बन्द गरेको छन् । भत्ता वापतको रकम प्रदेश सरकारले एचआईभी संक्रमण रोकथामको प्रचार प्रसारमा हालेका छन् ।

एचआईभी संक्रमितको संख्या दिनानुदिन बढदै गएको छ । प्राप्त जानकारी अनुसार धनुषा जिल्ला गत आर्थिक वर्ष २०७९/०८० मा १०२ जना नयाँ संक्रमित फेला परेका छन् । स्वास्थ्य कार्यालय धनुषाका रामबाबु यादवले गत आर्थिक वर्षमा काउन्सेलिंगको माध्यमबाट फेला परेका संक्रमित मध्ये १५ वर्ष मुनिका ८ जना, १५—४९ उमेरका ८४ जना र ४९ वर्षमाथिका १२ जना रहेको जानकारी दिए । उनका अनुसार यसमध्ये ५५ जना महिला र ५१ जना पुरुष रहेका छन् । प्रादेशिक अस्पतालमा रहेको एआरटी शाखाको सम्पर्कमा रहेका १ हजार ३८६ संक्रमित मध्ये प्रदेशका विभिन्न जिल्लाका ६६६ जना नियमित औषधि सेवन गरिरहेका छन् ।

कार्यक्रममा यादवले भने एचआईभी संक्रमित हुनु भनेको अभिशाप होइन कसैको गलतीको परिणामको बाध्यात्मकारी अवस्था हो । यसमा हेला गर्नु गलत हो । हेर्दैमा वा नजिक बस्दैमा कसैलाई सर्दैन, जबसम्म शारिरीक सम्पर्क वा खूनबाट शरीरको भित्री भागमा सम्पर्क नभएसम्म सर्दैन । त्यसमा डराएर हेला गर्नु गलत हो । सम्पर्कमा आएर नियमित औषधि लिइरहेकाबाट अरुमा सर्ने नभएकाले लुकेर बसेका संक्रमित सम्पर्कमा स्वास्थ्य कार्यलयमा सम्पर्क गर्न आग्रह गरे ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०८० मंसिर १४, बिहीबार २३:१०
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८० मंसिर १४, बिहीबार २३:१०
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८० मंसिर १४, बिहीबार २३:१०
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८० मंसिर १४, बिहीबार २३:१०
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८० मंसिर १४, बिहीबार २३:१०
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८० मंसिर १४, बिहीबार २३:१०

ताजा खबर

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव