जनकपुरधाम, असोज ५ गते । सुडी समाज महासंघ नेपालका अध्यक्षका परमेश्वर महासेठले महासंघ दर्ता हुनु जातिय उत्थानका लागि ठूलो उपलब्धि रहेको बताएका थिए ।
सुडी समाज सेवा समिति क्षिरेश्वरनाथ नगरपालिका धनुषाको दोश्रो साधारण सभा तथा अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले सुडी समाजको सर्वांगिन विकासकै लागि महासंघको गठन गरिएको जानकारी दिदैं चाँडै नै परिषद गठन गर्ने प्रकृया अगाडी बढाइने बताए ।
उनले जातिय मृत्यु भोजमा सक्ने जति जनालाई खुवाए उनको स्वेच्छा हो । गरीब कमजोर वा नसक्ने कसैलाई पनि भोजका लागि करकाप नगर्न आग्रह गरे । उनले भने ‘सक्नेलाई मृत्यु भोज गर्न दिनुस तर नसक्नेलाई मृत्यु भोजका लागि करकाप नगर्नुस बरु क्रिया अवधिभर र उनको जनजिविकामा सहयोगमा सहयो गरौं ।
उदघाटन सत्रमा नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियारले जतिय उत्थानका लागि सुडी समाजलाई एकठाउँमा एकत्रित हुन आग्रह गरेका छन् । पजियारले सुडी समाजसंग धन र बल दूबै भएपनि मूलधारमा फडको मार्न नसकेकोमा चिन्ता व्यक्त गरे । उनले भने ‘सुडी समाजको चौतर्फी विकासका लागि धन र बल मात्रैले पुग्दैन, आफ्ना सन्तानलाई डाक्टर ईन्जिनियर मात्रै नभई प्रशासनिक क्षेत्रमा प्रवेशका लागि समेत उत्प्रेरित गर्नु पर्छ ।’ प्रशासनिक क्षेत्रमा प्रवेश नपाएसम्म सुडी समाजको सर्वांगिन विकासमा कठिनाई हुने पजियारको भनाई थियो ।
सुडी समाज समितिका अध्यक्ष राजकुमार महासेठको अध्यक्षतामा भएको उदघाटन सत्रमा महासंघका उपाध्यक्ष विद्याकर प्रसाद साह, महासचिव रामउदगार महासेठ लगायतले पनि आ आफ्ना धारणा राखेका थिए ।
उद्घाटन सत्रपछि आयोजित बन्द सत्रबाट सुडी समाज सेवा समिति क्षिरेश्वरनाथ नगरपालिका धनुषाको दोश्रो कार्यकालका लागि अध्यक्षमा धनेश्वर महतो सर्वसम्मतिले चयन भएको छ ।
शुक्रवार महेन्द्रनगरमा आयोजित दोश्रो साधारण सभा तथा अधिवेशनको बन्द सत्रबाट धनेश्वर महतो नेतृत्वको समितिमा नयाँ कार्यकालका लागि उपाध्यक्षमा सत्यनारायण महतो साह, सचिवमा संजयकुमार साह, कोषाध्यक्षमा दिलिपकुमार साह पनि सर्वसम्मतिले चयन भएको जनाइएको छ । त्यसैगरी सदस्यहरुमा उमेश महतो, जीवछ महासेठ, रामचलितर साह, राबबली साह र महिला सदस्यहरुमा सान्ता महासेठ, मिना पजियार, सुनिता महतो चयन भएको जनाइएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !