सुभाष कर्ण
जनकपुरधाम, १० कात्तिक । डाक्टर बन्ने सपना बोकेकी प्रियंका कुमारी साह दिनरात मेहनत गरेर पढिरहेकी छिन् । कक्षा ४ मा अध्ययनरत १० वर्षिय धनुषाको धनौजी गाउँपालिका २ स्थित गौरदाहा गाउँ निवासी अनिल साहका छोरी प्रियंका घरको काम, ट्यिूशनको पढाई, विद्यालयको होमवर्कसँगै आमा बुवालाई काममा सघाउंदै आएकी छिन ।
गाउँकै एक प्राथमिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत प्रियंका ५ बजे सुतेर उठ्छिन । उठेपछि दैनिक नित्यकर्मपछि घरको भान्साघरमा राखेका बर्तन मांझेर बिहानै साढे ६ बजे फ्रीडम फण्डसको सहयोगमा सामुदायिक सुधार केन्द्र (सीआईसी) द्वारा संचालित ट्विशन पढन गाउँकै सामुदायिक भवनमा जाने गर्छिन । साढे ८ बजे ट्विशन सकाएर घर आई खाना खाएर १० बजे विद्यालय समेत पुग्ने गर्छिन । यति मात्र होइन विद्यालयमा छुट्टी भए लगतै आमाबुवा सँगै खेतमा मजदूरी गर्न समेत जान्छिन ।
घर आएपछि फेरी उही झटपटमा बर्तन मांझ्ने अनि खाना बनाउन आमालाई सहयोग गर्ने । त्यसपछि स्कूल र ट्विशनको होमवर्क पुरा गर्ने । संघर्षका यी कार्य प्रियंकाको दैनिकी नै बनिसकेको छ । यतिको काम गर्दा पनि उनले डाक्टर बन्ने सपना छाडेकी छैनन् । उनी दृढ संकल्पित भई मेहनत गरेर पढ्दा ै नाम निकालेर डाक्टरी बन्नेछु भन्ने आत्मविश्वास उनले कायम राखेकी छिन् । प्रियंकाका बुवा अमित साह बेरोजगार छन् । कहिलेकाँही गिरहत कहाँ खेतमा मजदूरी गर्न जान्छन । आमा घरमै गाउँको एक उद्योगमा पापर बेल्ने काम गर्छिन भने हजुरबुवा गिरहत खेतमा र अन्य ठाउंमा मजदूरी गरेर परिवारको गुजारा गर्दै आएका छन् । पढाईबाट बचेका समयका सदुपयोग प्रियंकाले आमासँगै पापर बेल्ने र हजुरबुवालाई मद्दत पुरयाउन उनीसँगै खेतमा मजदूरी गर्न समेत जाने गरेकी छिन ।

उनी भन्छन ‘हाम्रो परिवार धेरै गरीब छ, बुवा काम गरिरहेको छैन परिवारको गुजारा हजुराबुवाले खेतमा गरेको मजदूरी आमाले बेलेको पापरले भइरहेको छ । जेनतेन पारिवारिक गुजर बसर भइरहेपनि त्यतातर्फ ध्यान नदिई डाक्टर बन्नेछु आत्मविश्वास सहित दिनरात आफ्नो समय पढाईमा खर्चदै आएका छौं । विद्यालयको पढाईमा ज्योतिलाई उनका आमाबुवाका साथै गैरसरकारी संस्था सामुदायिक सुधार केन्द्र (सीआईसी) ले समेत सहयोग गर्दै आएका छन । पियंका मात्र होइन हरवाचरवा समूहसँग आबद्ध दलित सहित अन्य समुदायका बालबालिकालाई पढाईमा कापी, पेन्सिल, कटर, स्कुल ड्रेस लगायतका शैक्षिक सामाग्रीका साथै निशुल्क ट्विशन कक्षा दिदै आएका छन ।
प्रियंकालाई विद्यालयको होमवर्क बनाउन गाउँमै सिआईसीद्वारा सञ्चालित ट्विशन कक्षाले निकै सहयोग पुरयाउंँदै आएको छ । विद्यालयको होमवर्क मात्रै होइन कक्षागत किताबका अन्य सोलुसन र अतिरिक्त पढाई समेत सो ट्विशनमा गराइदै आएको छ । सिआईसीद्वारा सञ्चालित ट्विशन कक्षामा प्रियंका सहित दुई समूहमा दलित हरवाचरवा परिवारका करीब ८५ जना कक्षा १ देखि ५ सम्मका विद्यार्थी पढिरहेका छन । गरीब दलित हरुवा चरुवा परिवारमा जन्मेकी प्रियंकामा आफ्ना आमाबुवाको गरीबी नजिकदेखि नियाल्दै आएकाले दिनरात मेहनत गरी डाक्टर बनेर उन्मुक्ति दिलाउने जूनून रहेको छ ।
प्रियंका भन्छिन सिआईसीले संचालन गरेको ट्विशन कक्षाले हामीलाई पढाई र आर्थिक दूवै रुपले धेरै नै मद्दत पुराएको छ । बाहिर ट्विशन पढन जाँदा ३/४ सय रुपैया महिना लिने गरेको छ । तर सबै कक्षाको सबै विषय पनि पढाउंदैनन् । तर यहाँ पढ्दा निशुल्क र सबै विषय पढन पाइरहेकी छु । अहिलेको निरन्तरता कायम रहे पक्कै एक न एक दिन आफू डाक्टर बन्नेछुमा उनी दृढ छिन् । प्रियंकालाई यो आत्मविश्वास अरु कसैले होइन, फ्रिडम फण्डसको आर्थिक सहयोगमा सामुदायिक सुधार केन्द्र (सिआईसी) ले गरीब परिवारहरुको जीवनमा परिवर्तन ल्याउन चलाएको ट्विशन कक्षाले शैक्षिक गुणस्तरीयता थपेको हो ।
उनी भन्छिन ‘गरीब दलित परिवारबाट भएको कारण आमाबुवा पनि पढन नसकी हरुवा चरुवामा जीवन बिताई रहेका छन । तर हरवा चरुवा परिवारका बालबालिका लागि सिआईसीले संचालन गरेको शैक्षिक कार्यक्रममा निशुल्क टिउसन र छात्रवृतिमा चार सालसम्म पाएको स्कूल ड्रेस, कापी, पेन्सिल लगायतका शैक्षिक सामाग्रीले अब गरीबका बालबालिकाहरु पढन सक्छ भन्ने आत्मविश्वास जागेपछि आफू डाक्टर बन्ने अठोट लिएकी हुँ ।’

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !