Monday, September 28, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

तमलोपा र लोसपाले मनाए कालो दिवस


तमलोपा र लोसपाले मनाए कालो दिवस

जनकपुरधाम, असोज ३ गते । देशभर संविधान दिवसको उत्साह देखिएपनि मधेश प्रदेशमा सामान्य उत्साह बाहेक सत्तारुढ दल र सत्ता बाहिरका सहित केही दलले कालो झण्डा प्रदर्शन संविधान जलाएर विरोध प्रदर्शन गरेका छन् ।

संविधान दिवसका दिन ‘असोज ३’ लाई तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) र सत्तासीन दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले कालो दिवसको रुपमा मनाएका छन् । सरकारले भव्यताका साथ तीन दिनसम्म संविधान दिवस मनाउने घोषणा गरेको थियो । सो अनुरुप पहिलो दिन असोज ३ गते सतारुढ दल कांग्रेस, माओवादी र नेकपा एसले दिपप्रज्वलन सहितका सामान्य कार्यक्रम गरी मनाएका छन् भने प्रतिपक्षी दल एमालेले सरसफाई तथा झण्डोतोलन नै गरेका छन् ।

तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) ले कालो झण्डा प्रदर्शनदेखि संविधान जलाउनेसम्म कार्यक्रम गरेका छन भने सत्तासीन लोसपाले विरोध जुलुस प्रदर्शन गरी संविधान दिवसलाई कालो दिवसको रुपमा मनाएका छन् । तमलोपा बुधवार बिहान भानु चोकमा कालो झण्डा प्रदर्शन गरी विरोध प्रदर्शनको सुरुवात गरेका थिए । दिउंसो चोक चोकमा कालो झण्डा सहित विरोध जुलुस प्रदर्शन गरेको थियो । जनक चोकमा कोणसभामा परिणत भएको सो विरोध जुलुस संविधानको प्रतिलिपि समेत जलाएका छन् । संविधान जलाउने क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । सरकारसँगै प्रहरी विरुद्ध समेत तमलोपाका नेता कार्यकर्ताहरुले चर्को नाराबाजी गरेका थिए ।

तमलोपाका केन्द्रीय सदस्य उमेश मण्डलले अधिकारका लागि राजनीतिक विरोध गर्न पाउने अधिकार भएप्नि प्रहरीले हस्तक्षेप गरी दमन गर्न खोजेको आरोप लगाए । उनले ०७२ मा जारी भएको संविधान दिवसको दिन मधेशमा राज्यले नै प्रहरी प्रशासन लगाएर मधेशीको हत्या गरिरहेकाले सो दिनको विरोध गरेको बताए । उनले अहिलेको संविधानमा मधेश र मधेशीलाई अझैपनि अधिकार, पहिचान, सांस्कृतिक र प्रादेशिक संरचना आएपनि अधिकार सम्पन्न प्रदेशसँग प्रहरी प्रशासनसहितका अधिकार नरहेको भन्दै विरोध गरेको बताए । तमलोपा नेतृ विभा ठाकुरले संविधान दिवसको विरोध गर्दै भनिन् संविधानमा जनसंख्याको आधारमा मधेशलाई समानुपातिकसहितको राज्यको हरेक निकायमा पहुँच हुनुपर्ने, प्रदेश संरचना अनुसार प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्ने लगायतका मागहरु पुरा नभएसम्म तमलोपाले कालो दिवस मनाइनै रहनेछ ।

यस्तै तमलोपाकी नेतृ विन्दु ठाकुरले यो संविधान मधेशी, थारु, मुस्लिम लगायतका पिछडिएको वर्ग समुदायको अधिकार नसमेटेर ल्याइएकाले संशोधन सहित नयाँ संविधान नआउञ्जेलसम्म विरोध गरिरहने बताईन । उनले भनिन् यो संविधानमा यति धेरै त्रुटि र कमी छ संशोधन गर्दा पुग्ने नभएकाले पुर्नलेखनको आवश्यकता छ । यसअघि एमालेले पार्टी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको अगुवाईमा जानकी मन्दिरमा वृक्षारोपण, सरसफाई र झण्डोताले गरेका थियो । सरसफाई तथा झण्डोतोलन कार्यक्रमलाई सम्बोधन गर्दै एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधानलाई नयाँ ढंगले कार्यान्वयन गर्ने र कतिपय कुरामा संशोधनको आवश्यकता रहेकाले हामीले त्यसतर्फ लाग्नुपर्ने बताए ।

जसपा र जनमत तटस्थ

यता प्रदेश तथा संघमा सहभागी जसपा र जनमत पार्टीले संविधान दिवसको अवसरमा न उत्साह र न विरोध प्रदर्शन गरी तटस्थ बसेका छन् । गतवर्षसम्म जनमतले विरोध प्रदर्शन गरेका थिए । २०७५ सालमा केपी ओली नेतृत्वको सरकारमा हुँदा जसपाले विरोध प्रदर्शन नगर्ने निर्णय गरे बमोजिम हालसम्म तटस्थ नै बस्दै आएका छन् ।

संघीय सरकारमा मन्त्री रहेकाहरु संविधान दिवसको औपचारिक कार्यक्रममा सहभागिता जनाउने गरेका छन् । तर मधेश प्रदेशका मुख्यमन्त्री र जसपाका मन्त्रीहरु भने संविधान दिवसको दिन कुनै कार्यक्रममा सहभागी हुने गरेका छैनन् । मधेश प्रदेश सरकारको मुख्यालय रहेको मधेश भवन परिसरमा कर्मचारीहरुले संविधान दिवसमा औपचारिकता निर्वाह गर्ने कार्यक्रम गरे पनि त्यसमा सरकारबाट जसपा सहभागी हुदै आइहेको छैन ।

उता अन्य वर्ष जस्तै यसवर्ष पनि प्रदेश सरकारले संविधान दिवसको अवसरमा कुनै औपचारिक कार्यक्रम गरेनन् । कर्मचारीहरुले सरसफाई तथा दिपप्रज्वलन गरी संविधान दिवस मनाएपनि सरकारमा आबद्ध मन्त्री सो कार्यक्रममा सहभागी भएनन् । सत्तारुढ दल कांग्रेस, माओवादी र नेकपा एसले दिपप्रज्वलन बाहेक खासै कार्यक्रम आयोजना गरेनन् । मधेश प्रदेशका ८ जिल्लामा सरकारी स्तरबाट पनि संविधान दिवसको अवसरमा प्रभावकारी कार्यक्रम देखिदैन् । प्रदेश सरकार नै संविधान दिवसप्रति उदासीन रहेकाले सरकारी स्तरबाट उत्साहपूर्ण ढंगले कार्यक्रम मनाइँदैन् । मधेशमा संविधानको विरोध भइरहेकै बेला राजावादीको ट्याग भिरेको राप्रपा नेपालले पनि असोज ३ गतेदेखि नै देशव्यापी विरोध प्रदर्शन समेत गरेका छन् ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०८० आश्विन ३, बुधबार २२:०५
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८० आश्विन ३, बुधबार २२:०५
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८० आश्विन ३, बुधबार २२:०५
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८० आश्विन ३, बुधबार २२:०५
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८० आश्विन ३, बुधबार २२:०५
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८० आश्विन ३, बुधबार २२:०५

ताजा खबर

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव