Wednesday, December 10, 2025
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

जनकपुरधामका मेयर साह र स्वकीय सचिवविरुद्ध उजुरी


जनकपुरधामका मेयर साह र स्वकीय सचिवविरुद्ध उजुरी

जनकपुरधाम, साउन २८ गते । जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साह र उनका स्वकीय सचिव मनोज कुमार महतोविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको बुझिएको छ ।


विभिन्न योजना सहित स्वकीय सचिव कानून विपरित नियुक्ति गरी भ्रष्टाचार गरेको भन्दै दुबै जनाविरुद्ध आईतबार अख्तियारको बर्दिबास शाखामा उजुरी दायर परेको हो । धनुषाको मुखियापटटी मुसहरनिया तुल्सीयाही जब्दी वडा नम्बर–१ निवासी महतोलाई मेयर साहले उपमहानगरपालिकाको कार्यालयमा गैरकानूनी रुपमा आफ्ना स्वकीय सविचको रुपमा अधिकृत छैठौं तहमा करारमा नियुक्ति दिएको भन्ने कुरा उजुरीमा भनिएको छ ।


मेयर साहले स्थानीय सरकार सञ्चालन ऐन २०७४ र उपमहानगरको दरबन्दी मापदण्ड विपरित आफ्नो अधिकारको दुरुपयोग गरी महतोलाई स्वकीय सचिव, छैठौं तहमा नियुक्त गरेकाले महतोले २०७९ फाल्गुन १ गतेदेखि स्वकीय सचिवको रुपमा पाएको तलव भत्ता एवं अन्य सुविधा समेत राज्य कोषमा फिर्ता गर्न माग सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ बमोजिम कारवाही तथा सजायको माग गरिएको श्रोतको भनाई छ ।


दायर गरिएको उजुरीमा ‘जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयले कर्मचारीहरुको लागि निर्माण गरेको कार्यविधिको अनुसूची ९ (क) मा महाशाखा÷शाखा÷केन्द्र÷वडागत दरबन्दीमा कार्यालयमा रहने स्थायी तथा करार कर्मचारी बारे व्यवस्था गरेको छ । मेयरकाे गैरकानुनी क्रियाकलापले कर्मचारीकाे ाकाम गर्ने मनाेबलमा चाेट पुगेकाे देखिएकाे छ ।


सचिवालयमा कर्मचारी व्यवस्था


सो कार्यविधि अनुसार मेयरको सचिवालयमा वरिष्ठ र सहायक गरी दूई जना निजी सचिव, एक÷एक जना स्वकीय सचिव र कम्प्यूटर अपरेटर सहित ४ जना कर्मचारीको व्यवस्था गरिएको छ । जसमा अधिकृत स्तरको निजी सचिव प्रशासनतर्फ छठौं तह, वरिष्ठ सहायक पदका निजी सचिव पांचौ तहका र कम्प्यूटर अपरेटर चौथो तहका रहने व्यवस्था छ । साबिक अनुसार छठौ तहका निजी सचिव बाहेक सबै स्थायी नै रहनेछ ।


तर त्यसलाई सशोधन गरी हाल कायम भएका दरबन्दी अनुसार एकजना स्वकीय सचिव र कम्प्यूटर अपरेटर मात्र रहने व्यवस्था गरिएको छ । स्वकीय सचिव पदका लागि साबिकदेखि हालसम्मको दरबन्दी अनुसार योग्यता सिभिल इन्जिनीयर नै हुनुपर्ने हो । तर स्वकीय सचिवमा नियुक्त भएका महतो सिभिल इन्जिनीयर नरहेको भन्ने कुरा समेत उजुरीमा उल्लेख रहेको बताइएको छ ।


सम्बन्धित पदाधिकारीले तोकिए वमोजिमको पद दरवन्दीमा बाहेक कसै नियुक्त गर्न पाउने व्यवस्था गरिएको ऐनमा गरिएको देखिदैन । ऐनको दफा ८३ को उपदफा ७ र ८ मा करारमा कर्मचारी राख्ने व्यवस्था रहेको छ । ती दफा अनुसार गाउँपालिका वा नगरपालिकाले संगठन तथा व्यवथापन सर्वेक्षणको आधारमा कुनै कार्य सम्पन्न गर्न विशेषज्ञ सेवा आवश्यक परेको खण्डमा करारमा नियुक्त गर्न सक्नेछ ।


यी बाहेक नगर प्रहरी, सवारी चालक, सयस, कार्यालय सहयोगी, प्लम्बर, इलेक्ट्रिसियन, चौकीदार, माली, बगैचे र सरसफाईकर्मी मात्र करारमा नियुक्त गर्न पाउनेछ । यी बाहेकको पदमा तोकिएको बमोजिमको दरबन्दी अनुसार नै कर्मचारी राख्न पाउनेछ । तर महतो न त विषेशज्ञ छन, न उनको पद माथि उल्लेखित मध्येका छन् ।


यसरी नियुक्त भएका हुन महतो


स्थानीय सरकार सञ्चालन ऐन र आफैले बनाएको कार्यविधि विपरित मेयर साहले आफ्ना नातामा पर्ने भाई महतोलाई स्वकीय सचिव नियुक्त गर्न कानूनी व्यवस्थालाई लत्याउंदै ठाडो आदेश गरेको उपलब्ध कागजातले देखिन्छ ।


उपमहानगरपालिकाको २०७९।०९।१५ गते शुक्रवारका दिन बसेको नगर सभाबाट नगर प्रमुखको स्वकीय सचिव छैठो तह (प्रशासनर सा.प्रा.) मेयरले नै तोक्ने गरी थप गर्ने निर्णय गराई एक महिनापछि माघ १५ गतेका दिन मेयर साहल प्रमुख प्रशासकीय अधिकृतलाई पत्राचार गर्दै महतोलाई नियुक्त गर्न ठाडो आदेश दिएका हुन ।


मेयरको ठाडो आदेशमा गुरुदेव प्रसाद साह भन्ने शाखा अधिकृतबाट दुई दिनपछि माघ १७ गतेका दिन टिप्पणी र आदेश पत्र तयार गराई प्रमुख प्रशाकीय अधिकृत रत्नेश शशीबाट माघ २९ गते सदर गराएका छन् । टिप्पणी आदेश सदरपछि फागुन १ गतेदेखि लागू हुने गरी उनलाई नियुक्त गरिएको हो ।


प्रमुख प्रशाकीय अधिकृत रत्नेश शशीले दिएको नियुक्ति पत्रमा त्रुटिपूर्ण देखिएको छ । नियुक्ति फागुन १ गतेदेखि लागू हुने गरी दिइएको छ । तर सो पत्र फागुन १९ गतेमा काटिएको हो । उनलाई नियुक्तिको १९ औं दिनमा नियुक्तिपत्र दिइएको हो ।


उमेर हदको बेवास्ता
जनकपुरधाम उपमहानगरपालिकाको दरबन्दी लोकसेवा आयोगद्वारा पदपुर्ति हुने विज्ञापनमा समेत उमेरको हद पुरुषको ३५ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था छ । उपमहानगरपालिका समेतले विभिन्न पदको नियुक्ति विज्ञापन प्रकाशन गर्दा उमेर ३५ वर्ष कायम गर्ने गरेको छ । तर महतोको हकमा कानून मिचेर यो व्यवस्था कार्यान्वयन गरेको देखिदैन । स्वकीय सचिव महताे ४५ वर्षभन्दा माथि रहेकाे बुझिएकाे छ ।

Source: मेयरले गैरकानूनी रुपमा महतोलाई स्वकीय सचिवमा नियुक्त गरेको आरोप

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

मिथिला डिपार्टमेन्टको चौथो शाखा कदम चाेकमा
Blast News

मिथिला डिपार्टमेन्टको चौथो शाखा कदम चाेकमा

२०८० श्रावण २९, सोमबार ०६:५८
प्रविधि मार्फत हुने लैंगिक हिंसा मधेशमा बढी
Blast News

प्रविधि मार्फत हुने लैंगिक हिंसा मधेशमा बढी

२०८० श्रावण २९, सोमबार ०६:५८
२० कराेडबढी खर्चे पनि बनेनन् कमला पुल, अब नयां टेण्डर
Blast News

२० कराेडबढी खर्चे पनि बनेनन् कमला पुल, अब नयां टेण्डर

२०८० श्रावण २९, सोमबार ०६:५८
गाेदावरी हस्पिटलद्वारा रक्तदान कार्यक्रम
Blast News

गाेदावरी हस्पिटलद्वारा रक्तदान कार्यक्रम

२०८० श्रावण २९, सोमबार ०६:५८
७ दललाई एमालेकाे काउण्टर : मुख्यमन्त्रीलाई काम गर्न देउ भनी धर्ना
Blast News

७ दललाई एमालेकाे काउण्टर : मुख्यमन्त्रीलाई काम गर्न देउ भनी धर्ना

२०८० श्रावण २९, सोमबार ०६:५८
गोली हानी प्रहरीले वडाध्यक्षको गरे हत्या
Blast News

गोली हानी प्रहरीले वडाध्यक्षको गरे हत्या

२०८० श्रावण २९, सोमबार ०६:५८

ताजा खबर

मिथिला डिपार्टमेन्टको चौथो शाखा कदम चाेकमा

मिथिला डिपार्टमेन्टको चौथो शाखा कदम चाेकमा

प्रविधि मार्फत हुने लैंगिक हिंसा मधेशमा बढी

प्रविधि मार्फत हुने लैंगिक हिंसा मधेशमा बढी

२० कराेडबढी खर्चे पनि बनेनन् कमला पुल, अब नयां टेण्डर

२० कराेडबढी खर्चे पनि बनेनन् कमला पुल, अब नयां टेण्डर

गाेदावरी हस्पिटलद्वारा रक्तदान कार्यक्रम

गाेदावरी हस्पिटलद्वारा रक्तदान कार्यक्रम

७ दललाई एमालेकाे काउण्टर : मुख्यमन्त्रीलाई काम गर्न देउ भनी धर्ना

७ दललाई एमालेकाे काउण्टर : मुख्यमन्त्रीलाई काम गर्न देउ भनी धर्ना

गोली हानी प्रहरीले वडाध्यक्षको गरे हत्या

गोली हानी प्रहरीले वडाध्यक्षको गरे हत्या

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव