Saturday, December 13, 2025
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

सन्तान दिर्घायुका लागि मनाइने जितिया शुरु


सन्तान दिर्घायुका लागि मनाइने जितिया शुरु

जनकपुरधाम, असोज १८ गते । सन्तानको दिर्घायुका लागि मिथिलाञ्चल क्षेत्रको लोकपर्व जितीया बिहिबारदेखि सुरु भएको छ ।

व्रती महिलाहरुले पवित्र सरोवर पोखरी तलाउमा नुहाई–धुवाई गरी चोखो भई नहाय खाय विधिबाट जितिया पर्वको संकल्प सहित विधिवत रुपमा शुरु गरेकी छिन् । जितिया पर्वको पहिलो दिन व्रत बस्नु अघि जनकपुरधामस्थित पवित्र सरोवर गंगासागर, धनुष सागर, अंगराज सर, रत्नसाग लगायतका पोखरी तलाउहरुमा व्रती नदी, तलाऊ र पोखरीमा स्नान (नुहाई धुवाई) गरेकी छिन् ।

महिलाहरुले नदी तथा पोखरीको घाटमा नै झिउनी, घिरौला तथा कतिपय ठाउँमा बासको पातमा भगवान् जिमुतवाहन तथा दिवङ्गत सासू सहित मातृपक्षलाई तेल खरी (पिना) चढाएर श्रद्धाभाव सहित पूजापाठ गरेकी छिन् । लामो समय उपवास बसेर मनाइने गरेको कारण जितियालाई कठिन पर्व भनिन्छ ।

आश्विन कृष्ण सप्तमी तिथिबाट आरम्भ हुने नवमीसम्म यो पर्व तीन दिनसम्म मनाइन्छ । यस पर्वमा ओंगठन र पारणको निकै महत्व हुन्छ । ओंगठनदेखि पारणको अवधिसम्म व्रती महिला निराहार उपवास बस्ने गर्छिन । यसवर्ष २४ घण्टादेखि ४२ घण्टासम्म उपवास बस्ने गरेको जितिया पर्वमा व्रती महिलाहरुले यस वर्ष ३० घण्टा उपवास बस्ने छिन् । यो वर्ष ओंगठन शुक्रवार बिहान ४ बजेर ३८ हुनेछ भने पारण शनिवार १० बजेर ४७ मिनेटमा हुने पण्डित उमाशंकर झाले जानकारी दिएका छन् ।

व्रती महिलाहरुले केराको पातमा पुरी, दही, मिष्ठान्न, केला, कतिपय ठाउँमा चिउरा, दही जिमुतवाहन सहित दिवङ्गत मातृहरूलाई अर्पण गरेर ओंगठन गर्ने चलन रहेको छ । जिमुतवाहनलाई अर्पण गरेको प्रसाद परिवारका सबै सदस्यहरुले खाने गर्दछन् भने ससुराली पक्षका दिवङ्गत मातृलाई चढाएको प्रसाद अरू गोत्र भएकालाई दिने गर्छन ।

व्रत बस्नुअघि पर्वको पहिलो दिन नुहाईधुवाईपछि स्वरुची भोजन गर्ने चलन रहेको छ । अरू पर्वमा अशुद्ध मानिएका कोदोको रोटी, नुनीको साग र माछा खाने प्रचलन रहेको छ । प्रत्येक महिलाले अनिवार्यरुपमा नुहाय खायको दिन कोदो र माछा खाने गर्दछन् । ब्रत बस्ने अवधि अष्ठमी र नवमी तिथि पारन अवधिसम्म पानी त खाने थुक पनि निल्न नहुने अन्यथा व्रत भंग भएको मान्यताले यो पर्व निकै कठोर मानिएको छ ।

यस पर्वमा खरको तिनका पनि भाँचेको खण्डमा व्रत खण्डित हुने मान्यता रहेकाले निक्कै सावधानीपूर्वक व्रत बस्ने र समापन गर्ने गरिन्छ । यस पर्वमा सन्तानको दिर्घायुका लागि उनीहरुको टाउकोमा तेलखरि लगाउने परम्परा छ । यो पर्व गर्नाले सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति पारिवारिक सुख शान्ति तथा समृद्धि आउने जनविश्वास रहेको छ ।

राजा शालिवहानको राज्यमा एउटी महिलाका सात जना छोरालाई दैत्यले उठाएर लगेपछि राजाले सातजनै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका कारण महिलाले त्यस दिन देखि शालिवहानलाई ‘जितुमाहन’ नामकरण गरी राजाको सम्झनामा उपवास बस्न थालेकाले यो व्रत सुरु भएको पौराणिक कथन एवं धार्मिक मान्यता रहेको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

मिथिला डिपार्टमेन्टको चौथो शाखा कदम चाेकमा
Blast News

मिथिला डिपार्टमेन्टको चौथो शाखा कदम चाेकमा

२०८० आश्विन १८, बिहीबार २१:२०
प्रविधि मार्फत हुने लैंगिक हिंसा मधेशमा बढी
Blast News

प्रविधि मार्फत हुने लैंगिक हिंसा मधेशमा बढी

२०८० आश्विन १८, बिहीबार २१:२०
२० कराेडबढी खर्चे पनि बनेनन् कमला पुल, अब नयां टेण्डर
Blast News

२० कराेडबढी खर्चे पनि बनेनन् कमला पुल, अब नयां टेण्डर

२०८० आश्विन १८, बिहीबार २१:२०
गाेदावरी हस्पिटलद्वारा रक्तदान कार्यक्रम
Blast News

गाेदावरी हस्पिटलद्वारा रक्तदान कार्यक्रम

२०८० आश्विन १८, बिहीबार २१:२०
७ दललाई एमालेकाे काउण्टर : मुख्यमन्त्रीलाई काम गर्न देउ भनी धर्ना
Blast News

७ दललाई एमालेकाे काउण्टर : मुख्यमन्त्रीलाई काम गर्न देउ भनी धर्ना

२०८० आश्विन १८, बिहीबार २१:२०
गोली हानी प्रहरीले वडाध्यक्षको गरे हत्या
Blast News

गोली हानी प्रहरीले वडाध्यक्षको गरे हत्या

२०८० आश्विन १८, बिहीबार २१:२०

ताजा खबर

मिथिला डिपार्टमेन्टको चौथो शाखा कदम चाेकमा

मिथिला डिपार्टमेन्टको चौथो शाखा कदम चाेकमा

प्रविधि मार्फत हुने लैंगिक हिंसा मधेशमा बढी

प्रविधि मार्फत हुने लैंगिक हिंसा मधेशमा बढी

२० कराेडबढी खर्चे पनि बनेनन् कमला पुल, अब नयां टेण्डर

२० कराेडबढी खर्चे पनि बनेनन् कमला पुल, अब नयां टेण्डर

गाेदावरी हस्पिटलद्वारा रक्तदान कार्यक्रम

गाेदावरी हस्पिटलद्वारा रक्तदान कार्यक्रम

७ दललाई एमालेकाे काउण्टर : मुख्यमन्त्रीलाई काम गर्न देउ भनी धर्ना

७ दललाई एमालेकाे काउण्टर : मुख्यमन्त्रीलाई काम गर्न देउ भनी धर्ना

गोली हानी प्रहरीले वडाध्यक्षको गरे हत्या

गोली हानी प्रहरीले वडाध्यक्षको गरे हत्या

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव