जनकपुरधाम, असोज २ गते । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले देशमा संघीयतासहित आएको परिवर्तनमा स्वर्गीय नेता सुवास नेम्वाङको ठूलो योगदान रहेको बताएका छन् ।
मंगलबार जनकपुरधाममा संविधान दिवसको पूर्वसन्ध्यामा आयोजित ‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ विषयक विचार गोष्ठीमा बोल्दै पुर्वमन्त्री समेत रहेका वरिष्ठ उपाध्यक्ष पोखरेलेले नेम्वाङलाई संविधानको पिताको संज्ञा दिए ।
उनले भने नेपालमा संविधान नबनोस भन्ने पक्षमा कांग्रेस माओवादी लगायतका दल सहित विदेशी राष्ट्रहरुले दबाव दिइरहेको बेलो स्व. नेम्वाङले सबैलाई चिर्दै संविधान जारी गराएर मुलुकमा संघीयता स्थापित गरी संविधानको पिता बन्न सफल भएको हो ।
उनले भने नेम्वाङको प्रयासले संविधान जारी नभएको भए अहिले मुलुक कहाँ हुन्थ्यो त्यसको कल्पना गर्न सकिदैन । संविधान जारी गर्ने पक्षमा कांग्रेस र माओवादी पनि थिएन । तर सबैलाई समेटदै नेम्वाङले राष्ट्रपतिको हातबाट संविधान जारी गराएर मुलुकलाई नयाँ दिशा दिन सफल भएको हो । संविधान विरुद्ध गलत भ्रम फैलाएर देशमा आन्तरिक द्वन्द फैलाउने कार्य समेत भयो । तर ती सबैलाई चिर्दै एमालेले संविधान जारी गराएको उनले दाबी गरे ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले भने संविधानमा असन्तुष्टि छन् धेरै कुरा पनि समेटन सकिएको छैन । तर यो संविधान असंशोधनीय होइन आवश्यकताको आधारमा संशोधन गरेर अघि बढनुपर्छ । विश्वमा जति पनि संविधान छन सबै संशोधन हुदै आएका छन् । नेपालको संविधान पनि राजनीतिक आवश्यकताको आधारमा समयानुसार संशोधन हुन्छ नै ।
उनले भारत र चीन जस्ता दुई ठूला पडोसी मुलुकबाट जोगाउन आफ्नो स्वाभिमान र राष्ट्रियताको रक्षा नै आजको आवश्यकता रहेको अर्को प्रसंगको चर्चा गर्दै भने । उनले पडोसीहरु अर्काको घरमा ताकझाक गर्ने र आफ्नो स्वार्थ अनुसार उपयोग गर्ने दाउमा जस्तोसुकै मौका खोज्ने दाउमा रहेकाले यसबाट बच्नलाई राजनीतिक दल र सरकारलाई आग्रह पनि गरे ।
उनले ठुला मुलुक दक्षिणमा भारत र पश्चिममा चीन सहितका दुई ठुला मुलुकबाट आफ्नो मुलुक जोगाउन सकिएन भने आउने दिनमा ति देशहरुले नाम ठेगान नभएकाहरुको सन्तानलाई नेपालमा हुलकाहुल पठाएर मुलुकलाई कब्जामा लिनसक्नेदेखि आफ्नो सत्तास्वार्थ सिद्ध गर्न सक्ने हुनाले यसप्रति गम्भीर हुनुपर्ने बताए ।
विदेशीको चलखेल र देशलाई भ्रष्टाचारमुक्त गरी विकासको गति दिन नेतृत्व वर्गमा पुग्न आवश्यक रहेको बताउंदै उनले एमालेले अबको ०८४ को मिसनबाट मुलुकको प्रधानमन्त्री र प्रदेशमा मुख्यमन्त्रीसमेत बनाउने भएकालेले ५१ प्रतिशत भन्दा अत्याधिक मत ल्याउने तयारी जुटन निर्देशन दिए ।
कार्यक्रमका विशिष्ठ अतिथि एमालेका सचिव योगेश भट्टराईले नेम्वाङलाई संविधानको अम्बेदकरको संज्ञा दिए । उनले भने जसरी भारतमा संविधान निर्माणमा अम्बेदकरको भूमिका छ । त्यस्तै नेपालमा २०४७ देखि अहिलेको संविधानसम्म नेम्वाङको ठूलो भूमिका रहेकाले उनी नेपालमा संविधानमा अम्बेदकर हुन ।
राजनीतिक प्रसंगको चर्चा गर्दै सचिव भट्टराईले पनि देशमा संघीयता आएपनि विकासको गति अवरुद्ध भई राजनीतिक अस्थिरता बढदै गएको छ । देशलाई सही दिशा दिन नेतृत्वमा पुग्न जरुरी रहेको भन्दै आगामी निर्वाचनको तयारीमा जुटन नेता कार्यकर्ताहरुलाई निर्देशन दिए ।
सचिव भट्टराईले सत्तारुढ दलकै शीर्षनेताहरु तस्कर र भुमाफिया रहेकै कारण प्रहरी प्रशासनमा सरुवा बढुवाको चलखेल भएको आरोप समेत लगाउंदै सत्तारुढ दलमै रहेको शीर्षनेताहरु सुन तस्करदेखि जग्गा भुमाफियामासंलग्न रहेको स्पष्ट प्रमाणहरु रहँदारहँदैपनि प्रमाण मेटाउने कामहरु भइरहेको भने । उनले मुलुकमा केही अतिवादीहरु हिन्दु–मुस्लिमको नाममा दंगा भड्काउन खोजेको भन्दै यसबाट सचेत भई समाजमा अराजकता मचाउने र खलल पुर्याउने षडयन्त्र भइरहेकाले यस विरुद्ध एकजुट हुनुपर्ने बताए ।
त्यस्तै एमालेकी पोलिटव्यूरो सदस्य जुली महतोले आदरणीय सुवास नेम्वाङले सहमति र सहकार्यकै माध्यमको सर्जक रहेको बताइन् । धनुषा क्षेत्र नम्बर ३ की प्रतिनिधिसभा सदस्य महतोले मुलुकको राजनीतिक डिस्कोर्ष फेर्नेदेखि आर्थिक समृद्धिको बाटोमा डोर्याउने कामसमेत गरेको बताइन् ।
एमाले मधेश प्रदेश कमिटीका अध्यक्ष रामऔतार यादवको अध्यक्षतामा भएको विचार गोष्ठीमा लिलानाथ श्रेष्ठलगायतकाले एमालेका संसदीय दलका उपनेतासमेत रहेका संविधानसभाका अध्यक्ष नेम्वाङको चर्चा परिचर्चा गरेका थिए ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !