जनकपुरधाम, साउन २९ गते । गुठी संस्थानको कार्यालयमा तालाबन्दी गर्ने जनकपुरधाम उपमहानरपालिकाका मेयर मनोज साहले चेतावनी दिएका छन् ।
पापमोचनी समाज सेवा समितिको दोस्रो साधारण सभाको उदघाटन सत्रमा बोल्दै मेयर साहले गुठीले नगरको विकासमा गम्भिरता देखाउँदैन भने त्यस्तो संस्था जनकपुरधामवासीका लागि आवश्यक छैन । यस्ता संस्थार्ला तालाबन्दी नै गरिदिए हुन्छ ।
स्थानीय सामुदायिक विद्यालयको प्लस टू कक्षा संचालनका लागि गुठीसँग लिजमा पनि जग्गा माग्दा नदिएको प्रसंगमा उनले भने यहाँका विघौका विघा जग्गा विक्री विभिन्न बहानामा बिक्री गरिसकेका छन् । तर नगरवासीको सुविधा तथा नगरको विकासका लागि जिल्लाका प्रशासनिक निकायको उपस्थितिमा विद्यालयका लागि जग्गा उपलब्ध गराई दिने सहमति भएपनि केन्द्रले मानिरहेको छैन रोकेका छन् ।
ती विद्यालयमा प्लस टू र त्यसभन्दा माथिको कक्षा संचालन हुँदा यहाँका नागरिककाले निशुल्क शिक्षा पाउने भएकाले विस्तार गर्न खोज्दा गुठी संस्थान बाधक बनेर अघि आएको छ । यसले प्रष्ट हुन्छ कि नगरको विकास हुन नदिनुमा गुठी संस्थान सबभन्दा ठूलो बाधक हो । जो विकासमा बाधक बन्छ त्यस्ता संस्था राखेर यहाँ के फाइदा तालाबन्दी गरिदिए नै राम्रो हुनेछ ।
रहेकाले अब तालाबन्दी नै गर्नुपर्ने अवस्था आएको भनी चेतावनी दिए । उनले जनकपुरधामको अधिकांश जग्गा गुठीको जग्गा रहेको छ, तर गुठी संस्थानले अग्रसरता नदेखाउँदा विकास पनि हुन सकिरहेको छैन । उनले भने ‘नगरबाट जग्गाको कित्ता काट, नक्सा पास लगायतका काम गुठीकै कारण हुन सकिरहेको छैन जसले उपमहानगरको आय पनि खुम्चिदै गईरहेको छ ।’
उपमहानगरको आय नै खुम्चिदा विकास निर्माणका कार्यहरु समेत प्रभावित हुँदै गईरहेको नगरप्रमुख साहले बताए ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !