Monday, September 28, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

दशैं राजदेवी मन्दिरको पूजापाठ खर्च ४३ लाख बढी


दशैं राजदेवी मन्दिरको पूजापाठ खर्च ४३ लाख बढी

जनकपुरधाम, कात्तिक १८ गते । हिन्दु धर्मावलम्बीहरुको महान पर्व विजयादशमीको अवसरमा जनकपुरधामस्थित राजदेवी मन्दिरमा गरिएको पूजापाठको खर्च सार्वजनिक गरिएको छ । शनिबार जनकपुरधाममा महाविर युवा कमिटीले शुभ दिपावली तथा छठको अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रम मार्फत राजदेवी मन्दिरको पूजापाठको खर्च विवरण सार्वजनिक गरेको हो ।

महाविर युवा कमिटीले विजयादशमीको आम्दानी तथा खर्च र महाअष्टमीको अवसरमा भएको महाअष्टमीको दिन भएको बोकाबली प्रदानकोसमेत आम्दानी तथा खर्च विवरण सार्वजनिक गरेका हुन । सार्वजनिक गरिएको खर्च अनुसार मन्दिरको सरसजावट, पुजा व्यवस्थापन सहित घटस्थापनादेखि बोकाबली सहित रावणबधसम्मको कूल खर्च ४३ लाख ७० हजार २८१ रुपैया रहेको छ । जसमध्ये बोकाबली बाहेक घटनास्थपानादेखि दशमी रावण बधसम्मको खर्च मात्रै ३६ लाख ४ हजार ५९४ रुपैया रहेको छ । बोकाबलीसहित पूजा गर्ने राममन्दिरका पूजारी र राममन्दिर जिर्णोद्धार कोषमा जम्मा गर्नेसम्ममा ७ लाख ६५ हजार ६८७ रुपैया खर्च रहेको छ ।

बोकाबलीबाट मात्रै ३० लाख ३२ हजार ४०० रुपैया आम्दानी भएको छ । ती आम्दानीबाट बोकाबलीसहित पूजा गर्ने राममन्दिरका पूजारी र राममन्दिर जिर्णोद्धार कोषमा जम्मा गर्नेसम्ममा ७ लाख ६५ हजार ६८७ रुपैया खर्च भएको छ भने बांकी रहेका २२ लाख ६६ हजार ७१३ रुपैयाबाट महावीर युवा कमिटी र राम युवा कमिटीले ११ लाख ३३ हजार ३५६ रुपैयाको दरले बाँडफाँड गरिएको कमिटीका अध्यक्ष अजयकुमार गुप्ताले जनाए ।

महावीरले राजदेवी मन्दिरमा गरेको पूजा व्यवस्थापनका लागि बोकाबलीबाट आएको आम्दानी बाहेक १७ लाख ७४ हजार ८२५ रुपैया विज्ञापन, सदस्यता, सहयोग, गोप्य अनुदान, दान पेटी, रमाइलो मेला र भोगराग तथा महाप्रसादको चढौनाबाट आम्दानी गरेका छन् । आम्दानीबाट रकम अपुग भएपछि ६ लाख ९६ हजार ४१२ रुपैया विभिन्न व्यक्तिबाट पेश्की लिएका छन् । जुन तिर्नुपर्ने दायित्व रहेको उनले बताए । कमिटीलाई पेश्कि वापत दिएको रकमसमेत तिर्नुपर्ने अध्यक्ष गुप्ताले बताए । उनले बलराम ज्वेलर्सले २ लाख २० हजार, अध्यक्ष गुप्ताले ३ लाख र कमिटीका कोषाध्यक्षले १ लाख ७६ हजार ४१२ रुपैयाँ ५० पैसा खर्च गर्नका लागि उपलब्ध गराएका थिए । जुन रकम कमिटीले तिनुपर्ने बताए ।

उनले बोकावली रसिद र विभिन्न संघसंस्थाले ८९ वटा बोका गरी कुल १५ हजार २५१ वटा बोका प्रति २०० को दरले गरी कुल ३० लाख ३२ हजार ४०० रुपैयाँ आम्दानी भएको बताए भने बोकावली रसिद छपाई, ठेहा, विजुली विल, बोका काटेको, साध चढाएको, रसिद कटाई कर्मचारी, महन्थ राम गिरी बाबाले पुजापाठ, लेखापाल महाविर युवा कमिटी र राम युवा कमिटीले बाँडफाँड गरेको रकम र मन्दिरको जिर्णेद्वार कोषमा कुल आम्दानीको १० प्रतिशत रकम गरी ३० लाख ३२ हजार ४०० रुपैयाँ खर्च भएको बताए । महाष्टमीको दिन भएको बोकाबली प्रदानबाट प्राप्त भएको आम्दानी मध्येको १० प्रतिशत रकम अर्थात २ लाख ५१ हजार ८५७ रुपैयाँ राजदेवी मन्दिरको जीर्णोद्वारका लागि जिर्णोद्वार कोषमा रकम जम्मा गरिएको समेत अध्यक्ष गुप्ताले बताए ।

छलफल गरेर रावणबध गर्ने

आम्दानीमा रमाइलो मेलाबाट ३ लाख २१ हजार देखाइपनि करीब १५ लाख रुपैयामा सो मेला ठेक्का लागेको थियो, बढी रकममा ठेक्का लागेको कारण मेलामा झुला लगायतका अन्य मनोरञ्जनको दूई सय रुपैयासम्म चर्को शुल्क असुलेको आरोप लाग्दै आएका छ । उपस्थित पत्रकारहरुले महँगोमा ठेक्का लगाइएको बारे जिज्ञासा राख्दा अध्यक्ष गुप्ताले ठाडै अस्वीकार गर्दै बढी शुल्क लिइएकोमा आगामी वर्षदेखि यस्तो हुन नदिने प्रतिबद्धता जनाएका थिए ।

जनकपुरधाम सीताको माईती भएको कारण रावण वध बारे कडा आलोचना र औचित्यतामाथि प्रश्न उठिरहेको र बोकीबलीको क्रममा काटिएका बोका लग्न प्रयोग गरिएको बोरामा भगवान राम र महावीरको फोटो प्रयोगको निकै आलोचना भइरहेको बारे पत्रकार सम्मेलनमा कमिटीका पूर्वअध्यक्ष विनोद चौधरीले रावण बारे आगामी वर्षदेखि छलफल गरेर अघि बढने प्रतिबद्धता जनाए । साथै बोरामा प्रयोग गरिएको कमिटीका पदाधिकारीहरुले प्रिन्ट गर्ने प्रेसले मिस्टेकले भगवानको तस्वीर छापि दिएको भनी गलती स्वीकार गर्दै आगामी वर्षदेखि यस्तो गलती नदोहरयाउने प्रतिबद्धता जनाए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०८० कार्तिक १८, शनिबार २१:२०
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८० कार्तिक १८, शनिबार २१:२०
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८० कार्तिक १८, शनिबार २१:२०
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८० कार्तिक १८, शनिबार २१:२०
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८० कार्तिक १८, शनिबार २१:२०
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८० कार्तिक १८, शनिबार २१:२०

ताजा खबर

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव