जनकपुरधाम, साउन २९ गते ।
तेक्वान्दो खेलका खेलाडीहरूकाे प्राेत्साहन र प्रभावकारी बनाउन जनकपुरधाममा डमी स–प्रेम भेट गरिएको छ ।
जय ओशो तेक्वान्दो दोजाङ्गका नगर अध्यक्ष गजेन्द्र कुमार झा (मैथिल) द्वारा प्रिया तेक्वान्दो दोजाङ्गलाई रू. ५५ हजार रकम बराबरको डमी हस्तान्तरण गरिएको बताइएकाे छ ।
अध्यक्ष झाले भने तेक्वान्दो कोरियन शब्दबाट आएको हो, कोरियालि भाषामा ते भनेको खुट्टा, क्वान भनेको हात र दो भनेको प्रहार गर्नेकलालाई बुझिन्छ । त्यसर्थ हात र खुट्टाको प्रयोग गरि खेलिने एउटा कलात्मक तथा मनोरन्जनात्मक हुने खेलका रूपमा तेक्वान्दोलाई लिइएको हो ।
उनले यो खेल प्रायः बिहान र बेलुकाको समयमा खेलिन्छ । खेलको सुरूमा दौडाइन्छ । जसले शरीर तताउनुका साथै फुर्तिलो बनाउदछ । यसले नशा खुम्चिनवाट जोगाउछ । यो भनेको शत्रुको कल्पनामा गरिने आत्मरक्षाको स्टेप हो साथै तेक्वान्दो सवै उमेरका खेलाडीका लागि विशेष आकर्षणको रूपमा रहेको बताए ।
यसअघि साउन २२ गतेका दिन नगर अध्यक्ष झाको अध्यक्षतामा बसेको बैठकबाट अध्यक्ष झा र कोषाध्यक्ष मो. अमिरुल नदाफको नाममा खाता खोल्ने निर्णय गरिएको थियो ।
सो बैठकमा अध्यक्ष झा सहित उपाध्यक्ष विशालकुमार झा, सचिव काजल झा, कोषाध्यक्ष नदाफ, सदस्यहरु धर्मेशकुमार शर्मा, अम्बिकाठाकुर, सहमद साफी, सुभाष साह, अमवेश चाैधरीर सुरेन्द्र कुमार यादव सहितका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !