जनकपुरधाम, असोज २१ गते । सुरक्षित आवासका लागि उपचारित बाँसको व्यवस्थापन र बजारीकरणका प्रदेश सरकारबाट छुट्टै निती तथा कानून ल्याउनुपर्नेमा सराेकारवालाले जोड दिएका छन ।
आइतवार हयाविट्याट फोर ह्युमनिटी नेपालको सहयोगमा सामुदायिक सुधार केन्द्रद्वारा सुरक्षित आवासका लागि उपचारित बाँसको व्यवस्थापन र बजारीकरण सम्बन्ध आयोजित बहुसरोकारवाला गोष्ठीमा यस्तो जोड दिइएकाे हाे ।
कार्यक्रमका प्रमुख मधेश प्रदेश सभामुख रामचन्द्र मण्डलले प्रदेश सरकारद्वारा संचालित आवास सम्बन्धी पूर्वाधार निर्माणमा बाँसको प्रयोग र यसको प्रचार प्रसार गरियो भने राम्रो बजार पाउन सक्छ । उनले भने यसक्षेत्रमा पहिला सबैको घर प्रायः वाँस बाटै वनेको हुन्थ्यो केही वर्षदेखि त्यसको उपयोगमा कमी आएपनि यसलाई बजारीकरण गरिए भने किसानले राम्रो आम्दान गर्न सक्छ ।
कार्यक्रमका विशिष्ट अतिथि मधेश प्रदेशका निति आयोगका उपाध्यक्ष नाथुप्रसाद चौधरीले कृषि केन्द्रित कार्यक्रम मधेश प्रदेशको प्राथमिकतामा रहेको वताउँदै उनले वाँसको उत्पादनले हजारो व्यक्ति आत्मनिर्भर हुन सक्ने भएकाले छुट्टै निती ल्याउनुपर्ने आवश्यकता रहेको भने । त्यस्तै प्राकृतिक स्रोत तथा वातावरण समितिका सभापति शारदा दास पहाडीले वाँसको उत्पादन वढनाले एकातिन किसानहरु आत्मनिर्भर हुनेछन् भने अर्कोतर्फ वातावरण संरक्षणमा वल पुग्ने भएकाले प्रदेश सरकारले आवश्यक निती ल्याए कृषकहरुको जिविकोपार्जनमा ठूलो मद्दत पुग्ने छ ।
वन तथा वातावरण मन्त्रालयको समन्वयमा आयोजित सो कार्यक्रममा प्रदेश सांसद रामअशिष यादवले हामी अहिले वाँसको महत्व खोजीरहेका छौ तर हाम्रा पूर्वजले वर्षो पहिला यसको उपयोगिता बुझेको मात्रै होइन अबलम्वन पनि गरेको वताए । उनले भने बाँसको प्रयोग आवासका लागि मात्र नभई जन्मदेखि मरणसम्म मानवजीवनको हरेक उत्सव र समारोह सहितका प्रयोगमा आउने काठ हो । यो बजार मानव जीवनको लागि आवश्यकता मात्र नभई संस्कार र संस्कृतिसँग समेत जोडिएको हुनाले बजारीकरणमा प्रदेश सरकारको भूमिका आवश्यक छ ।
वन तथा वातावरण मन्त्रालयका सचिव जगरनाथ जयसवालको अध्यक्षतामा भएको सो समारोहमा भएको सो समारोहमा वन निर्देशनालयका निर्देशक सुनिल कर्ण, सीआसी जनकपुरधामका अध्यक्ष संजय साह लगायतका वक्ताहरुले पनि आ आफ्ना धारणा राखेका थिए ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !