जनकपुरधाम, असोज ८ गते । मधेशी नै देशका सच्चा राष्ट्रवादी हुन भन्ने कुरा सिंहदरबारमा बस्ने शासकले बुझ्न जरुरी रहेको राष्ट्रपति रामचन्द्र पौडेलले बताएका छन् ।
सोमवार महेन्द्रनारायण निधि मिथिला सांस्कृति केन्द्र भवनको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले भने देशका एक एक इन्च भूमि रक्षा गर्दै मधेशी जनताले राष्ट्रियता जोगाएको भन्ने कुरा सिंह दरबारमा बस्ने शासकवर्गलाई बुझ्न जरुरी रहेको छ ।
प्रदेशलाई अधिकार नदिएको कारण संघीयता कार्यान्वयनमा आउन नसकेको मधेशका मुख्यमन्त्री सरोजकुमार यादवको गुनासोलाई स्वीकार गर्दै प्रमुख अतिथिको आसनबाट राष्ट्रपति पौडेलले संघीय शासकहरुले अधिकार बाँडफाँडमा गरेको कनज्यूस्याईले संघीयता कार्यान्वयनमा आउन नसकेको हो । यसबारे प्रधानमन्त्री, मन्त्रीहरु र विभिन्न पार्टीका शिर्षस्थ नेताहरुसँग कुरा गर्नेछु । उनले थप्दै भने ‘स्थानीय तह र प्रदेश अझै पनि अधिकार पाउन सकेका छैन, उनीहरुलाई नियन्त्रित र अड्कले रुपमा अधिकार दिएर कन्ज्यूसयाई भएको छ । अब यो कन्ज्यूसयाई हुनु हुँदैन, दिल खोलेर जनता र तिनीहरुलाई अधिकार दिनुपर्छ । म यहाँबाट गएपछि प्रधानमन्त्री, मन्त्रीहरु र विभिन्न पार्टीका शिर्षस्थ नेताहरु कुरा गर्छु ।

खासगरी देशका मुख्य तीन शासकहरु प्रचण्ड, देउवा र केपी ओलीलाई बोलाएर सम्झाउंदै गरेको छु र यहाँबाट गएर भन्छु हेर्नुस तपाईहरुले अधिकार दिनमा गरेको कन्ज्यूसयाई नगर्नुस तपाईहरुले चाहेमा संघीयता कार्यान्वयनमा आई देश समृद्धि र विकासतर्फ उन्मुख हुनेछ यो अठोट गर्नुस् भने । साथै उनले नागरिकता विधेयक प्रमाणीकरण गरेकोमा आफुलाई खुसी लागेको बताउदै यसले मधेसमा वर्षोदेखि व्याप्त रहेको समस्या समाधान भएको बताउंदै यसले समाजिक न्याय र कानुनी राज्यको समेत अनभुति गराएको भने ।
राष्ट्रपति पौडेलले मधेसलाई कृषिको आधार भुमि बनाउन सकिने बताउदै पहाडको जल र तराईको अन्न नेपालको समृद्धिको आधार बन्न सकिने बताउंदै मधेसमा देखिएको कृषि र सिचाईको समस्यालाई समाधान गर्नका लागि आफुले वर्षोदेखि अवाज उठाउदै आएको थिए । र आफू पदमा जाँदा सिचाईको केही समस्या समाधान भएको थियो, अब थप समस्या समाधान गर्न सरकारले ध्यान दिनुपर्ने आवश्यकता रहेको औल्याए ।

कार्यक्रममा बोल्दै मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश समृद्ध नभएसम्म देशको आर्थिक समृद्धि र विकास हुन नसक्ने दाबी गर्दै सचिवहरुलाई संघले टिक्न नदिइरहेकाले प्रदेशलाई प्रहरी, प्रशसान र निजामतिको अधिकार दिलाउनमा पहल गरिदिन राष्ट्रपतिसँग आग्रह गरेका थिए । कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाले राष्ट्रपति पौडेललाई नागरिक अभिनन्दन गरेको थियो । उपमहानगरपालिका मेयर मनोज साहले उहाँलाई मैथिली भाषामा लेखिएको अभिनन्दन पत्रसहित अभिनन्दन गर्नुका साथै जानकी मन्दिरको प्रतिक उपहार प्रदान गरेका थिए ।

नागरिक अभिनन्दन सहित मायाको चिनो दिएर स्वागत समेत गरेको थियो । यस्तै प्रतिनिध सभा सदस्य जुली महतो र मुख्यमन्त्री सरोजकुमार यादव समेतले उहाँलाई मायाको चिनो दिई सम्मान गरेको थियो । यसअघि बिहान जानकी मन्दिरमा राष्ट्रपति पौडेलले विशेष पूजा अर्चना गरेका थिए ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !