जनकपुरधाम, असोज २४ गते । नेपाली आप्रवासीहरुमा मृगौला रोग सम्बन्धी अध्ययन नतिजा २०२३ सार्वजनिक गरिएको छ । बुधवार जनकपुरधाममा ग्रीन तारा नेपालद्वारा आयोजित एक कार्यक्रमका बीच सो अध्ययन नतिजा सार्वजनिक गरिएको हो । मलेशिया र खाडी मुलुकहरुमा कार्यरत र फर्किएका नेपालीहरुलाई समुदायस्तरमा पहिलोपटक वैज्ञानिक अनुसन्धान गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरेन्द्र सिंहले यहाँ मेडिकल सर्टिफिकेट दिनेहरुको पसलहरु नै अवैध रुपमा खुलेको कारण वैदेशिक रोजगारमा रहेका नेपालीहरुमा यस्तो समस्या देखिएको बताए । उनले भने अब वैदेशिक रोजगारमा जानेहरुको मृगौला, उच्चरक्तचाप र मधुमेह सहितका घातक रोगहरुको समेत मेडिकल जाँच गराउने प्रावधान राख्नुपर्नेछ ।
सार्वजनिक गरिएको अध्ययन नतिजाले वैदेशिक रोजगारमा रहेकाहरुमा देखिएको मृगौला सहित अन्य रोगको अवस्था विकराल रहेको यसमा नियन्त्रण गर्न जरुरी रहेको कुरामा उनले जोड दिए । कार्यक्रममा प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख श्रवण मिश्रले प्रयोगशालाद्वारा हरेक पालिकामा ९० प्रतिशत छुटमा मृगौलासहितका अन्य रोगको ल्याब चेकजाँचको व्यवस्था रहेकाले चेकजाँच गराएर मात्रै जान सुझाव दिए ।
बेलायतस्थित बनमध विश्वविद्यालयको नेतृत्वमा साझेदार संस्थाहरुसित समन्वयगरि धनुषाको लक्ष्मीनिया गाउपालिका र क्षिरेश्वरनाथ नगरपालिकामा गरिएको अध्ययन गरिएको हो । सो अध्ययन अनुसार खाडी मुलुक र मलेशियामा कार्यरत नेपालीहरुमा मृगौलाको खतरा बढी हुनसक्ने देखाएको छ ।
सो अध्ययनमा विगत एक वर्षभित्र खाडीका मुलुक कतार, साउदी अरब, कुबेत, ओमान, युएई, बहराइन रमनशियामा काम गरी नेपाल फर्किएका जना सबै पुरुष स्थानीय ३२० जना ३७०६४५ महिला बीच तुलना गरिएको थियो । अध्ययन नतिजा अनुसार मृगौलाको अवस्था जनाउने सबैभन्दा महत्वपूर्ण परीक्षण मानिने ग्लामरुलर फिल्ट्रेशन रेट estimated glomerular filtration rate 990ml min/ 1.73m को औसतामा कमी ५.८ प्रतिशत आप्रवासी २३६ प्रतिशत गैरआप्रवासीहरुमा देखिएको छ ।
गैरअप्रवासीहरूमा पनि कहिल्यै विदेश नगएको पुरुष र महिलाहरुभन्दा एचआप्रवासीहरूमा बढी समस्या देखिएको छ । रगतमा क्रियटिनिनको औसत पनि गैरआवासीभन्दा आप्रवासीमा बढी देखिएको छ गैरआप्रबासी देखिएकाले आप्रवासीहरुमा बढ्दो मृगौला समस्याको संकेत रहेको छ ।
खाडी मलक र मलेशियाबाट फर्किएका नेपाली आप्रवासीहरुमा स्थानीय गैरअप्रवासीहरुको तुलनामा अन्य रोगहरु उच्चरक्तचाप (आप्रवासीमा ३८ प्रतिशत, गैरआवासीमा १९४ प्रतिशत), मधुमेह (आप्रवासी ७४ प्रतिशत, गैर आप्रवासी ४७ प्रतिशत र बढी तौल वा मोटोपन आप्रवासी ६७.४ प्रतिशत गैरआप्रवासी ४९ प्रतिशत को जोखिम निकै बढी रहेको देखिएका छ । जीवनशैलीसम्बन्धी अन्य कारकतत्वहरु जस्तै रक्सीसेवन, धूमपान, सुतीसंवन भने गैरअप्रवासीहरु पुरुषहरूमा बढी देखिएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !